अबदेखि संघसंस्थाले जग्गा बेच्न नपाउने

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ १, २०७६
|
|
३५ पटक हेरिएको
Shares
अबदेखि संघसंस्थाले जग्गा बेच्न नपाउने

सारांश

  • काठमाडौं ।
  • सरकारले निजी संघसंस्था, उपभोक्ता समितिका नाममा भएका जग्गा बेच्न रोक लगाएको छ।
  • सार्वजनिक जग्गा व्यक्ति र निजी संघसंस्थाका नाममा बनाएर बेच्ने क्रम बढेपछि गृह मन्त्रालयले यस्तो निर्णय लिएको हो।

काठमाडौं । सरकारले निजी संघसंस्था, उपभोक्ता समितिका नाममा भएका जग्गा बेच्न रोक लगाएको छ। सार्वजनिक जग्गा व्यक्ति र निजी संघसंस्थाका नाममा बनाएर बेच्ने क्रम बढेपछि गृह मन्त्रालयले यस्तो निर्णय लिएको हो।

कर्मचारी, भूमाफियाको मिलेमतोमा सरकारी जग्गा हडप्ने क्रम बढेपछि सरकारले छानबिन आयोग बनाएको छ। आयोगले छानबिन नसक्दासम्म निजी संघ–संस्था तथा उपभोक्ता समितिका नाममा भएका जग्गा बिक्री गर्न पाइने छैन।

गृह मन्त्रालयले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, उपभोक्ता समिति, निजी तथा सामुदायिक संघ–संस्थाको स्वामित्वमा रहेका जग्गा बिक्रीमा रोक लगाउने निर्णय गरेको हो। कर्मचारी र भूमाफियाको मिलेमतोमा अर्बौं रुपैयाँका सरकारी जग्गा हडपेर निजी संघ–संस्थाका नाममा राखेको आशंका राखेकाले रोकेको बताइएको छ ।

संघसंस्थालगायतको स्वामित्वका अचल सम्पत्ति बेचबिखनमा अनुमति दिइने छैन। यसका लागि प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिइने छ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?