विश्व इतिहासमा आजः अमेरिकामा शक्तिशाली विस्फोटदेखि डार्विनको मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख ६, २०७९
|
|
१९ पटक हेरिएको
Shares
विश्व इतिहासमा आजः अमेरिकामा शक्तिशाली विस्फोटदेखि डार्विनको मृत्यु

सारांश

  • आज सन् २०२२ को १९ अप्रिल ।
  • विश्व इतिहासमा आज सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए ।
  • प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही घटनाक्रमः अमेरिकामा बम हमला सन् १९९५ मा अमेरिकाको ओक्लाहोमा सहरमा भएका विस्फोटहरूमा १६८ जनाको मृत्यु भएको थियो ।

आज सन् २०२२ को १९ अप्रिल । विश्व इतिहासमा आज सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही घटनाक्रमः
अमेरिकामा बम हमला सन् १९९५ मा अमेरिकाको ओक्लाहोमा सहरमा भएका विस्फोटहरूमा १६८ जनाको मृत्यु भएको थियो । उक्त आक्रमणका माइस्टरमाइन्ड तिमोथी म्याकभेगलाई सन् २०११ को ११ जुनमा मृत्युदण्ड दिइएको थियो । विस्फोटको कारण खुलेको छैन् । विस्फोटमा मृत्यु हुनेमध्ये १९ जना शिशु तथा बालबालिका थिए ।
पहिलो मानव अन्तरिक्ष स्टेसन सन् १९७१ को १९ अप्रिलमा सोभियत युनियन विश्वकै सबैभन्दा पहिलो मानव अन्तरिक्ष स्टेसन सुरु भएको थियो । स्यालुट १ नामक दिइएको सो स्टेसन २३ मिटर लामो थियो ।
अमेरिकी क्रान्तिकारी युद्ध सन् १७७५ मा अमेरिकी क्रान्तिकारी युद्ध सुरु भएको थियो । लेक्सिङ्टन र कन्कर्डको युद्धले ग्रेट ब्रिटेनको राज्य र ब्रिटिश उत्तरी अमेरिकाका १३ उपनिवेशहरूबीच सशस्त्र द्वन्द्व भएको थियो । युद्धको परिणामस्वरूप अमेरिकी स्वतन्त्रता भयो ।
चाल्स डार्विनको मृत्यु आजकै दिन प्रसिद्ध वैज्ञानिक चाल्र्स डार्विनको मृत्यु भएको थियो । सन् १८०९ को १२ फेब्रुवरीमा बेलायतमा जन्मिएका डार्विनको मृत्यु १८८२ को १९ अप्रिलमा भएको थियो । डार्विनले क्रमिक विकास सिद्धान्तको प्रतिपादन गरेका थिए । [image: Itihasmaa-aaja_Template_1.jpg-3.jpg]

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?