यसकारण फेरिए प्रधानमन्त्री ओलीका प्रमुख सुरक्षा गार्ड

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २०, २०७५
|
|
२० पटक हेरिएको
Shares
यसकारण फेरिए प्रधानमन्त्री ओलीका प्रमुख सुरक्षा गार्ड

सारांश

  • काठमाडौं,  २० साउन।
  •  प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सुरक्षा गार्ड फेरिएका छन् ।
  • प्रधानमन्त्रीको सुरक्षा गार्डका रुपमा रहेका प्रहरी नायव उपरीक्षक (डिएसपी) सानुराम भट्टराई प्रहरी उपरीक्षक (एसपी) मा बढुवा भएपछि नयाँ बडिगार्ड खटिएका हुन् ।

काठमाडौं,  २० साउन। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सुरक्षा गार्ड फेरिएका छन् । प्रधानमन्त्रीको सुरक्षा गार्डका रुपमा रहेका प्रहरी नायव उपरीक्षक (डिएसपी) सानुराम भट्टराई प्रहरी उपरीक्षक (एसपी) मा बढुवा भएपछि नयाँ बडिगार्ड खटिएका हुन् ।

अब प्रधानमन्त्रीको सुरक्षा डिएसपी राजन लिम्बुले गर्नेछन् । डिएसपी लिम्बु यसअघि प्रहरी प्रधान कार्यालय नक्सालमा रहेको सुरक्षा निर्देशनालयमा कार्यरत थिए। यसअघिका सुरक्षागार्ड डिएसपी भट्टराई एसपीमा बढुवा भई केन्द्रीय अनुसन्धान व्यूरोमा सरुवा भएका छन् । लिम्बु यसअघि तत्कालीन सभामुख सुवास नेम्वाङको सुरक्षामा खटिएका थिए। प्रधानमन्त्री ओलीको सुरक्षाका लागि डिएसपीको नेतृत्वमा १० जना प्रहरी खटिएका छन् ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Puskar Awasthi

    काम छैन यो गफाडी को

    Comment Author

    Janardan Kc

    Oli danger

    Comment Author

    Manish Kumar Dhungel

    सुरक्षाको दृष्टिकोणले यो पोष्ट दण्डनिय छ – चाडँक्य ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?