विप्लव समूहको मजदुर संगठनका अध्यक्षसहित तीन नेता पक्राउ
सारांश
- काठमाडौं, २० पुस ।
- नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तीन नेतालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।
- महानगरीय प्रहरी अपराध महाशाखाले व्यवसायीलाई धम्क्याएर चन्दा माग गरेको आरोपमा तीन नेतालाई थापाथलीबाट पक्राउ गरेको हो।
काठमाडौं, २० पुस । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तीन नेतालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।
महानगरीय प्रहरी अपराध महाशाखाले व्यवसायीलाई धम्क्याएर चन्दा माग गरेको आरोपमा तीन नेतालाई थापाथलीबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेमा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको हाइड्रो तथा खानी मजदुर संगठनका केन्द्रीय अध्यक्ष लोकेन्द्रराज थापा, महासचिव केशवबहादुर बुढा र उपाध्यक्ष विकास थापा छन्। उनीहरुलाई व्यापारीलाई धम्क्याएर चन्दा माग गरेपछि पक्राउ गरिएको महाशाखाले जनाएको छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया