मोरङ११ लाई हराउँदै थ्रीस्टार सेमिफाइनलमा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ १, २०७५
|
|
२५ पटक हेरिएको
Shares

सारांश

  • अस्बिन खड्का, १ जेठ।
  •  थ्रीस्टार क्लब उदयपुर गाेल्डकपकाे सेमिफाइनलमा प्रवेश गरेकाे छ ।
  • उदयपुर गोल्डकपको साेमवार को तेस्रो खेलमा थ्रीस्टार क्लबले मोरङ११ लाई ४ का बिरुद्द १ गोल ले पछाडि पार्दै सेमीफाईनलमा प्रबेश गरेको हाे ।

अस्बिन खड्का, १ जेठ। थ्रीस्टार क्लब उदयपुर गाेल्डकपकाे सेमिफाइनलमा प्रवेश गरेकाे छ ।

उदयपुर गोल्डकपको साेमवार को तेस्रो खेलमा थ्रीस्टार क्लबले मोरङ११ लाई ४ का बिरुद्द १ गोल ले पछाडि पार्दै सेमीफाईनलमा प्रबेश गरेको हाे ।

खेलको ३३ अाैँ मिनेटमा थ्रिस्टारका तर्फबाट बिदेशि खेलाडी अजय मार्टिन ले पहिलो गोल गरेका थिए भने फेरी मार्टिन ले नै खेलको ५९ मिनेटमा आकर्षक गोल गरे ।

२ गोलले पछि परेको मोरङ ११ का बिदेशि खेलाडी एमबाला ले खेलको ६७ मिनेटमा गोल गर्दे खेलमा बराबरी गर्ने कोशिस गरेपनि फेरी थ्रिस्टारका अनन्त तामाङले ८२ ओे मिनेट र ८९ मिनेटमा रुपेश केसीले गोल गर्दे  खेल थ्रिस्टार जित निकाल्न सफल भयाे ।

खेलमा २ गोल गर्ने थ्रिस्टारका अजय मार्टिन  म्यान अफ द म्याच  घाेषित भए ।उनले  पुरुस्कार स्वरुप ७००० रकम प्राप्त गरे।

जेठ ५ गते सम्म संचालन हुने उदयपुर गोल्डकपको पाँचौ सँस्करण सदरमुकाम गाइघाटको थरुहट रंगशालामा भइरहेको छ । विजेताले ५ लाख रुपैयाँ पाउनेछ भने उपविजेताको ३ लाख रुपैयाँ पाउनेछन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?