यसरी खुल्यो पेट्रोलियम पाइपलाइन फुटाएर योजनावद्ध तरिकाले डिजेल चोरी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ २, २०७७
|
|
४१ पटक हेरिएको
Shares
यसरी खुल्यो पेट्रोलियम पाइपलाइन फुटाएर योजनावद्ध तरिकाले डिजेल चोरी

सारांश

  • यो यस्तो चोरी हो जसले ठुलो दुर्घटना नै निम्त्याउन सक्थ्यो ।
  • तर, बेलैमा पत्ता लागेर ठुलो दुर्घटना टरेको छ ।
  • प्रज्वलनशील पद्धार्थ डिजेल आयात हुँदै आएको नेपाल(भारत पेट्रोलियम पाइपलाइन फुटाएर योजनावद्ध तरिकाले चोरी भइरहेको पत्ता लागेको हो ।

यो यस्तो चोरी हो जसले ठुलो दुर्घटना नै निम्त्याउन सक्थ्यो । तर, बेलैमा पत्ता लागेर ठुलो दुर्घटना टरेको छ । प्रज्वलनशील पद्धार्थ डिजेल आयात हुँदै आएको नेपाल(भारत पेट्रोलियम पाइपलाइन फुटाएर योजनावद्ध तरिकाले चोरी भइरहेको पत्ता लागेको हो ।

भारतको विहारस्थित सिवान नवीगंज खण्डको डुमरा गाउँ नजिकको पाइपलाइनमा प्वाल पारेर चोरी भइरहेको खुलेको हो । यो चोरी पत्ता लाग्दा इन्डियन आयल कर्पोरेशन लिमिटेडका अधिकारीहरुको नै होश उडेको नवभारत टाइम्सले लेखेको छ । पाइपलाइनमा चोरले फोडेर अर्को सानो पाइप जोडेको भेटिएको छ । यो योजनावद्ध तरिकाले गरिएको चोरी पत्ता लागेको छ । सानो पाइपमा ठाउँ ठाउँमा लक राखिएको देखिन्छ ।

खेतमा डिजेल बग्न थालेपछि पाइपलाइन फुटाएर डिजेल चोरी भइरहेको खुलेको हो । अहिलेसम्म हजारौं लिटर डिजेल चोरी भएको जनाइएको छ । नवभारत टाइम्सले विहारमा यस किसिमको चोरीको घटना पहिलो भएको जनाएको छ । यसबाट करोडौंको नोक्शान भएको अनुमान गरिएको छ ।

पाइपलाइन पटनाबाट सिवान हुँदै मोतीहारीको मार्गबाट बाराको अमलेखगञ्जसम्म बिछ्याइएको छ । यसबाट डिजेल आयात गरिन्छ । १० सेप्टेम्बर २०१९ मा प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा पाइपलाइन उद्घाटन गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लटरम्बेश्वर महादेव मन्दिर धार्मिक पर्यटनको रुपमा विकास हुँदै !
लटरम्बेश्वर महादेव मन्दिर धार्मिक पर्यटनको रुपमा विकास हुँदै !
एकताको एक साता नबित्दै नेकपामा आन्तरिक विवाद, ओली हावी भएपछि असन्तुष्टि !
एकताको एक साता नबित्दै नेकपामा आन्तरिक विवाद, ओली हावी भएपछि असन्तुष्टि !
साउन २० गते सोमबारको राशिफल यस्तो छ
इस्लाम धर्मावलम्बीहरुले बकर इद पर्व मनाउँदै, आज सार्वजनिक बिदा
इस्लाम धर्मावलम्बीहरुले बकर इद पर्व मनाउँदै, आज सार्वजनिक बिदा
‘देउवाको क्रियाकलापले उहाँको कार्यक्षमतामै प्रश्नचिह्न खडा’
‘देउवाको क्रियाकलापले उहाँको कार्यक्षमतामै प्रश्नचिह्न खडा’
ब्याकअप इण्डियाको नारा लगाउने अनेरास्ववियूका नेता तथा कार्यकर्ता भारतीय दुतावास अगाडि पक्राउ
ब्याकअप इण्डियाको नारा लगाउने अनेरास्ववियूका नेता तथा कार्यकर्ता भारतीय दुतावास अगाडि पक्राउ
काभा वुमन्स नेसन्स भलिबल: इरानसँग नेपाल पराजित
काभा वुमन्स नेसन्स भलिबल: इरानसँग नेपाल पराजित
कामका लागि विदेसिएका १३ हजार नेपालीले गुमाए ज्यान
कामका लागि विदेसिएका १३ हजार नेपालीले गुमाए ज्यान
ब्राजिलको रात्रि क्लबमा गोली चल्दा तीन जनाको मृत्यु
ब्राजिलको रात्रि क्लबमा गोली चल्दा तीन जनाको मृत्यु
तिहार जेलमा २२ जनवरी विहान ७ बजे झुण्ड्याइनेछन् चार ‘बलात्कारी’
तिहार जेलमा २२ जनवरी विहान ७ बजे झुण्ड्याइनेछन् चार ‘बलात्कारी’