म्याग्दीका पर्यटकीयस्थलमा आन्तरिक पर्यटकको चहलपहल

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख १, २०८०
|
|
३५ पटक हेरिएको
Shares
म्याग्दीका पर्यटकीयस्थलमा आन्तरिक पर्यटकको चहलपहल

सारांश

  • बेनी ।
  • म्याग्दीका पर्यटकीयस्थल नेपाली नयाँ वर्ष २०८० मनाउनका लागि आन्तरिक पर्यटकले भरिभराउ बनेका छन् ।
  • विद्यालय तहको वार्षिक परीक्षा सकिएर बिदा भएको र लगातार दुई दिन सार्वजनिक बिदा भएका कारण जिल्लाका पर्यटकीयस्थलमा नयाँ वर्षलाई उत्सवका रूपमा मनाउन आन्तरिक पर्यटकको चहलपहल बढेको हो ।

बेनी । म्याग्दीका पर्यटकीयस्थल नेपाली नयाँ वर्ष २०८० मनाउनका लागि आन्तरिक पर्यटकले भरिभराउ बनेका छन् । विद्यालय तहको वार्षिक परीक्षा सकिएर बिदा भएको र लगातार दुई दिन सार्वजनिक बिदा भएका कारण जिल्लाका पर्यटकीयस्थलमा नयाँ वर्षलाई उत्सवका रूपमा मनाउन आन्तरिक पर्यटकको चहलपहल बढेको हो ।

नयाँ वर्ष मनाउनका लागि घोरेपानी, पुनहिल, मोहरेडाँडा, खोपारा, स्वर्गाश्रम, बेलढुङ्गा, रुइसे, गाजने, टोड्केलगायतका स्थलमा आन्तरिक पर्यटकको आगमन बढेको छ । पर्यटकका लागि उपयुक्त मौसम भएकाले अन्नपूर्ण हिमाल र धवलागिरी हिमालमा आरोहणका लागि विदेशी पर्यटकको आवतजावतसमेत बढेको छ ।

आधार शिविर क्षेत्रको भ्रमणका लागि आन्तरिक पर्यटक आउन थालेको अन्नपूर्ण हिमालको आधार शिविर क्षेत्रमा जाने पर्यटकलाई लक्षित गरी होटल सञ्चालन गर्नुभएका अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका तेज गुरुङले बताए । सडक सञ्जालले आधार शिविर क्षेत्रमा पुग्ने समय घटाएपछि पदयात्रामा आउने पर्यटक बढेको उनले जानकारी दिए ।

चक्रीय अन्नपूर्ण पदमार्गले समेटिएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोरेपानी–पुनहिल क्षेत्रमा यस याममा बढी पर्यटक भित्रिएका छन् । पर्यटकका लागि अनुकूल मौसम भएको र जङ्गलमा ढकमक्क फुलेका लालीगुराँसले नयाँ वर्षको अवसरमा भ्रमणमा आउनेको सङ्ख्या ह्वात्तै बढेका घोरेपानीका होटल व्यवसायी रनबहादुर पुनले जानकारी दिए ।

समुद्री सतहदेखि तीन हजार दुई सय १० मिटर उचाइमा रहेको पुनहिलमा पर्यटकको सुविधाका लागि टी एण्ड कफीसप सञ्चालन गरेका पुनले दैनिकरूपमा सात सयभन्दा बढी पर्यटक आउने गरेको बताए । “विदेशी पर्यटक पनि यो सिजनमा बढेका छन्, बिदाको समयमा घुम्न आउने विद्यार्थीको सङ्ख्या पनि अधिक देखिएको छ”, पर्यटन व्यवसायी पुनले भने ।

घोरेपानी क्षेत्रमा रहेका ३० होटल तथा मोहरेडाँडास्थित सामुदायिक लज दैनिकजसो भरिभराउ हुन थालेपछि पर्यटन व्यवसायी उत्साहित बनेका छन् । अन्नपूर्ण र धवलागिरि हिमशृङ्खलाका दर्जन बढी हिमाल एकै ठाउँबाट अवलोकन गर्नुका साथै सूर्योदय, घना गुराँसे जङ्गल र जैविक विविधतायुक्त क्षेत्रमा रमाउनका लागि यस क्षेत्रमा बाह्य र आन्तरिक पर्यटक आउने गरेका छन् ।

(Xanax)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिक्टा आयोजनामा ठेकेदारको बदमासी : छानविन समिति गठन
सिक्टा आयोजनामा ठेकेदारको बदमासी : छानविन समिति गठन
लाइसेन्सको राजस्व अब अनलाइनबाटै: बैंकको लामो लाइन बस्नुपर्ने झन्झट सधैँका लागि अन्त्य
लाइसेन्सको राजस्व अब अनलाइनबाटै: बैंकको लामो लाइन बस्नुपर्ने झन्झट सधैँका लागि अन्त्य
आज सगरमाथाको चुचुरोमा मानव पाइला राखेको दिन
आज सगरमाथाको चुचुरोमा मानव पाइला राखेको दिन
नेपाल–भारतमा फेरि ठूलो भुकम्प जाने सम्भावना !
नेपाल–भारतमा फेरि ठूलो भुकम्प जाने सम्भावना !
धेरै बच्चा जन्माएका बावुअामालाई मुटुको रोगको खतरा बढी
धेरै बच्चा जन्माएका बावुअामालाई मुटुको रोगको खतरा बढी
सरकारले घटायो रासायनिक मलमा दिँदै आएको अनुदान
सरकारले घटायो रासायनिक मलमा दिँदै आएको अनुदान
जनकपुरको मेयरमा स्वतन्त्र उम्मेदवार मनोज साहको सुरूआती अग्रता
जनकपुरको मेयरमा स्वतन्त्र उम्मेदवार मनोज साहको सुरूआती अग्रता
चितुवा आक्रमणबाट ज्यान गुमाएका परिवारलाई राहत
चितुवा आक्रमणबाट ज्यान गुमाएका परिवारलाई राहत
प्रतिनिधिसभा सदस्य निर्वाचन : हालसम्म १३२ स्थानको मतगणना सार्वजनिक, रास्वपाका १०४ उम्मेदवार विजयी
प्रतिनिधिसभा सदस्य निर्वाचन : हालसम्म १३२ स्थानको मतगणना सार्वजनिक, रास्वपाका १०४ उम्मेदवार विजयी
यस्तो छ विराटनगर महानगरपालिकाको पछिल्लो अवस्था
यस्तो छ विराटनगर महानगरपालिकाको पछिल्लो अवस्था