यसरी छुट्टिए जन्मिदै जोडिएका जुम्ल्याहा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष २५, २०७४
|
|
२२ पटक हेरिएको
Shares
यसरी छुट्टिए जन्मिदै जोडिएका जुम्ल्याहा

सारांश

  • प्यालेष्टाइनको गाजा क्षेत्रमा कम्मर र त्यसभन्दा तलको भाग जोडिएको अवस्थामा जन्मिएका जुम्ल्याहा बच्चाको शरिर अलग्याउन गरिएको सल्यक्रिया सफल भएको छ ।
  • असाध्यै खतरनाक मानिएको उक्त सल्यक्रिया ९ चरणमा गरिएको थियो ।
  • साउदी अरबको राजधानी रियादमा रहेको किङ अब्दुल्लाह बाल अस्पतालमा दुई जिउ भएको तर कम्मरको भागदेखि जोडिएको दुई जुम्ल्याहा बच्चालाई छुट्याइएको डाक्टरहरुले बताएका हुन् ।

प्यालेष्टाइनको गाजा क्षेत्रमा कम्मर र त्यसभन्दा तलको भाग जोडिएको अवस्थामा जन्मिएका जुम्ल्याहा बच्चाको शरिर अलग्याउन गरिएको सल्यक्रिया सफल भएको छ । असाध्यै खतरनाक मानिएको उक्त सल्यक्रिया ९ चरणमा गरिएको थियो । साउदी अरबको राजधानी रियादमा रहेको किङ अब्दुल्लाह बाल अस्पतालमा दुई जिउ भएको तर कम्मरको भागदेखि जोडिएको दुई जुम्ल्याहा बच्चालाई छुट्याइएको डाक्टरहरुले बताएका हुन् । उनीहरु फारह र हानीन नाम गरेका दुई छोरीहरु रहेको जनाइएको छ ।

उनीहरुको मुटु र फोक्सो दुई वटा भए पनि खुट्टा भने जोडिएको अवस्थामा थिए । डाक्टरले उनीहरुलाई प्यालेष्टाइनको गाजामा नराख्न चेतावनी दिएपछि तिनीहरुलाई उनीहरुका बुवाले साउदी अरब ल्याएका थिए । साउदीको समचार संस्थाले पनि उनीहरुको सफल शल्यक्रिया भएको जनाएको छ । उक्त समाचार संस्थाले ती बच्चाको आन्द्रा, कलेजो र नाइटोदेखि तलको हड्डी जोडिएको र ९ चरणको शल्यक्रियाबाट उनीहरुको शल्यक्रिया सफल भएको बताएको छ । ती जुम्लाहालाई प्यालेष्टाइनको गाजाबाट जोर्डन लगेपछि थप उपचारको लागि गएको डिसेम्बरमा साउदी अरेविया ल्याइएको साउदीका समाचार संस्थाहरुलाई उद्धत गर्दै बीबीसीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?