आज खाँणको बयान नसकिएपछि मंगलबार पनि बोलाइयो
सारांश
- काठमाडौं ।
- जिल्ला सरकारी वकिलको कार्यालयमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको बयान आजका लागि सकिएको छ भने फेरी मंगलबार पनि उनको बयान हुने भएको छ ।
- आज बयानका क्रममा नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन प्रकरणमा खाँणको संलग्नताका विषयमा जोखिएका दर्जनौँ सवाल जवाफ भएका थिए ।
काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालयमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको बयान आजका लागि सकिएको छ भने फेरी मंगलबार पनि उनको बयान हुने भएको छ ।
आज बयानका क्रममा नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन प्रकरणमा खाँणको संलग्नताका विषयमा जोखिएका दर्जनौँ सवाल जवाफ भएका थिए । बयान अझै नसकिएकाले मंगलबार पनि जारी रहने स्रोतले जनाएको छ ।
आज सोमबार बयान सकिएलगत्तै उनलाई गाडीमा राखेर जिल्ला प्रहरी परिसर काठमाडौंमा लगिएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणका विषयमा अनुसन्धान गर्न खाँणलाई गत वैशाख २७ गते प्रहरीले पक्राउ परेको थियो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया