मोहनविक्रम सिंहले गरे शक्तिशाली कम्युनिष्ट पार्टीको निर्माणका लागि आव्हान

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन १५, २०७४
|
१०
|
१७ पटक हेरिएको
Shares
मोहनविक्रम सिंहले गरे शक्तिशाली कम्युनिष्ट पार्टीको निर्माणका लागि आव्हान

सारांश

  • मोहनविक्रम सिंह ने.
  • क.
  • पा.

मोहनविक्रम सिंह

ने.क.पा. (मसाल)को छैठौं भेला हालै सम्पन्न भएको छ । त्यो भेलाको छलफल खालि दुईवटा एजेण्डाहरुमा मात्र सीमित रहेको थियो । प्रथम, हालै सम्पन्न चुनावको समीक्षा । द्वितीय, पार्टी अनुशासनको मूल्यांकन । ती दुवै विषयहरुमा भेलामा विस्तृत रुपले छलफल भयो । भेलाले हामीलाई दुईवटा जिम्मेवारीहरु दिएको छ : प्रथम, शक्तिशाली कम्युनिष्ट पार्टीको निर्माण गर्ने । द्वितीय, आठौं महाधिवेशन सफल पार्ने । आगामी करिब एक वर्षका बीचमा हामीहरु ती जिम्मेवारीहरु पूरा गर्न एकताबद्ध भएर लाग्नु पर्दछ ।

अहिलेको राष्ट्रिय र अन्तर्राष्ट्रिय स्थितिमा शक्तिशाली कम्युनिष्ट पार्टी निर्माण गर्नु अत्यन्त कठिन कार्य हो । विश्व समाजवादी व्यवस्थाको पतन र पहिलेका धेरै कम्युनिष्ट पार्टीहरुको पतन वा उनीहरुले दक्षिणपन्थी संशोधनवादी दिशा लिएको अवस्थामा शक्तिशाली कम्युनिष्ट पार्टीको निर्माण सजिलो छैन । त्यसका लागि सर्वप्रथम, दक्षिणपन्थी संशोधनवादी सोचाईहरुका विरुद्ध कडा सैद्धान्तिक संघर्ष गर्नुपर्नेछ । त्यसका साथै “वामपन्थी” संर्कीणतावादी सोचाईका विरुद्ध पनि कडा संघर्ष गर्नुपर्नेछ । ती दुवै प्रकारका प्रवृत्तिहरुले कम्युनिष्ट आन्दोलनमा बारम्बार गम्भीर समस्याहरु पैदा गर्दै आएका छन् । हाम्रो देशमा पनि दुवै प्रवृत्तिहरुका विरुद्ध संघर्षको लामो इतिहास छ र त्यस प्रकारको संघर्षका बीचबाट गएर नै हाम्रो पार्टीको विकास हु“दै आएको छ । त्यसकारण ती दुवै प्रकारका प्रवृत्तिहरुका विरुद्ध संघर्ष एउटा निरन्तर चल्ने प्रक्रिया हो । त्यसकारण अहिले पनि हामीले पार्टीमा देखापर्ने ती दुवै प्रकारका प्रवृत्तिहरुका विरुद्ध उच्च प्रकारको शतर्कता अपनाउनुपर्ने आवश्यकता छ र शक्तिशाली कम्युनिष्ट पार्टीको निर्माणका लागि त्यो एउटा निर्णयात्मक महत्वको कुरा हो ।

आज विश्व र नेपालको कम्युनिष्ट आन्दोलनमा पनि उपभोक्तावादी सोचाई धेरै नै बढेर गएको छ र त्यो धेरै नै व्यापक भएको छ । त्यसले गर्दा कम्युनिष्ट आन्दोलनमा देश, जनता र मेहनतकश जनताभन्दा व्यक्तिगत लाभ र स्वार्थका पक्षमा नै काम गर्ने प्रवृत्तिहरु बढेर गएका छन् । त्यसको परिणामस्वरुप कैयौं कम्युनिष्ट पार्टीहरु वा ठूलो संख्यामा कम्युनिष्टहरु क्रान्तिकारी सिद्धान्त र उद्देश्यहरुबाट विचलित हु“दै गइरहेका छन् । जुन कम्युनिष्ट पार्टी वा कम्युनिष्टहरु अहिलेसम्म त्यस प्रकारको विचलनबाट बचेका छन्, उनीहरुमा पनि त्यस प्रकारको प्रवृत्तिहरु बढ्दै जाने खतरालाई अस्वीकार गर्न सकिन्न । त्यो अवस्थामा क्रान्तिकारी सिद्धान्त र दृष्टिकोणका आधारमा कम्युनिष्ट पार्टीको निर्माण अत्यन्त कष्टदायक कार्य बनेको छ । त्यस प्रकारको उपभोक्तावादी सोचाईहरुको समस्या यो मात्र होइन कि ठूलो संख्यामा कम्युनिष्ट पार्टी वा कम्युनिष्टहरुले क्रान्तिकारी सिद्धान्तबाट पलायन गर्दछन् । त्यसका साथै त्यससित जोडिएको अर्को र झन् महत्वपूर्ण समस्या यो हो कि स्वयं उनीहरुको क्रान्तिकारी चिन्तनमा विचलन भएपछि उनीहरुले आफ्नो स्वार्थ अनुकूल हुने गरी पार्टीको सम्पूर्ण संरचना वा नीति र कार्यपद्धतिहरुलाई पनि परिवर्तन गर्ने गर्दछन् । संसारका र नेपालका पनि कम्युनिष्ट पार्टीहरुको त्यसरी विचलन भएका थुप्रै उदाहरणहरु छन् ।

हाम्रो पार्टीको इतिहासमा पार्टीभित्र कैयौंपल्ट राजावादी, कांग्रेसपरस्त, दक्षिणपन्थी, संशोधनवादी वा उग्र“वामपन्थी” भटकावहरु देखापर्ने गरेका छन् । कैयौंपल्ट उनीहरुका त्यस प्रकारका प्रयत्नहरुको परिणाम स्वरुप हाम्रो पार्टीको संगठन, भूमिका वा जनआधारमा गम्भीर प्रकारको क्षति पनि पुग्ने गरेको छ । त्यस प्रकारका भडकावहरुका विरुद्ध सैद्धान्तिक, राजनीतिक र संगठनात्मक रुपले संघर्ष गरेर नै हामीहरु आफ्नो पार्टीको अस्तित्व बचाउन सफल भएका छौं । तर गत कालमा हामीले जुन प्रकारको स्थिति वा समस्याहरुको सामना ग¥यौं, ती सबै इतिहासका कुराहरु भइसके र अब हामीहरु त्यस प्रकारका सबै खतराहरुबाट मुक्त भइसक्यौं भन्ने होइन । भविष्यमा नया“ नया“ रुपमा त्यस प्रकारका समस्याहरु पैदा हुन सक्दछन् । त्यस प्रकारको समस्याहरुको कुशलतापूर्वक र दृढतापूर्वक सामना गरेर नै हामीले आफ्नो पार्टीको अस्तित्वलाई बचाउन, क्रान्तिकारी दिशामा अगाडि बढ्न र शक्तिशाली कम्युनिष्ट पार्टीको निर्माण गर्न सक्ने छौं ।

कम्युनिष्ट पार्टीभित्र देखापर्ने कमजोरी वा समस्याहरुका कारणले कम्युनिष्ट पार्टीको विकासमा बाधा पुग्नुका साथै देशी वा विदेशी प्रतिक्रियावादी शक्तिहरु र सरकारहरुले पनि कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्न, समाप्त गर्न वा क्रान्तिकारी दिशाबाट हटाउन योजनावद्ध प्रकारले प्रयत्न गर्दै आएका छन् र गर्नेछन् । कैयौं देशहरुमा उनीहरुले बलको प्रयोग गरेर कम्युनिष्ट पार्टीहरुलाई समाप्त गर्ने प्रयत्न गर्दछन् । जस्तै कि इन्डोनेशिया । तर धेरै जस्तो अवस्थामा उनीहरुले नदेखिने प्रकारले वा छद्म प्रकारले पनि कम्युनिष्ट पार्टीहरुलाई समाप्त पार्ने वा क्रान्तिकारी सिद्धान्तबाट विचलित गर्ने प्रयत्न गर्दछन् । कतिपय अवस्थामा उनीहरुले कम्युनिष्ट पार्टीमा घुसपैठ गर्ने पनि गर्दछन् – पार्टी भित्रका असन्तोष, अन्तरविरोध वा कमजोरीहरुलाई उपयोग गरेर पनि उनीहरुले क्रान्तिकारी कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने, त्यसमा फुट पार्ने प्रयत्न गर्दछन् । सी.आई.ए.ले संसारभरको कम्युनिष्ट आन्दोलन समाप्त गर्न त्यसरी प्रयत्न गरिरहेको छ । नेपालको सन्दर्भमा ‘र’ले पनि त्यसका लागि लगातार प्रयत्न गरिरहेको हुन्छ । वास्तवमा ‘र’ ले नेपालमा सबै राजनीतिक पार्टी, प्रशासन, सेना आदि सबैतिर आफ्नो घुसपैठ गर्ने कार्य गरेको छ । कम्युनिष्ट आन्दोलनभित्र पनि त्यसले त्यस प्रकारको प्रयत्न गर्ने कुरा प्रष्ट छ । तर त्यसले नेपालको कुन कम्युनिष्टभित्र कति घुसपैठ गरेको छ ? हामीलाई थाहा छैन । जे होस्, त्यस प्रकारका सबै सम्भावनाहरुप्रति पनि हामीले उच्च प्रकारको सतर्कता अपनाउनु पर्ने आवश्यकता छ ।

पार्टीमा आन्तरिक रुपमा देखापर्ने कमजोरीहरु वा देशी र विदेशी शक्तिहरुका षडयन्त्रकारी भूमिकाबाट शक्तिशाली कम्युनिष्ट पार्टीको निर्माणमा बाधा पुग्ने गर्दछ । कैयौं व्यवहारिक समस्याहरुका कारणले पनि शक्तिशाली पार्टीको निर्माणमा बाधा पुग्ने कुराप्रति पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ । संगठनको विस्तार वा सुदृढीकरणको कार्यमा कार्यकर्ताहरुको कमीले पनि ठूलो बाधा पु¥याउ“छ । केही दशकयताको स्थितिमाथि विचार गर्ने हो भने पनि प्रष्ट हुन्छ, उपभोक्तावादी सोचाईहरुका कारणले पार्टीको काममा टिक्न नसकेर थुप्रै कार्यकर्ताहरुले पलायनको बाटो समातेका छन् । हाम्रा कार्यकर्ताहरुको एउटा ठूलो संख्याले आफ्नो आर्थिक समस्या वा रोजगारीको खोजिमा विदेशमा पलायन गरेका छन् । अरु पनि विभिन्न कारणले हाम्रा कार्यकर्ताहरुको संख्यामा कमी आउने गरेको छ । नया“ पिढीबाट आउने कार्यकर्ताहरुको पनि बढी ध्यान आफ्नो क्यारिएर बनाउने वा विभिन्न पेशाहरुमा लाग्नेतिर नै हुन्छ । त्यस प्रकारका व्यक्तिगत अवसरहरु सत्तामा भएका वा सत्तामा पुग्ने सम्भावना भएका राजनीतिक शक्तिहरुका पक्षमा गएपछि नै प्राप्त हुन्छन् । हाम्रो पार्टीमा अधिकतर अवस्थामा मानिसहरु सिद्धान्त, नीतिबाट प्रेरित भएर नै आउने गर्दछन् र हाम्रो पार्टीमा सामेल भएर व्यक्तिगत लाभहरु प्राप्त हुने सम्भावना अत्यन्त कम हुन्छ । त्यसैले हाम्रो पार्टीमा सामान्यतः, सिद्धान्त र नीतिप्रतिको आस्थाले बाहेक, कमै मानिसहरु सामेल हुन्छन् । यी कारणहरुले पनि हाम्रो पार्टीको संगठनको विस्तारमा धेरै बाधा पुग्ने गर्दछ ।

आर्थिक समस्याले पनि हाम्रो संगठनको देशव्यापी विस्तारमा धेरै बाधा पुग्दछ । पार्टीलाई बाह्य रुपमा सहयोग प्राप्त हुने सम्भावना अत्यन्त कम हुन्छ । पार्टीभित्रका आर्थिक स्रोतहरु अत्यन्त सीमित हुन्छन् र ती झन्पछि झन् कम हु“दै गइरहेका छन् । लेभी, कोटा, प्रतिशत आदि पनि लगातार कम हु“दै गइरहेका छन् । त्यसरी पार्टीमा आम्दानीको स्रोत घट्दै गएको छ भने खर्च पहिलेभन्दा कैयौं गुणा बढेर गएको छ । त्यसले गर्दा पार्टीमा आर्थिक संकटको स्थिति उत्पन्न भएको छ । यो स्पष्ट छ कि कार्यकर्ता र आर्थिक समस्याको असर संगठनको विस्तारमा पर्दछ ।

पार्टी निर्माणको कार्यमा अर्को गम्भीर समस्या अनुशासनको हो । पार्टी अनुशासन नभैकन एकता कायम हुन सक्दैन । त्यसरी पार्टी अनुशासन र एकता कायम हुन सकेन भने पार्टीले राजनीतिक वा संगठनात्मक जिम्मेवारी प्रभावशाली प्रकारले पूरा गर्न सक्दैन । एकातिर पार्टीको कमजोर संगठन, कार्यकर्ताको कमी, आर्थिक समस्या, प्रतिक्रियावादीहरुका चौतर्फी हमला, कैयौं खुफिया सञ्जालको षडयन्त्रकारी भूमिका त्यसमाथि पार्टी भित्रको अनुशासन र एकता नै खलबलियो भने त्यसको परिणाम अत्यन्त घातक हुने कुरा स्पष्ट छ ।

पार्टीको अनुशासनको समस्यालाई जनवादी केन्द्रीयताका आधारमा नै हल गर्न सकिन्छ र गर्नु पनि पर्दछ । माक्र्सवादी–लेनिनवादी संगठनात्मक पद्धतिको आधारभूत सिद्धान्त हो ः जनवादी केन्द्रीयता । पार्टीमा कैयौं मतभेदहरु हुन सक्दछन् । पार्टी सदस्यहरुलाई मतभेदहरु राख्ने स्वतन्त्रता हुन्छ र त्यस प्रकारको स्वतन्त्रताको सधैं रक्षा गर्नुपर्दछ । त्यो नै जनवादको सार तत्व पनि हो । त्यस प्रकारको स्वतन्त्रताको रक्षा गरेर नै पार्टीमा अनुशासन र एकता कायम रहन सक्दछ । लेनिनले मतभेद र एकताका बीचमा कसरी सामन्जस्यता कायम गर्ने ? त्यसका लागि छलफलको स्वतन्त्रता र काममा एकताको सिद्धान्तको प्रतिपादन गरेका छन् ।

पार्टीमा छलफलको स्वतन्त्रता हुनुपर्दछ । तर कामका दौरानमा एकता हुनुपर्दछ । यी दुवैका बीचमा द्वन्द्वात्मक सम्बन्ध छ । कुनै विषयमा निर्णय गर्नुभन्दा पहिले छलफलको पूरा स्वतन्त्रता हुन्छ । तर एकपल्ट निर्णय भएपछि एकताबद्ध भएर काममा जुट्नु पर्दछ । त्यसो भएन भने, कामको दौरानमा पनि मतभिन्नता र विरोध गर्ने प्रक्रिया चलिरह्यो भने पार्टीले कुनै पनि विषयमा सफलतापूर्वक काम गर्न सक्दैन । त्यसैले एकातिर छलफलको स्वतन्त्रता र अर्कातिर, काममा एकता– ती दुवैका बीचमा सन्तुलन कायम गरेर नै पार्टीमा अनुशासन र एकतालाई कायम राख्न सकिन्छ, जसले पार्टी जीवनमा अत्यन्त ठूलो महत्व राख्दछ । त्यस प्रकारको अनुशासन र एकता भएन भने हामीले कुनै पनि महत्वपूर्ण कार्य पूरा गर्न सक्दैनौं ।

माथिको संक्षिप्त विवरणबाट स्पष्ट हुन्छ, एउटा शक्तिशाली कम्युनिष्ट पार्टीको निर्माण गर्ने हाम्रो उद्देश्यका अगाडि कैयौं गम्भीर प्रकारका समस्याहरु छन् । यो कुरालाई अझै स्पष्ट शब्दमा भन्नु पर्दा हामीले त्यस प्रकारको कम्युनिष्ट पार्टीको निर्माणको कार्य अत्यन्त प्रतिकूल परिस्थितिमा गर्नु परिरहेको छ । तै पनि हामीले त्यस प्रकारको प्रतिकूल परिस्थिति वा समस्याको सामना गर्दै क्रान्तिकारी सिद्धान्त र माक्र्सवादी–लेनिनवादी संगठनात्मक पद्धति अनुसार पार्टीको नीति, संगठन वा कार्यप्रणालीलाई कायम राख्ने प्रयत्न गरिरहेका छौं । तर त्यसरी प्रयत्न गर्ने सिलसिलामा हामीले अनुभव गरिरहेका छौं, त्यो कार्य सजिलो छैन । अहिलेको मात्र होइन, दशकौं देखि हामीले त्यस प्रकारको कठिन र प्रतिकूल समस्याहरुको समाधान गर्दै आएका छौं । पार्टीको सम्पूर्ण इतिहास त्यस प्रकारका कठिन समस्या, प्रतिरोध वा तिनीहरुका विरुद्ध संघर्षहरुले भरिएको छ । तर त्यसको साथै हामीले यो पनि स्वीकार नगरिकन रहन सक्दैनौं कि कतिपयपल्ट हाम्रो प्रयत्न वा संघर्षहरु असफल पनि हुने गरेका छन् । यो कुरा बेग्लै हो कि त्यस प्रकारका कैयौं बाधा वा असफलताहरुका कारणले हामीले आफ्ना प्रयत्नहरुबाट पछाडि हट्ने गरेका छैनौं र लगातार तथा दृढतापूर्वक अगाडि बढ्दै आएका छौं । भविष्यमा पनि त्यसरी अगाडि बढ्ने छौं र बढ्न सक्नेछौं भन्ने कुरामा हामीलाई पूरा विश्वास छ ।

हामी अब आठौं महाधिवेशनको तयारीमा लागेका छौं र यो महाधिवेशन नहु“दासम्म हाम्रो मुख्य ध्यान महाधिवेशनमा नै केन्द्रित हुनुपर्दछ । तर हामी महाधिवेशनको तयारीमा लागे पनि देशमा उत्पन्न हुने राजनीतिक समस्या वा आन्दोलनबाट अलग हुन सक्दैनौं । महाधिवेशनको तयारीका बीचमा पनि संसदभित्र वा बाहिर सबै जिम्मेवारी वा संघर्षका कार्यक्रमहरुलाई आवश्यकतानुसार अगाडि बढाउने हाम्रो नीति र प्रयत्न हुनेछ । तैपनि मुख्य ध्यान महाधिवेशनलाई सफल पार्नेतिर नै हुनुपर्दछ । महाधिवेशनको तयारी पनि एक्लै अगाडि बढ्ने कुरा होइन । महाधिवेशनको सिलसिलामा पनि राजनीति, नीति, कार्यक्रम आदि निर्धारित गर्ने, पार्टीभित्र तिनीहरुलाई स्पष्ट पार्ने वा उच्च रुपमा विकसित गर्ने तथा संगठनात्मक अवस्थालाई व्यवस्थित गर्दै जानु पर्दछ । त्यसरी शक्तिशाली कम्युनिष्ट पार्टीको निर्माण र महाधिवेशनको तयारी एक अर्कास“ग अभिन्न रुपले जोडिएका कार्यहरु हुन् र ती दुवैलाई साथसाथै अगाडि बढाउने हाम्रो प्रयत्न हुनुपर्दछ ।

मिति – २०७४ फागुन १५ गते

प्रतिक्रिया

10 कमेन्ट

    Comment Author

    Arjun Rijal

    अब बाकी काम मरे पछि।

    Comment Author

    A Hakeem Khan

    मर्ने बेलामा मलाम खोज्ने कि पार्टी निर्माण???

    Comment Author

    Gopi Dahal

    Kam xaina sudo

    Comment Author

    Biren Chauhan

    Goooooooooooooood अझै पनि छरिएर रहेका बामपंथी एक हुनैपर्छ ।यो समय को माग हो एकता नै कम्युनिस्ट हरु को सफल्ता हो आउ

    Comment Author

    Krishna Dhakal

    मर्ने बेला हरियो कांक्रो

    Comment Author

    Kumar Khadka

    पिन्डा खाने बेलामा फुर फुर गर्छौ मुर्ख बुडो

    Comment Author

    Krishna Pandeya

    स्वास्नीको पेटीकोटमै सिमीत छ यसको राजनिती बहस मर्ने बेला हरीयो़ काक्रो हैट

    Comment Author

    Ram Prasad Sharma

    मानिस बुढो भएर के भयो र बिचार नीति ठिक हुनुपर्छ मोहन जि को सोच राम्रो हो र त्यो नेपालका लागि आवश्यक छ

    Comment Author

    Shyamkishan Shrestha

    जे होस मसाल को टाट पल्टाइदिनुभयो

    Comment Author

    Devraj Karki

    ५ जना मान्छे नभएको सक्तिसाली नै पार्टी हो।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 10
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?