मोरङ–सुनसरी करिडोर महिला मजदुरको भरमा

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन २०, २०७४
|
|
२१ पटक हेरिएको
Shares
मोरङ–सुनसरी करिडोर महिला मजदुरको भरमा

सारांश

  • पथरी, मोरङ, २० फागुन, गाउँमा पुरुष कमै देखिन्छन् ।
  • कामदार खोज्दै उद्योगमा जाँदा पनि मजदुर फेला पर्दैनन् ।
  • अन्तत ः गर्न सक्ने काममा महिला नै प्रयोग गर्ने निचोडमा पुग्दै यतिबेला मोरङ–सुनसरी करिडोरका दर्जनौँ ठूला उद्योगले महिलालाई कामदारका रुपमा प्रयोग गर्न थालेका छन् ।

पथरी, मोरङ, २० फागुन, गाउँमा पुरुष कमै देखिन्छन् । कामदार खोज्दै उद्योगमा जाँदा पनि मजदुर फेला पर्दैनन् । अन्तत ः गर्न सक्ने काममा महिला नै प्रयोग गर्ने निचोडमा पुग्दै यतिबेला मोरङ–सुनसरी करिडोरका दर्जनौँ ठूला उद्योगले महिलालाई कामदारका रुपमा प्रयोग गर्न थालेका छन् ।

महिला पनि घरमै त्यसै बस्नुभन्दा दैनिक रु ४०० सम्म आम्दानी हुने काममा लाग्न थालेका छन् । अहिले करिडोरका सयभन्दा बढी ठूला उद्योगमा १५ हजारभन्दा बढी महिला कामदार नियमित रुपमा काम गरिरहेका छन् । “महिला कामदारका लागि हामीले बसबाट ल्याउने र पु¥याउनेसमेत गरेका छौँ”, अरिहन्त जुट मिल्सका गोविन्द बजगाईंले भन्नुभयो । दुहबी–४ सुनसरीकी सरस्वती चौधरी क्वालिटी बिस्कुट उद्योग दुहबीमा काम गर्नुहुन्छ । उहाँका श्रीमान् वैदेशिक रोजगारीका लागि कतार गएको तीन वर्ष भयो । छोराछोरीलाई बिहानै खान खुवाएर चौधरी उद्योगमा काम गर्न जानुहुन्छ । उद्योगमा काम गर्ने बहुसंख्यक महिलाका श्रीमान विदेशमा छन् । पुरुष विदेश गएपछि उद्योगमा देखिँदै आएको मजदुर अभाव महिला मजदुरबाट पूर्ति गर्ने प्रयासमा उद्योग जुटेका छन् ।

“पुरुष कामदारको अभाव पूर्ति गर्न पनि हामीले महिलालाई राखेका छौँ, उनीहरू कामप्रति बढी जिम्मेवार हुने गर्दछन्”, क्वालिटी बिस्कुट उद्योगका प्रबन्ध निर्देशक नवलकिशोर काबराले भन्नुभयो, “उनीहरू गफमा भन्दा काममा बढी ध्यान दिन्छन् ।” यस्ता महिलालाई उद्योगहरूले समयको पावन्दीलाई ध्यान दिएर काम गर्नुहुन्छ । काबराको उद्योगमा ४०० भन्दा बढीले रोजगारी पाएका छन् । २०० सयभन्दा बढी महिला छन् । औद्योगिक करिडोरमा सञ्चालित जुट उद्योगमा पनि महिला मजदुरले नै बढी मात्रामा काम गरेको देख्न सकिन्छ ।

“नेपाल जुट उद्योग संघका अध्यक्ष राजकुमार गोल्छाले भन्नुभयो, “अहिले महिला कामदार राख्न थालेपछि अभाव हटेको छ ।” उहाँका अनुसार मजदुरकै कारण अहिले उद्योगले उत्पादन कटौती गर्नुपर्ने अवस्था छैन । महिला भनेपछि गार्मेन्टस् उद्योगमा मात्र काम गर्ने संस्कार थियो । महिलाहरु यतिबेला जुट, बिस्कुट, प्लाष्टिक, चकलेट, चाउचाउ लगायतका उद्योगमा काम गरिरहेका छन् ।

“मेरो रमपममा पनि महिला कामदार मनग्गे छन्”, एशियन थाइफुड्सका प्रबन्ध निर्देशक महेश जाजुले भन्नुभयो । यस क्षेत्रमा साना ठूला गरी साढे ५०० भन्दा बढी उद्योग छन् । ती उद्योगमा करिब ६० हजारभन्दा बढीले रोजगारी पाएका छन् । त्यसमध्ये यस क्षेत्रमा सञ्चालित नौ जुट उद्योगमा मात्रै २० हजारभन्दा बढी मजदुर आबद्ध छन् । विगतमा खेती गर्नेहरू पनि अहिले उद्योगमा मजदुरी गर्न थालेका छन् । मोरङ सिसवनीबडहराका फूलमती राजवंशी उद्योगमा काम गर्नुभन्दा अगाडि अर्काको खेती गर्नुहुन्थ्यो । तर खेतीबाट सधैँ घाटा हुन थालेपछि कृषि पेशालाई चटक्कै छाडेर मजदुरी गर्न थालेको उहाँ बताउनुहुन्छ ।

“कहिले पानी नपर्ने, कहिले मल नपाउने, कहिले उत्पादित वस्तुको मूल्य नहुने अवस्थाले लगानीसमेत नउठेर धेरैपटक घाटा सहनुप¥यो,” फूलमतीले भन्नुभयो, “उद्योगमा त काम गरेको दिन पैसा पाइहालिन्छ ।” उद्योगमा काम गर्ने महिलाले दैनिक साढे ५०० देखि ८०० रूपैयाँसम्म कमाउने गरेका छन् । उद्योगमा काम गर्नेमध्ये एकै परिवारका चार–पाँच जनासमेत महिला छन् ।

उद्योग संगठनका कार्यकारी सदस्य नन्दकिशोर राठीले भन्नुभयो, “महिला मजदुर सधैँ कसरी धेरै काम गरेर बढी पैसा कमाउने भन्नेतर्फ ध्यान केन्द्रित गरेको देखिन्छ,” उहाँ थप्नुहुन्छ, “त्यही भएर पनि हुनसक्छ केही वर्षयता उद्योगमा मजदुर समस्या छैन ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तामाकाेशी सेयर: रातारात कराेडपति बन्न खाेज्दा धन्नै राेडपति !
तामाकाेशी सेयर: रातारात कराेडपति बन्न खाेज्दा धन्नै राेडपति !
सूदुरपश्चिम प्रदेशकाे राजधानी प्रति देउवाकाे अापत्ति, विरोधमा उत्रिन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन
सूदुरपश्चिम प्रदेशकाे राजधानी प्रति देउवाकाे अापत्ति, विरोधमा उत्रिन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन
बागमती प्रदेशसभाको बैठक जेठ ३२ गते बस्ने
बागमती प्रदेशसभाको बैठक जेठ ३२ गते बस्ने
मन्त्री नै चलाउँछिन् मेनपावर, मागेको विवरण बुझाउँदैनन् पहुँचवालाका मेनपावर
मन्त्री नै चलाउँछिन् मेनपावर, मागेको विवरण बुझाउँदैनन् पहुँचवालाका मेनपावर
एकल लोक गायन प्रतियोगिता आयोजना हुने, यस्तो छ तयारी
एकल लोक गायन प्रतियोगिता आयोजना हुने, यस्तो छ तयारी
आजबाट भिडभाड गरे राजधानीमा कारवाही गरिने
आजबाट भिडभाड गरे राजधानीमा कारवाही गरिने
अमेरिकन आइडलः हलिउडमा गुञ्जिए दिवेश पोखरेल, तीनैजना जजले भने – ‘वान्स मोर…’
अमेरिकन आइडलः हलिउडमा गुञ्जिए दिवेश पोखरेल, तीनैजना जजले भने – ‘वान्स मोर…’
४० दिनमा रणवीर कपुरको एनिमल ९०० करोडको क्लबमा
४० दिनमा रणवीर कपुरको एनिमल ९०० करोडको क्लबमा
अरुका नामका भएका सिमकार्ड प्रयोग गर्न नपाउने
अरुका नामका भएका सिमकार्ड प्रयोग गर्न नपाउने
जहाँको पानी नमिसाइ स्थानीयवासीको खाना पाक्दैन
जहाँको पानी नमिसाइ स्थानीयवासीको खाना पाक्दैन

तपाईंले छुटाउनुभयो कि?