मौसमी भाइरल ज्वारोबाट सिङ्गो गाउँ नै प्रभावित

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ २४, २०७६
|
|
२१ पटक हेरिएको
Shares
मौसमी भाइरल ज्वारोबाट सिङ्गो गाउँ नै प्रभावित

सारांश

  • बेत्रावती।
  • बेलकोटगढी नगरपालिका–११ को उपल्लो तिगाउँमा मौसमी भाइरलको कारण गाउँनै प्रभावित भएको छ।
  • पछिल्लो तीन दिनदेखि देखिएको मौसमी भाइरलको कारण गाउँको प्रत्येक घरका सदस्य बिरामी देखिएको वडाध्यक्ष रामहरि पाण्डेले जानकारी दिए।

बेत्रावती। बेलकोटगढी नगरपालिका–११ को उपल्लो तिगाउँमा मौसमी भाइरलको कारण गाउँनै प्रभावित भएको छ। पछिल्लो तीन दिनदेखि देखिएको मौसमी भाइरलको कारण गाउँको प्रत्येक घरका सदस्य बिरामी देखिएको वडाध्यक्ष रामहरि पाण्डेले जानकारी दिए।

उनको अनुसार बिरामी भएकामध्ये बिहीबारदेखि बेलकोट स्वास्थ्यचौकीबाट गएको अनमी उषा सिंह र कमला पाण्डेसहितको टोलीले उपचार शुरु गरेको छ। अहिलेसम्म ५४ को उपचार गरिएको छ । करिब ५० घरधुरी रहेको उक्त गाउँका बासिन्दालाई उच्च ज्वरो, रुघाखोकी, रक्तचाप भएका बिरामी प्रत्येक घरमा पाइएको उपचारमा संलग्न अनमी पाण्डेले जानकारी दिए।

तामाङ समुदायको बाहुल्यता रहेको उक्त गाउँका बासिन्दा बिरामी हुनुका कारण दूषित खानेपानी भएको हुनसक्ने अनुमान गरिएको छ। जनचेतनाको कमीका कारण उनीहरुको उपचारसहित स्वच्छ पानी पिउन अपिल गरिएको छ भने रोग फैलन नदिन आफूहरु सक्रिय भएर लागिरहेको वडाध्यक्ष पाण्डेले जानकारी दिए।

गत सोमबारदेखि फैलन शुरु भएको ज्वरोको कारण गाउँनै प्रभावित भएको जानकारी स्थानीय कमलबहादुर तामाङले वडाध्यक्षलाई जानकारी गराएपछि नगर प्रमुख राजेन्द्ररमण खनाल र प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालसँगको समन्वयमा स्वास्थ्यकर्मी र औषधिसहितको टोली लिएर वडाध्यक्ष पाण्डेले घरघरमै पुगेर बिरामीको उपचार अघि बढाएका हुन्।

बिरामी हुनेमा वृद्धवृद्धा र बालबालिका बढी छन्। उनीहरुलाई स्वास्थ्यकर्मीको निगरानीमा राखेर उपचार गराउँदै आएको स्वास्थ्यचौकीका अनमी कमला पाण्डेले जानकारी दिए। 

(www.enov8.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?