सांसदको घरमा किन मारियो छापा!

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन २३, २०७५
|
|
२३ पटक हेरिएको
Shares
सांसदको घरमा किन मारियो छापा!

सारांश

  • काठमाडौं ।
  • प्रहरीले प्रदेश ५ का सांसदको घरमा छापा मारेको छ ।
  • प्रदेश ५ का सदस्यहरुले बर्दियाका प्रदेशसभा सदस्य भुवनेश्वर चौधरीको घरमा प्रहरीले जबर्जस्ती छापा मारेको भन्दै आपत्ति जनाएका छन् ।

काठमाडौं । प्रहरीले प्रदेश ५ का सांसदको घरमा छापा मारेको छ । प्रदेश ५ का सदस्यहरुले बर्दियाका प्रदेशसभा सदस्य भुवनेश्वर चौधरीको घरमा प्रहरीले जबर्जस्ती छापा मारेको भन्दै आपत्ति जनाएका छन् । प्रदेशसभाको बुटवलमा बसेको बैठकमा प्रदेशसभा सदस्यहरुले रातिको समयमा घरमा प्रदेशसभा सदस्य चौधरीकी श्रीमती एक्लै रहेका बेला छापा मारेर सशंकीत बनाएको आरोप लगाए ।

बैठकमा प्रदेशसभा सदस्य सुरेन्द्रबहादुर हमालले गएराति प्रदेशसभा सदस्य चौधरीको घरमा जबर्जस्ती छापा मारेको घटना निन्दनीय भएको टिप्पणी गरे । अर्का सदस्य वसिउद्दिन खानले प्रहरीले प्रदेशसभा सदस्यलाई हेप्ने काम गरेको आपत्ति जनाए ।

सांसदले गल्ती गरेको भए सभामुखमार्फत जानकारी गराएर कारवाही गर्नुपर्ने उनको माग छ । सांसदका घरमा छापा मारेर मनोबल घटाउने काम भएको भन्दै दुखेसो गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?