यस्ताे छ चीनको आर्थिक प्रगति !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २९, २०७५
|
|
२६ पटक हेरिएको
Shares

सारांश

  • बेइजिङ, २९ साउन ।
  • पछिल्लो पटक मङ्गलबार सार्वजनिक गरिएको तथ्याङ्कले चीनको अर्थतन्त्रमा अझ कमजोरी आएको सङ्केत देखा परेको छ ।
  • विवरण अनुसार, आर्थिक वर्षको पहिलो साता महिनामा लगानी सबैभन्दा न्यून बिन्दुमा झरेको छ भने सामानको बिक्रीमा कमी आएको छ ।

बेइजिङ, २९ साउन । पछिल्लो पटक मङ्गलबार सार्वजनिक गरिएको तथ्याङ्कले चीनको अर्थतन्त्रमा अझ कमजोरी आएको सङ्केत देखा परेको छ । विवरण अनुसार, आर्थिक वर्षको पहिलो साता महिनामा लगानी सबैभन्दा न्यून बिन्दुमा झरेको छ भने सामानको बिक्रीमा कमी आएको छ । बेइजिङ सामुन्ने सन्तुलन कायम गर्नुपर्ने परिस्थिति छ, वृद्धिका साधनहरुलाई लगानी र निर्यातमा मात्र केन्द्रित गर्नुको साटो वैयक्तिक उपभोगमा पनि लगाउनुपर्ने अवस्था छ । चीनका अघिल्तिर ऋणको पहाडसँग जुध्नुपर्ने चुनौती पनि उत्तिकै छ ।

अमेरिकासँगको व्यापारिक विवादले समस्यामाथि समस्या थपेको छ । केही हप्तादेखि चिनीया मुद्रा युआन र बजार दुबै खस्किएका छन् । अमेरिकासँगको तनाबले निर्यातकर्तालाई राहत दिएपनि चिनीया उपभोक्ता मारमा परेका छन् । अमेरिकाले ३४ अर्ब डलरको चिनीया सामानमा गरेको करबृद्धि र त्यससँगै चीनले प्रतिशोधस्वरुप अमेरिकी सामानमाथि गरेको करबृद्धि जुलाईको सुरुदेखि प्रयोगमा आइसकेको छ । करबृद्धिका अरु थप घोषणा आगामी हप्ता पनि चालू रहने अनुमान गर्न थालिएको छ । चीनको तथ्याङ्क ब्यूरो (एनबीए का प्रवक्ता लिऊ आइहूले भनिन्, “यो द्वन्द्वको असर चीनमाथि कति पर्ला भन्ने अहिल्यै भन्न कठिन छ ।” गत साता जारी व्यापार तथ्याङ्कले जुलाईमा चिनीया निर्यातमा वृद्धि नभएको देखाएको छ ।

“नकारात्मक असरहरु विस्तारै देखिएलान्, अन्तर्राष्ट्रिय अर्थतन्त्र र विश्व अर्थतन्त्रमा परेका असर प्रकट हुन थालिसकेका छन्,” लिउले बताइन् । एनबीएसका अनुसार, कारखाना र वर्कसपको उपार्जन जुन महिनाकै दाँजोमा जुलाईमा ६।० प्रतिशतले वृद्धि भयो, तर यो तथ्याँक ब्लुमबर्ग न्यूजले गरेको प्रक्षेपणमा देखाइएको ६।३ प्रतिशत भन्दा केही कम हो । घरेलु उपभोगको मुख्य मापक खुद्रा बिक्रीमा जुलाईमा ८।८ प्रतिशतले वृद्धि भएको छ, तर यो जुनमा रहेको ९ प्रतिशतभन्दा कम हो । खुद्रा बिक्रीको लक्ष्य भने ९।१ प्रतिशत रहने अनुमान गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?