धनुषा र पाँचथरमा छुट्टाछुट्टै दुर्घटनामा ८ को ज्यान गयो
सारांश
- काठमाडौं, १३ माघ – धनुषा कमलापुल नजिकै बा ९ च ३३१४ नम्बरको टाटासुमो अनियन्त्रित भई दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ ।
- धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ८ कमलापुल नजिकै राति साढे २ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ ।
- दुर्घटनामा ज्यान जानेमा संखुवासभा धर्मदेवी नगरपालिका ९ का २२ वर्षे छत्रबहादुर जिमी, मोरङग बिराटनगर महानगरपालिका ४ का ४५ बर्षिया सारदा रेग्मी, मोरङग लेटाङगका ४० बर्षका खेम कुमार रानामगर, मोरङगै ३२ बर्षिय प्रह्लाद न्योपाने, खोटाङ निर्मलीडाँडाका २७ बर्षे ज्ञानबहादुर चौहान र पांचथरकी ३१ बर्षकी प्रनिता राई रहेको महानगरी ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।
काठमाडौं, १३ माघ – धनुषा कमलापुल नजिकै बा ९ च ३३१४ नम्बरको टाटासुमो अनियन्त्रित भई दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ८ कमलापुल नजिकै राति साढे २ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ज्यान जानेमा संखुवासभा धर्मदेवी नगरपालिका ९ का २२ वर्षे छत्रबहादुर जिमी, मोरङग बिराटनगर महानगरपालिका ४ का ४५ बर्षिया सारदा रेग्मी, मोरङग लेटाङगका ४० बर्षका खेम कुमार रानामगर, मोरङगै ३२ बर्षिय प्रह्लाद न्योपाने, खोटाङ निर्मलीडाँडाका २७ बर्षे ज्ञानबहादुर चौहान र पांचथरकी ३१ बर्षकी प्रनिता राई रहेको महानगरी ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ । सुमोमा सवार सामान्य घाइते भएका ५ जनाको स्थानीय अस्पतालमा उपचार भईरहेको छ ।
त्यसैगरी, पाँचथरको याङवरक गाउपालिका ३ मा गएराति पौने ११ बजे ग १ ज ६० ८५ नम्बरको जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै ज्यान गएको छ । दुर्घटनामा जिपमा सवार ६ जना यात्रु घाइते भएका छन् ।
पाँचथरकै याङवरक गाउपालिका ३ का १९ वर्षे प्रवेश योङया र १६ वर्षे सन्दीप योङयाको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । घाइते भएका जिपमा सवार ६ जनालाई उपचारको लागि झापा पठाईएको स्थानीय प्रहरीले जनाएको छ ।
प्रतिक्रिया