फिल्डमा म्यादीः मधेस प्रदेशमा धेरै, काठमाडौंमा कम

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख १७, २०७९
|
|
४६ पटक हेरिएको
Shares
फिल्डमा म्यादीः मधेस प्रदेशमा धेरै, काठमाडौंमा कम

सारांश

  • काठमाडौं ।
  • सरकारले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको सुरक्षाका लागि भर्ना गरिएका म्यादी प्रहरीलाई सुरक्षा संवेदनशिलताका आधारमा फिल्डमा खटाएको छ ।
  • प्रहरी प्रधान कार्यालयले मतदानस्थलको संवेदनशीलताका आधारमा संख्या बाँडफाँट गरेर ७ प्रदेश र उपत्यकामा फरक–फरक संख्यामा म्यादी प्रहरी परिचालन गरेको हो ।

काठमाडौं । सरकारले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको सुरक्षाका लागि भर्ना गरिएका म्यादी प्रहरीलाई सुरक्षा संवेदनशिलताका आधारमा फिल्डमा खटाएको छ ।
प्रहरी प्रधान कार्यालयले मतदानस्थलको संवेदनशीलताका आधारमा संख्या बाँडफाँट गरेर ७ प्रदेश र उपत्यकामा फरक–फरक संख्यामा म्यादी प्रहरी परिचालन गरेको हो । सरकारले स्थानीय तह निर्वाचनका लागि १ लाख म्यादी प्रहरी भर्ना गरेको थियो ।
सात प्रदेश र काठमाडौं उपत्यकाका तीन जिल्लालाई फरकफरक संख्या बाँडफाँट गरेर स्थानीय तह निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरीलाई फिल्डमा खटाइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विष्णुकुमार केसीले जानकारी दिए ।
सबैभन्दा बढी म्यादी प्रहरी मधेस प्रदेशका आठ जिल्लामा खटाइएको छ । सो प्रदेशमा २१ हजार म्यादी खटाइएको छ ।
यसैगरी, सबैभन्दा कम संख्यामा काठमाडौं उपत्यकाका तीन जिल्लामा म्यादी प्रहरी परिचालन गरिएको छ । काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा ४ हजार ७ सय ११ जना म्यादी प्रहरी खटाइएको हो । निर्वाचनमा सुरक्षा संवेदनशीलताको विश्लेषण गरेर संख्या निर्धारण गरी सुरक्षाकर्मी परिचालन गरिएको छ ।
यसैगरी, प्रदेश १ का १४ जिल्लामा १७ हजार ४ सय २१ जना खटाइएको छ भने बाग्मती प्रदेशका काठमाडौं उपत्यकाबाहेकका १० जिल्लामा १२ हजार १ सय ८६ जना खटाइएको छ ।
यस्तै, गण्डकी प्रदेशका ११ जिल्लामा १० हजार ९ सय ३३, लुम्बिनीमा १२ जिल्लामा १५ हजार ८ सय २८ जना, कर्णाली प्रदेशका १० जिल्लामा १० हजार ७ सय ५३ जना र सुदूरपश्चिमका नौ जिल्लामा १० हजार १ सय ६१ जना म्यादी प्रहरी परिचालन गरिएको छ । सबै गरी ७७ जिल्लामा ९९ हजार ९ सय ९३ जना म्यादी प्रहरी स्थानीय तह निर्वाचन सुरक्षाका लागि खटाइएको हो । म्यादी प्रहरी ४० दिनका लागि परिचालन हुने बताइएको छ ।
म्यादीमा भर्ना हुनका लागि २ लाख ९३ हजार ३ सय १४ जनाले आवेदन दिएका थिए । आवेदन दिनेमध्येबाट ९९ हजार ९ सय ९३ जना छनोट गरेर तालिम दिइएको प्रहरी प्रवक्ता केसीले जानकारी दिए ।
म्यादी प्रहरीलाई गत २७ चैतमा नियुक्तिपत्र दिएको थियो । उनीहरूलाई स्थानीय तह निर्वाचन पूरा भएको ७ दिनपछिसम्म परिचालन गर्ने प्रहरीको योजना छ ।
म्यादी प्रहरीमा भर्ना हुन २ हजार ५ सय ४८ जना पूर्वसैनिकले समेत आवेदन दिएका थिए । आवेदन बुझाउनेमा ११ जना पूर्वमहिला सैनिक छन् । पूर्वप्रहरीबाट १६ महिलासहित एक हजार ४४७ जना र सशस्त्र प्रहरीबाट अवकाश लिएका ४ सय ९५ जनाले पनि म्यादीमा भर्ना हुन आवेदन दिएका थिए ।[image: miyadi.jpg]

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश नं ७ प्रदेशसभाको बैठक स्थगन, अर्काे बैठक भदाै ६ गते हुने !
प्रदेश नं ७ प्रदेशसभाको बैठक स्थगन, अर्काे बैठक भदाै ६ गते हुने !
आकासेपुल भत्किदाँ छ जनाको मृत्यु
आकासेपुल भत्किदाँ छ जनाको मृत्यु
गाउँपालिका, नगरपालिकामा बढ्यो अनियमितता, सुस्तायो अख्तियार
गाउँपालिका, नगरपालिकामा बढ्यो अनियमितता, सुस्तायो अख्तियार
आज ४०३ कोरोना संक्रमित थप
आज ४०३ कोरोना संक्रमित थप
प्रचण्डकी नातिनी स्मिता दाहाल अब देश विकासमा (हेर्नुहोस् भिडियो)
प्रचण्डकी नातिनी स्मिता दाहाल अब देश विकासमा (हेर्नुहोस् भिडियो)
मनसुन सक्रिय भएसँगै मुलुकभर उच्च सतर्कता: तीन दिन भारी वर्षा र आकस्मिक बाढीको जोखिम
मनसुन सक्रिय भएसँगै मुलुकभर उच्च सतर्कता: तीन दिन भारी वर्षा र आकस्मिक बाढीको जोखिम
आगलागीमा ६ वटा घर जलेर नष्ट
आगलागीमा ६ वटा घर जलेर नष्ट
सुयर्माराज राई नेपाली काँग्रेस प्रदेश १ का सचेतक नियुक्त
सुयर्माराज राई नेपाली काँग्रेस प्रदेश १ का सचेतक नियुक्त
दाल उद्योगको कर्तुत : नयाँ मिति राखेर रि–प्याकिङ्ग गरेको २० लाखको चना र ओख्खर नष्ट
दाल उद्योगको कर्तुत : नयाँ मिति राखेर रि–प्याकिङ्ग गरेको २० लाखको चना र ओख्खर नष्ट
भारतबाट फर्केपछि प्रधानमन्त्री ओलीले भने, ‘तस्बिर आफैं बोल्छ, मैले थप केही भन्नु पर्दैन’
भारतबाट फर्केपछि प्रधानमन्त्री ओलीले भने, ‘तस्बिर आफैं बोल्छ, मैले थप केही भन्नु पर्दैन’