म्याद थपका लागि रबि लामिछाने सहित तीनै जनालाई अदालत लगिदै

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र ३, २०७६
|
|
३८ पटक हेरिएको
Shares
म्याद थपका लागि रबि लामिछाने सहित तीनै जनालाई अदालत लगिदै

सारांश

  • पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन अभियोगमा अनुसन्धान लागि पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछाने सहित युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई आज म्याद थपका लागि अदालत लगिँदैछ ।
  • यसअघि अनुसनधानका लागि जिल्ला अदालत चितवनले पाँच दिनको म्याद दिएको थियो ।
  • तर अनुसन्धानका लागि अझै समय आवश्यक भएकोले म्याद थपका लागि तीनै जनालाई अदालत लगिने चितवनका एसपी दानबहादुर मल्लले बताएका छन् ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन अभियोगमा अनुसन्धान लागि पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछाने सहित युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई आज म्याद थपका लागि अदालत लगिँदैछ ।

यसअघि अनुसनधानका लागि जिल्ला अदालत चितवनले पाँच दिनको म्याद दिएको थियो । तर अनुसन्धानका लागि अझै समय आवश्यक भएकोले म्याद थपका लागि तीनै जनालाई अदालत लगिने चितवनका एसपी दानबहादुर मल्लले बताएका छन् ।

प्रहरीले पक्राउ गरेका तीनै जनासँग प्रारम्भिक बयान लिइसकेको छ । तर उनीहरुले दिएको बयानबारे अनुसन्धान जारी नै रहेकोले अहिले बोल्न नमिल्ने एसपी मल्लले बताए ।

आत्महत्या अघि पत्रकार पुडासैनीले रेकर्ड गरेको भिडियामा आफू रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीका कारण मर्न बाध्य भएको बताएका छन् । सोही भिडियोका आधारमा पक्राउ परेका तीनैजनामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?