बाम गठबन्धनका उम्मेदवार वलीमाथि नेपाली काँग्रेसका कार्यकर्ताहरुले आक्रमण !

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर २०, २०७४
|
|
३१ पटक हेरिएको
Shares
बाम गठबन्धनका उम्मेदवार वलीमाथि नेपाली काँग्रेसका कार्यकर्ताहरुले आक्रमण !

सारांश

  • दाङ, मंसिर २० ।
  • दाङमा बाम गठबन्धनका उम्मेदवारमाथि नेपाली काँग्रेसका कार्यकर्ताहरुले आक्रमण गरेका छन् ।
  • दाङ निर्वाचन क्षेत्र नं.

दाङ, मंसिर २० । दाङमा बाम गठबन्धनका उम्मेदवारमाथि नेपाली काँग्रेसका कार्यकर्ताहरुले आक्रमण गरेका छन् । दाङ निर्वाचन क्षेत्र नं. ३ प्रदेश सभा सदस्य पदका लागि बाम गठबन्धनका उम्मेदवार उत्तरकुमार वलीमाथि बुधबार बेलुका नेपाली काँग्रेसका कार्यकर्ताहरुले आक्रमण गरेका हुन् । आफ्नो निर्वाचन क्षेत्रबाट तुलसीपुरतर्फ आउँदै गर्दा उम्मेदवार वलीमाथि आक्रमण भएको हो । साथै वली चढेको गाडी तोडफोड भएको छ ।

गाडीको शिशा फुटाइएको छ । तुलसीपुरको भ्यूडर सुनपुर भन्ने स्थानमा गाडी रोकेर कांग्रेस कार्यकर्ताले वलीमाथि हातपात गरेका हुन्, भने गाडीमा ढुंगा प्रहार समेत गरेका छन् । यसैबीच आक्रमणको घटनाप्रति उम्मेदवार वलीले खेद प्रकट गर्नुभएको छ । नेपाली काँग्रेसको हार मानसिकताका कारण आफूमाथि आक्रमण भएको भन्दै वलीले प्रशासनलाई तत्काल घटनाको छानबिनका लागि आग्रह गर्नुभएको छ । त्यस्तै नेकपा एमालेका जिल्ला अध्यक्ष टीकाराम खड्काले उम्मेदवारहरुको सुरक्षाको व्यवस्था मिलाई दिन आग्रह गर्नुभएको छ ।

उम्मेदवारमाथि आक्रमण हुनु लोकतन्त्रमाथिको आक्रमण भएको भन्दै अध्यक्ष खड्काले निर्वाचनको अघिल्लो दिन नियोजित रुपमा आक्रमण हुनु काँग्रेसको हार मनोबृत्ती भएको बताउनुभयो । प्रहरी प्रशासनको बलमा उम्मेदवारमाथि कांग्रेसले नियोजित तरिकाले आक्रमण गरेको भन्दै यस खालका घटना नरोकिए एमालेले कडा प्रतिवाद गर्ने अध्यक्ष खड्काले बताउनुभयो ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Pagal Lava

    Marna parcha o marna parcha duei morai ane new generation start

    Comment Author

    Amar Bahadur Budha

    Kam xaina sala khate haruko marne belako xatpati sarai dukhadko hunx

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?