यसरी यौनशोषण गरे राजपा केन्द्रीय सदस्यले युवती कर्मचारीलाई !

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र ११, २०७४
|
|
४६ पटक हेरिएको
Shares
यसरी यौनशोषण गरे राजपा केन्द्रीय सदस्यले युवती कर्मचारीलाई !

सारांश

  • जनकपुर,११  चैत्र,   धनुषाको बनिनियाँ हेल्थपोष्टमा कार्यरत युवती निसाकुमारी झाले राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रीय सदस्य रमन सिंहमाथि यौन शोषण र रकम लिएको आरोप लगाउँदै जिल्ला प्रशासन कार्यालय धनुषामा उजुरी दायर गरेकी छिन् ।
  •   युवतीले उजुरीमा उल्लेख गरेअनुसार सिंहले आफूलाई राजपा नेपालका केन्द्रीय सदस्य र केयर सोसाइटी अफ नेपालको अध्यक्ष भनि परिचय दिएका र सम्बन्ध बढाएका थिए।
  • ती युवती घरपायक सरुवा नपाएर छटपटिएकी थाहा पाएपछि सिंहले, “सरुवा गराउनु कुनै ठूलो कुरो होइन ।

जनकपुर,११  चैत्र,   धनुषाको बनिनियाँ हेल्थपोष्टमा कार्यरत युवती निसाकुमारी झाले राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रीय सदस्य रमन सिंहमाथि यौन शोषण र रकम लिएको आरोप लगाउँदै जिल्ला प्रशासन कार्यालय धनुषामा उजुरी दायर गरेकी छिन् ।  युवतीले उजुरीमा उल्लेख गरेअनुसार सिंहले आफूलाई राजपा नेपालका केन्द्रीय सदस्य र केयर सोसाइटी अफ नेपालको अध्यक्ष भनि परिचय दिएका र सम्बन्ध बढाएका थिए।

ती युवती घरपायक सरुवा नपाएर छटपटिएकी थाहा पाएपछि सिंहले, “सरुवा गराउनु कुनै ठूलो कुरो होइन । राजेन्द्र महतोसँग मेरो अत्यन्तै नजिकका हुन् । मैले भनेपछि उनले गराइदिन्छन्” भनेर प्रभावित गरेको उजुरीमा उल्लेख छ। आफूलाई काठमाडौं ल्याएको र राजेन्द्र महतोको निवासमा तीन पटक लगेर भेट गराएको पनि उजुरीमा खुलाएकी छिन् । सरुवा गराउन खर्च लाग्ने भनेकोले आफूसँग भएको भएभरको रकम रु १ लाख ३७ हजार सुम्पेको पनि उजुरीमै लेखेकी छिन्।

पुस २५ गतेदेखि माघ ४ गतेसम्म काठमाडौको गौशालास्थित रोज स्टार लज होटलमा राखेको र परिवन्धमा पारी पटक–पटक यौन शोषण गरेको किटानी गरेकी छिन्। काठमाडौंबाट फर्कंदा पनि बर्दिवासको नवोबुध्द होटलको २०५ नम्बर रुममा, जनकपुर आइपुगेर वेलकम होटलमा र जयनगर गएका बखत जयनगरको राजस्थान होटलमा राखेर अनेकौं प्रपञ्च रची यौनशोषण गरेको ब्यहोरा खुलाएकी छिन् ।  रकम लिएको र यौनशोषण गरेको कुरो कसैलाइ भन्योभने खैरियत छैन भनेर धम्क्याएको पनि उजुरीमै बताएकी छिन्। उक्त उजुरीलाइ जिल्ला प्रशासन कार्यालय, धनुषाले मिति चैत्र ८ गते  दर्ता-नम्बर ६१५३ मा दर्ता गरेको छ।

साँघुन्यूज बाट!

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Gunand Chaudhary

    निसा कुमारी झा मन थियोे हो

    Comment Author

    Kc Ganesh

    जब दुख्न आग्यो अनि बलत्कार ,तेति पहिला देखि के हेरेर बसेकी ,

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Manab Sewa Ashram, Baglung rescues 54 from street
झाँक्रीलाई राष्ट्रपतिकी छोरी उषाकिरणको प्रश्न :  ‘तपाईं उहाँको सारीमा प्रश्न उठाउने को हो ?’
झाँक्रीलाई राष्ट्रपतिकी छोरी उषाकिरणको प्रश्न : ‘तपाईं उहाँको सारीमा प्रश्न उठाउने को हो ?’
आमाको हत्या गरेपछि बाबु जेलमा, बच्चा को बिचल्ली
आमाको हत्या गरेपछि बाबु जेलमा, बच्चा को बिचल्ली
विमानस्थलमा बम राखेको ‘थ्रेट’ दिनेको खोजी तिब्र
विमानस्थलमा बम राखेको ‘थ्रेट’ दिनेको खोजी तिब्र
सरकारले आफैंले बनाएको मापदण्ड विपरीत अस्थायी मुकाम र प्रमुख ताेकिए !
सरकारले आफैंले बनाएको मापदण्ड विपरीत अस्थायी मुकाम र प्रमुख ताेकिए !
विसं २०७२ वैशाख १२ गते क्षतिग्रस्त भक्तपुर दरबारको अवलोकन गर्दै पर्यटक
विसं २०७२ वैशाख १२ गते क्षतिग्रस्त भक्तपुर दरबारको अवलोकन गर्दै पर्यटक
प्रचण्डका नातिनीहरुको रुची यस्तो छ
प्रचण्डका नातिनीहरुको रुची यस्तो छ
पाँच वर्षभित्र खाद्यान्न निर्यात गरिने वाम गठबन्धनको प्रतिबद्धता
पाँच वर्षभित्र खाद्यान्न निर्यात गरिने वाम गठबन्धनको प्रतिबद्धता
रास्वपा सभापति रवि लामिछानेको तिहार हिरासतमै !
रास्वपा सभापति रवि लामिछानेको तिहार हिरासतमै !
रोहिङ्ग्या विरुद्धको दुव्र्यवहार छानबिन गर्न म्यान्मार अनिच्छुकः संयुक्त राष्ट्रसंघ
रोहिङ्ग्या विरुद्धको दुव्र्यवहार छानबिन गर्न म्यान्मार अनिच्छुकः संयुक्त राष्ट्रसंघ