मौनताको लेखनमा चलचित्र ‘मेरो आफ्नो’, हाल पोष्ट प्रोडक्सनको काम हुँदै

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २८, २०७५
|
|
२५ पटक हेरिएको
Shares
मौनताको लेखनमा चलचित्र ‘मेरो आफ्नो’, हाल पोष्ट प्रोडक्सनको काम हुँदै

सारांश

  • काठमाडाै, २८ मंसिर।
  •    मौनता श्रेष्ठको लेखनमा तयार चलचित्र ‘मेरो आफ्नो’ को हाल धमाधम पोष्ट प्रोडक्सनको काम भइरहेको छ ।
  • २०५२ सालबाट चलचित्र लेखनमा लागेका श्रेष्ठले सय भन्दा बढी फिल्म लेखिसकेका छन् ।

काठमाडाै, २८ मंसिर।   मौनता श्रेष्ठको लेखनमा तयार चलचित्र ‘मेरो आफ्नो’ को हाल धमाधम पोष्ट प्रोडक्सनको काम भइरहेको छ । २०५२ सालबाट चलचित्र लेखनमा लागेका श्रेष्ठले सय भन्दा बढी फिल्म लेखिसकेका छन् । यो पटक लेखकिय हिसाबमा समेत फिल्म अब्बल बनेको उनको तर्क छ ।

चलचित्रको बारेमा कुराकानी गर्दै उनले फिल्मीकुरासँग भने, ‘जिन्दगीमा थुप्रै फिल्म लेखे । तर यो पटक मेरो आफ्नो भन्ने फिल्मले धेरैलाई आफ्नो बनाउन सक्छ भन्ने लागेको छ । यो विसुद्ध पारिवारिक तथा प्रेमकथामा आधारित छ । सम्भावना बोकेका नयाँ कलाकारले फिल्ममा खेलेका छन् ।’ ओम साई भक्त मिडिया प्रा।लि। का लागि श्रीराम बराल प्रस्तुत यो चलचित्रमा केवलजंग कुँवर, सुजता थापा, रिया श्रेष्ठ, रुपा राना, नरेश पौडेल, सुन्दर श्रेष्ठ, शंकर आचार्य लगायतका कलाकारको मुख्य भूमिका छ। 

चितवन, पोखरा र मुस्ताङमा छायांकन गरिएको फिल्मको रिलिज मिति भने हाल तोकिएको छैन । छिट्टै फिल्मको क्रमिक रुपमा प्रचार सामाग्री सार्वजनिक गरिदै जाने लेखक मौनताले जानकारी दिएका छन् । चलचित्र चल्नको लागि कथा नै राम्रो हुनुपर्ने कुरामा उनले जोड समेत दिए । यो फिल्ममा उनको समेत लगानी रहेको छ । राजु अधिकारीले चलचित्रको निर्देशन गरेका हुन् । रामकृष्ण बजिमया कार्यकारी निर्माता रहेको फिल्ममा बसन्त शर्मा, निलबहादुर केसी र बिना देवी श्रेष्ठको पनि लगानी साझेदारी रहेको छ । चलचित्रमा पवन गौतमको छायांकन, हिमाल केसीको द्धन्द तथा ताराप्रकाश लिम्बु र प्रतिक पौडेलको संगीत रहेको छ । चलचित्रको गीतमा कमल राई, रामजी लामिछाने र किरणको कोरियोग्राफी हेर्न सकिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?