नेयमारलाई आक्रमण नगर्नु: कोस्टारिका प्रशिक्षक
सारांश
- कोस्टारिकाका प्रशिक्षक ओस्कार रामिरेजले आफ्ना खेलाडीलाई ब्राजिलियन सुपरस्टार नेयमारमाथि शारीरिक रूपमा आक्रामक नहुन सचेत गराएका छन् ।
- हामीले नेयमारमाथि फाउल गरेको देखिरहेका छौं ।
- ‘नेयमार प्रतिभावान खेलाडी हुन् ।
कोस्टारिकाका प्रशिक्षक ओस्कार रामिरेजले आफ्ना खेलाडीलाई ब्राजिलियन सुपरस्टार नेयमारमाथि शारीरिक रूपमा आक्रामक नहुन सचेत गराएका छन् ।
हामीले नेयमारमाथि फाउल गरेको देखिरहेका छौं ।‘नेयमार प्रतिभावान खेलाडी हुन् । यो सत्य हो एक स्टार खेलाडीमाथि यति धेरै फाउल हुनु राम्रो हैन ’ प्रशिक्षक ओस्कारले आफ्नो टिमको प्रशिक्षणका क्रममा भनेका छन्, ।
‘आफ्नो टोलीलाई हारबाट जोगाउन पनि नेयमारलाई रोक्नुपर्दछ । तर, उनीमाथि आक्रामक रूपमा प्रस्तुत नहुन मेरो आग्रह हो ।’
यस्तै प्रशिक्षक ओस्कारले आज हुने खेलमा नेयमारलाई मार्क गर्न दुई खेलाडी राख्ने तर, उनीमाथि अनफेयर फाउल नगर्न खेलाडीलाई आग्रह गरेको बताएका छन् ।
समूह ‘इ’ मा ब्राजिल र कोस्टारिका बीचको खेल पिटर्सबर्गमा अहिले साँझ ५ः४५ बजेपछि सुरु हुनेछ ।
स्वीट्जरल्यान्डका खेलाडी पहिलो खेलमा नेयमारमाथि मात्रै १० फाउल गरेका थियो ।यती धेरै एक खेलाडी लाई फल १० पटक सम्म गर्न कुरा फूटबल मा ईतीहास नै भएको छ।
Prem Shrestha
good news
Khapparye Rai Manoj
Good… Oscar ?