‘देउवाको क्रियाकलापले उहाँको कार्यक्षमतामै प्रश्नचिह्न खडा’

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ १७, २०७५
|
|
३५ पटक हेरिएको
Shares
‘देउवाको क्रियाकलापले उहाँको कार्यक्षमतामै प्रश्नचिह्न खडा’

सारांश

  • नेपाली कांग्रेसका महामन्त्री डा.
  • शशांक कोइरालाले चार वर्षपछि हुने निर्वाचनमा पहिलो पार्टी हुनेगरी कांग्रेसले काम गर्ने स्पष्ट पारेका छन् ।
  • बुधबार भरतपुर विमानस्थलमा रासससँग कुरा गर्दै महामन्त्री कोइरालाले भने,‘आगामी महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्व चाहिने कि नचाहिने भन्ने बहस सुरु भएको छ ।

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले चार वर्षपछि हुने निर्वाचनमा पहिलो पार्टी हुनेगरी कांग्रेसले काम गर्ने स्पष्ट पारेका छन् ।

बुधबार भरतपुर विमानस्थलमा रासससँग कुरा गर्दै महामन्त्री कोइरालाले भने,‘आगामी महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्व चाहिने कि नचाहिने भन्ने बहस सुरु भएको छ । ’

पार्टी सभापतिको क्रियाकलापले उनको कार्यक्षमतामै प्रश्नचिह्न खडा भएको पनि महामन्त्री कोइरालाले बताए । जिल्लाका नेता–कार्यकर्ताको सल्लाह र सुझावअनुसार आगामी महाधिवेशनमा अघि बढ्ने उनले बताए ।

अर्को प्रसंगमा  महामन्त्री कोइरालाले स्ववियु निर्वाचनको मिति सार्न माग गरेका छन् । नेविसंघभित्रको विवाद र नेतृत्वको टुंगो नलागिसकेको भन्दै फागुन १४ गतेको स्ववियु निर्वाचनको मिति सार्नुपर्ने माग गरेका हुन् ।

‘नेविसंघमा तदर्थ समिति बनाउने कि अर्को समिति बनाएर अधिवेशन गर्ने, त्यसमा हामी छलफल गर्दैछौं’–महामन्त्री कोइरालाले भने–‘त्यस कारण स्ववियु निर्वाचनको मिति सार्न माग गरेका छौं ।’ यही महिना बस्ने पार्टीको केन्द्रीय समितिको बैठकले नेविसंघको विवाद टुंग्याउने उनले बताए ।

कोइरालाले सरकारले हरेक काममा हस्तक्षेप गरेर एकलौटी ढंगले अघि बढ्न खोजेका कारण सरकारविरुद्ध विरोधका कार्यक्रम आयोजना गरिएको बताए । उनले सरकारका गतिविधि जनतालाई सुसूचित गराउन माघ २१ गते जनखबरदारी कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

सरकारले एक वर्षको अवधिमा कुनै ठोस योजना दिन नसकेको भन्दै कोइरालाले सरकारले रेल र पानीजहाजका कुरा गरेपनि जनताको जीविकामा परिवर्तन हुन नसकेको बताए । पार्टीको क्रियाशील सदस्यता वितरण गर्न कांग्रेस गाउँ–गाउँमा जाने महामन्त्री कोइरालाले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतमा कोरोना संक्रमण : २४ घण्टामा १० हजारभन्दा बढी संक्रमित थपिए
भारतमा कोरोना संक्रमण : २४ घण्टामा १० हजारभन्दा बढी संक्रमित थपिए
माइनस पाँच डिग्री तापक्रममा मतपेटिका कुर्दै दलका कार्यकर्ता
माइनस पाँच डिग्री तापक्रममा मतपेटिका कुर्दै दलका कार्यकर्ता
माेदी स्वदेश फर्केपछि एमालेद्वारा भारतीय सांसदको निन्दा !
माेदी स्वदेश फर्केपछि एमालेद्वारा भारतीय सांसदको निन्दा !
वाग्मती सफाइ महाअभियानको २८१ औँ हप्ता: उपत्यकाबाट २५ मेट्रिक टन फोहर व्यवस्थापन
वाग्मती सफाइ महाअभियानको २८१ औँ हप्ता: उपत्यकाबाट २५ मेट्रिक टन फोहर व्यवस्थापन
डा बाबुराम भट्टराईकाे याे कस्ताे राज माेह !
डा बाबुराम भट्टराईकाे याे कस्ताे राज माेह !
चट्याङ र करेन्ट लागेर २ जनाको मृत्यु
चट्याङ र करेन्ट लागेर २ जनाको मृत्यु
पेट्रोलको भाउ १८० रुपैयाँ, एलपी ग्यासको मूल्य २०० रुपैयाँले बढ्यो
पेट्रोलको भाउ १८० रुपैयाँ, एलपी ग्यासको मूल्य २०० रुपैयाँले बढ्यो
अरुकसैको कथालाई न्याय गरेर पर्दामा उतार्न सक्नुनै कलाकारिता हो:श्रद्धा
अरुकसैको कथालाई न्याय गरेर पर्दामा उतार्न सक्नुनै कलाकारिता हो:श्रद्धा
तिब्बत जान लागेका एक सय १० नेपाली महिलालाई फिर्ता गरियो
तिब्बत जान लागेका एक सय १० नेपाली महिलालाई फिर्ता गरियो
चिनियाँ विदेशमन्त्री वाङद्वारा देउवा र प्रचण्डसँग छुट्टाछुट्टै भेट
चिनियाँ विदेशमन्त्री वाङद्वारा देउवा र प्रचण्डसँग छुट्टाछुट्टै भेट

तपाईंले छुटाउनुभयो कि?