रघुगङ्गा गाउँपालिकामा काँग्रेसका भण्डारी विजयी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ४, २०७४
|
|
६६३ पटक हेरिएको
Shares
रघुगङ्गा गाउँपालिकामा काँग्रेसका भण्डारी विजयी

सारांश

  • बेनी (म्याग्दी), ४ जेठ ।
  • आज बिहान ५ बजे सार्वजनिक गरिएको परिणामअनुसार म्याग्दीको रघुगङ्गा गाउँपालिकामा नेपाली काँग्रेसका भवबहादुर भण्डारी चार हजार ४३४ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
  • भण्डारीका प्रतिस्पर्धी नेकपा एमाले–नेकपा माओवादी (केन्द्र) संयुक्त गठबन्धनका खिमबहादुर शाहीले दुई हजार ७३० मत प्राप्त गर्नुभएको रघुगङ्गा गाउँपालिकाका निर्वाचन अधिकृत विश्वामित्र कुइँकेलले जानकारी दिनुभएको छ ।

बेनी (म्याग्दी), ४ जेठ । आज बिहान ५ बजे सार्वजनिक गरिएको परिणामअनुसार म्याग्दीको रघुगङ्गा गाउँपालिकामा नेपाली काँग्रेसका भवबहादुर भण्डारी चार हजार ४३४ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

भण्डारीका प्रतिस्पर्धी नेकपा एमाले–नेकपा माओवादी (केन्द्र) संयुक्त गठबन्धनका खिमबहादुर शाहीले दुई हजार ७३० मत प्राप्त गर्नुभएको रघुगङ्गा गाउँपालिकाका निर्वाचन अधिकृत विश्वामित्र कुइँकेलले जानकारी दिनुभएको छ । शाही नेकपा (एमाले) का हुनुहुन्छ ।

त्यसैगरी, उपाध्यक्षमा पनि नेपाली काँग्रेसकै कमला तिलिजाले तीन हजार ८४७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी एमाले–माओवादी केन्द्रका हरि भण्डारीले दुई हजार ६६२ मत प्राप्त गर्नुभएको छ । भण्डारी नेकपा (माओवादी केन्द्र)का हुनुहुन्छ ।

आठवटा वडा रहेको रघुगङ्गा गाउँपालिकाका सातवटा वडामा नेपाली काँग्रेस र एक वडामा माओवादी केन्द्रले विजय हासिल गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भाडामा बस्नेले विद्युत् महसुल छुट पाउँछन्: : ऊर्जामन्त्री पुन (अन्तर्वार्ता)
भाडामा बस्नेले विद्युत् महसुल छुट पाउँछन्: : ऊर्जामन्त्री पुन (अन्तर्वार्ता)
बजेट बनाउनु पूर्व विज्ञ सम्मेलन
बजेट बनाउनु पूर्व विज्ञ सम्मेलन
रेशम चौधरीकाे बचाउमा बाेले महताे ‘आरोप लाग्दैमा कोही अपराधी हुँदैन ।’
रेशम चौधरीकाे बचाउमा बाेले महताे ‘आरोप लाग्दैमा कोही अपराधी हुँदैन ।’
राजीनामा पछि पून मन्त्री बन्दै डा. खतिवडा
राजीनामा पछि पून मन्त्री बन्दै डा. खतिवडा
सरकारलाई मानवअधिकार आयोगको सिफारिस
सरकारलाई मानवअधिकार आयोगको सिफारिस
आज आइतबार, कस्तो छ तपाईंको राशिफल?
आज आइतबार, कस्तो छ तपाईंको राशिफल?
कुलमानलाई मन्त्री गुरुङको चेतावनीः मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्ने कुरा क्षम्य हुँदैन
कुलमानलाई मन्त्री गुरुङको चेतावनीः मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्ने कुरा क्षम्य हुँदैन
गठबन्धनबाट जसपालाई कुनै फाइदा भएको छैन, एक्लै लडेको भए बरु धेरै सिट जित्थ्योः राजकिशोर यादव
गठबन्धनबाट जसपालाई कुनै फाइदा भएको छैन, एक्लै लडेको भए बरु धेरै सिट जित्थ्योः राजकिशोर यादव
उपराष्ट्रपति पुनद्वारा सर्वश्री आनी भिमसुवा गुरुङ सम्मानित
उपराष्ट्रपति पुनद्वारा सर्वश्री आनी भिमसुवा गुरुङ सम्मानित
चाणक्यका नीति अनुसार यी ३ प्रकारका मानिससँग सधै होसियार हुनुपर्छ
चाणक्यका नीति अनुसार यी ३ प्रकारका मानिससँग सधै होसियार हुनुपर्छ

तपाईंले छुटाउनुभयो कि?