उन्नाइस डिआइजीको सरुवा–कसलाई कहाँ ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ १, २०७६
|
|
१५ पटक हेरिएको
Shares
उन्नाइस डिआइजीको सरुवा–कसलाई कहाँ ?

सारांश

  • काठमाडौं ।
  • सरकारले १९ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरेको छ ।
  • गृहमन्त्रालयको शुक्रबार बसेको मन्त्रिस्तरीय निर्णय गर्दै १९ जना डिआइजीको सरुवा गरेको प्रहरी प्रधान कार्यालयका मानवस्रोत तथा प्रशासन विभागका प्रहरी उपरीक्षक चन्द्रकुमार खापुङले जानकारी दिए ।

काठमाडौं । सरकारले १९ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरेको छ । गृहमन्त्रालयको शुक्रबार बसेको मन्त्रिस्तरीय निर्णय गर्दै १९ जना डिआइजीको सरुवा गरेको प्रहरी प्रधान कार्यालयका मानवस्रोत तथा प्रशासन विभागका प्रहरी उपरीक्षक चन्द्रकुमार खापुङले जानकारी दिए ।

उनका अनुसार प्रहरी प्रधान कार्यालय विशेष ब्यूरो नक्सालमा रहेका कमलबहादुर जिटीलाई अख्यितार अनुसन्धान आयोग केन्द्रीय कार्यालय प्रहरी महाशाखा टङ्गालमा, केदार रिजाललाई १ नं प्रदेश प्रहरी विराटनगरबाट प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय नक्सालमा, ठाकुरप्रसाद ज्ञावलीलाई अख्तियारबाट नं १ प्रदेश प्रहरी कार्यालय विराटनगरमा सरुवा गरिएको छ ।

तारणीप्रसाद लम्साललाई प्रहरी प्रधान कार्यालयको सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय नक्सालबाट सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल, दानसिंह बोहरालाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराबाट राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा, दीपककुमार थापालाई ३ नं प्रदेश प्रहरी कार्यालय हेटौँडाबाट प्रधान कार्यालय राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालय नक्सालमा, पीताम्बर अधिकारीलाई ५ नं प्रदेश प्रहरी कार्यालय दाङबाट प्रहरी प्रधान कार्यालय महिला तथा बालबालिका सेवा निर्देशनालय नक्सालमा, पूर्णचन्द्र जोशीलाई राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालय नक्सालबाट कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा सरुवा गरिएको छ ।

प्रद्युम्नकुमार कार्कीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जबाट २ नं प्रदेश प्रहरी कार्यालय जनकपुरमा, विनोद शर्मा घिमिरेलाई प्रहरी महानिरीक्षकको सचिवालय नक्सालबाट गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा, विश्वराज पोखरेललाई अन्वेषण योजना तथा विकास निर्देशनालय नक्सालबाट प्रहरी महानिरीक्षकको सचिवालय नक्सालमा र महेन्द्रकुमार पोखरेललाई जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुर चितवनबाट प्रहरी प्रधान कार्यालय वृत्तिविकास निर्देशनालय नक्सालमा सरुवा गरिएको छ ।

महेशविक्रम शाहलाई कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरबारमा, शेरबहादुर बस्नेतलाई महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालय गौचरबाट ३ नं प्रदेश प्रहरी कार्यालय हेटौँडा, सुरज केसीलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलबाट प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय नक्साल र सुरेशविक्रम शाहलाई वृत्तिविकास निर्देशनालय नक्सालबाट ५ नं प्रदेश प्र्रहरी कार्यालय दाङमा सरुवा गरिएको छ ।

सूर्यप्रसाद उपाध्यायलाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयबाट महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालय गौचर, हरिबहादुर पाललाई २ नं प्रदेश प्रहरी कार्यालय जनकपुरबाट प्रहरी प्रधान कार्यालय विशेष ब्युरो नक्सालमा र हरिभक्त प्रजापतिलाई प्रहरी प्रधान कार्यालय महिला तथा बालबालिका सेवा निर्देशनालय नक्सालबाट जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुर चितवनमा सरुवा गरिएको छ ।

(https://www.sweetfixbaker.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रवि लामिछानेलाई पक्राउ गर्न प्रहरी टोली परिचालित
रवि लामिछानेलाई पक्राउ गर्न प्रहरी टोली परिचालित
निर्वाचनमा टिकट एक व्यक्तिले पाउने हो, नपाउनेले हराउन लाग्नु त भएन नि:  शेरबहादुर देउवा
निर्वाचनमा टिकट एक व्यक्तिले पाउने हो, नपाउनेले हराउन लाग्नु त भएन नि: शेरबहादुर देउवा
धेरै फराकिलो मतान्तरले मैले चुनाव जित्दैछु : जगत बहादुर तामाङ
धेरै फराकिलो मतान्तरले मैले चुनाव जित्दैछु : जगत बहादुर तामाङ
बुद्ध एयरको जहाजमा मुसा देखिएपछि……
बुद्ध एयरको जहाजमा मुसा देखिएपछि……
गुणस्तरीय शिक्षामा समान अवसर र लाभको सुनिश्चितता जरुरीः प्रधानमन्त्री
गुणस्तरीय शिक्षामा समान अवसर र लाभको सुनिश्चितता जरुरीः प्रधानमन्त्री
रविन्द्र मिश्रले देखे सरकारमा अधिनायकवादको संकेत
रविन्द्र मिश्रले देखे सरकारमा अधिनायकवादको संकेत
सशस्त्र र नेपाल प्रहरीका आईजीपीले लगाए दर्ज्यानी चिह्न
सशस्त्र र नेपाल प्रहरीका आईजीपीले लगाए दर्ज्यानी चिह्न
चितुवाको आक्रमणबाट अर्घाखाँचीमा १५ जनाकाे मृत्यु
चितुवाको आक्रमणबाट अर्घाखाँचीमा १५ जनाकाे मृत्यु
प्रहरी जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षकसम्म दुई हजार २६५ प्रहरी कारवाहीमा !
प्रहरी जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षकसम्म दुई हजार २६५ प्रहरी कारवाहीमा !
योजनाबद्ध विकास नगरे गन्तव्यमा पुग्न नसकिने : प्रधानमन्त्री ओली
योजनाबद्ध विकास नगरे गन्तव्यमा पुग्न नसकिने : प्रधानमन्त्री ओली

तपाईंले छुटाउनुभयो कि?