कात्तिकमै हुम्लामा हिमपात, तापक्रम माइनसमा झर्याे !

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक १८, २०७५
|
|
४४ पटक हेरिएको
Shares
कात्तिकमै हुम्लामा हिमपात, तापक्रम माइनसमा झर्याे !

सारांश

  • हुम्ला, १८ कात्तिक ।
  • हिमाली जिल्ला हुम्लामा अाइतबार बिहानबाट हिमपात सुरु भएको छ ।
  • गएका वर्षहरूमा पुस महीनाबाट हिमपात शुरु हुने गर्दथ्यो भने यो वर्ष कात्तिकमै हिमपात हुन थालेको छ ।

हुम्ला, १८ कात्तिक । हिमाली जिल्ला हुम्लामा अाइतबार बिहानबाट हिमपात सुरु भएको छ । गएका वर्षहरूमा पुस महीनाबाट हिमपात शुरु हुने गर्दथ्यो भने यो वर्ष कात्तिकमै हिमपात हुन थालेको छ ।
आइतबार बिहानबाट शुरु भएको हिमपात यो वर्षको पहिलो पटकको हिमपात हो ।

हिमपातसँगै हुम्लामा चिसो बढ्दै गएको छ भने तापक्रम माइनसमा झरेको छ । शनिबार दिउँसोबाट आकाशलाई बादलले ढाकेको थियो भने आइतबार बिहान ७ बजेबाट हुम्लामा हिमपात हुनथालेको हो। यो वर्ष कात्तिकमा परेको हिमपातले बालीनाली घर नभित्र्याएका कारण किसान चिन्तित बनेका छन् । कात्तिकमा परेको हिमपातले फलफूलमा समेत असर पुग्ने भएको सिमकोट निवासी कमल भण्डारीले बताए । आइतबार सिमकोटको तापक्रम माइनस ६ डिग्रीमा झरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?