भारतमा रेल दुर्घटना चारको मृत्यु, कयौँ घाइते

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन २५, २०८०
|
|
१८ पटक हेरिएको
Shares
भारतमा रेल दुर्घटना चारको मृत्यु, कयौँ घाइते

सारांश

  • काठमाडौं ।
  • भारतको पूर्वी राज्य बिहारमा यात्रुवाहक रेल दुर्घटना हुँदा कम्तीमा चार जनाको मृत्यु हनुका साथै कयाँ घाइते भएको अधिकारीहरूले बिहीबार बताएका छन् ।
  • बिहारको राजधानी पटनादेखि ९६ किलोमिटर पश्चिममा रहेको बक्सर जिल्लाको रघुनाथ रेल्वे स्टेशनमा बुधबार राति दुर्घटना भएको हो ।

काठमाडौं । भारतको पूर्वी राज्य बिहारमा यात्रुवाहक रेल दुर्घटना हुँदा कम्तीमा चार जनाको मृत्यु हनुका साथै कयाँ घाइते भएको अधिकारीहरूले बिहीबार बताएका छन् । बिहारको राजधानी पटनादेखि ९६ किलोमिटर पश्चिममा रहेको बक्सर जिल्लाको रघुनाथ रेल्वे स्टेशनमा बुधबार राति दुर्घटना भएको हो ।

स्थानीय सञ्चार माध्यामहरूले अधिकारीहरुलाई उद्धृत गर्दै दिल्लीबाट आसामको गुवाहाटी जाँदै गरेको उक्त रेल दुर्घटनामा ८० जनाभन्दा बढी घाइते भएको बताएका छन् । दुर्घटनाको कारण भने अझै पनि थाहा हुन नसकेको अधिकारीहरूले बताएका छन् ।

रेल दुर्घटनाले भएको अपूरणीय क्षतिप्रति समवेदना प्रकट गर्दै सङ्घीय रेलमन्त्री अश्विनी वैष्णवले दुर्घटनाको कारण पत्ता लगाइने बताए । उनका अनुसार दुर्घटनाको भारतीय अनुसन्धान एजेन्सी कन्द्रीय अनसुन्धान ब्युरोले जाँच समेत गरिहेको छ ।

यसै वर्षको जुनमा भारतको उडिसामा इतिहासकै ठूलो रेल दुुर्घटना हुँदा दुई सय ९५ यात्रुको मृत्यु भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?