यसरी भयो समुद्र रक्ताम्मे !

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ३, २०७५
|
|
३३ पटक हेरिएको
Shares
यसरी भयो समुद्र रक्ताम्मे !

सारांश

  • काठमाडौँ, ३ भदौ ।
  • स्कटल्याण्ड देखि करिब ३२० किलोमीटर उत्तरमा रहेको फरो आइल्याण्डको समुद्रि किनारको पानी रक्ताम्मे देखिएको छ ।
  • समुद्रमा ह्वेल माछा मारिएकाले पुरै समुद्र नै रातो हुन पुगेको हो ।

काठमाडौँ, ३ भदौ । स्कटल्याण्ड देखि करिब ३२० किलोमीटर उत्तरमा रहेको फरो आइल्याण्डको समुद्रि किनारको पानी रक्ताम्मे देखिएको छ । समुद्रमा ह्वेल माछा मारिएकाले पुरै समुद्र नै रातो हुन पुगेको हो ।  ह्वेलको ठूलो समूह किनारमा जम्मा भएको बेला उनीहरुमाथि हमला गरिएको अनुमान लागाइएको छ । पशु अधिकार कर्मीले यसको घोर निन्दा गरेका छन् । तर फरो आइल्याण्डमा भने यो कार्य गैरकानुनि होइन ।

फरो आइल्याण्ड सरकारका अनुसार यो तस्वीर गएको महिनाको हो । जहाँ दर्जनौँ माछा मरिरहेका छन् । मेरेका ति माछालाई पाइलट ह्वेलको नामले चिनिन्छ । उक्त माछा फरो आइल्याण्डमा मुख्य भोजनका रुपमा प्रयोग गरिन्छ । यसको मासु र बोसो स्वास्थ्यका लागि निकै लाभदाएक हुने यहाँका मानिसहरु विस्वास गर्छन् ।

रगतले रातै भएको उक्त तस्वीरको सामाजिक सञ्जालमा पनि निकै विरोध भैरहेको छ । बेलायतको एक प्रकृति संरक्षण समूह ब्लु प्लानेट सोसाइटिले फरो आइल्याण्डलाई अराजक राष्ट्रको संज्ञा दिएको छ ।

मात्र ५० हजारको आवादी रहेको यस देशमा हरेक वर्ष सयौँको संख्यामा ह्वेल माछा मार्ने गरिन्छ ।

(www.biolighttechnologies.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?