यस्तो छ चितवन प्रहरीको चाडपर्व लक्ष्यित सुरक्षा योजना

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन १९, २०७५
|
|
३३ पटक हेरिएको
Shares
यस्तो छ चितवन प्रहरीको चाडपर्व लक्ष्यित सुरक्षा योजना

सारांश

  • काठमाडौं, १९ असोज ।
  • जिल्ला प्रहरी कार्यालय चितवनले आफ्नो चाडपर्व लक्ष्यित सुरक्षा योजना सार्वजनिक गरेको छ ।
  • नागरिकले भयरहित वातावरणमा हर्षोल्लासका साथ चाडपर्व मनाउने वातावरण होस् भनेर जिल्ला प्रहरी कार्यालय चितवनले बृहत् सुरक्षा योजना सार्वजनिक गरेको हो ।

काठमाडौं, १९ असोज । जिल्ला प्रहरी कार्यालय चितवनले आफ्नो चाडपर्व लक्ष्यित सुरक्षा योजना सार्वजनिक गरेको छ । नागरिकले भयरहित वातावरणमा हर्षोल्लासका साथ चाडपर्व मनाउने वातावरण होस् भनेर जिल्ला प्रहरी कार्यालय चितवनले बृहत् सुरक्षा योजना सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालले अपराधिक मनोवृत्तिका व्याक्तिहरुद्धारा चाडपर्वको अवसर पारी विभिन्न किसिमका घटनाहरु घटाउन सक्ने हुँदा त्यस्ता क्रियाकलापहरुको रोकथाम गर्न सुरक्षा योजना ल्याएको जानकारी दिए । जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको सुरक्षा योजनाअनुसार राजमार्गको सुरक्षा सवारीसाधनबाट मोबाइल मौवाखोलादेखि लोथरसम्म र भित्री सडकमा समेत १४ वटा प्रहरी कार्यालयबाट ५६ जना प्रहरी परिचालित हुनेछन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले जिल्लाभर विभिन्न चोकमा पिकेट ड्युटीको लागि २६ वटा प्रहरी कार्यालयबाट ३ र ४ जनाको दरले ९१ जना प्रहरी परिचालित गर्नेछ । पटका र विष्फोटक पदार्थ नियन्त्रणको लागि ८ प्रहरी कार्यालयबाट ४८ जना प्रहरी खटिँदै छन् । जुवातास, लंगुरबुर्जा र कौडालाई नियन्त्रण गर्नको लागि पाँच वटा प्रहरी कार्यालयबाट ५ जनाको दरले ४२ जना परिचालित हुनेछन् । बैँक तथा वित्तीय संस्था र सुनचाँदी पसल लुटपाट हुन नदिन ११ वटा प्रहरी कार्यालयबाट ५५ प्रहरी खटिने छन् ।

जिल्ला प्रहरी कार्यालयबाट जम्मा ४५६ जना प्रहरी चितवनका नागरिकको सुरक्षामा खटिने प्रहरीले सार्वजनिक गरेको सुरक्षा योजनामा उल्लेख गरिएको छ ।

यस्तो छ पूरा विवरण

 

वडा दशै , दिपावली र छठ पर्वको लागि तयार गरिएको सुरक्षा योजना :-

योजनाको उद्देश्य :-

  • भय रहित बातावरणमा हर्षोल्लासका साथ चाड पर्व मनाउने वाताबरण सृजना गर्न ।
  • अपराधिक मनोवृतिका व्याक्तिहरुद्धरा चाडपर्वको अवसर पारी विभिन्न किसिमका घटनाहरु घटाउन सक्ने हुँदा त्यस्ता क्रियाकलापहरुको रोकथाम गर्न ।
  • लोकमार्गहरुमा सवारी साधन तथा यात्रुहरुको अत्याधिक चाप भई सवारी दुर्घटना हुन सक्ने हुदा त्यसको रोकथाम गरी जनधनको क्षति हुन बाट जोगाउन ।
  • यस कार्यालय तथा मातहत कार्यालयको वडा ईलाकामा मुख्य – मुख्य प्रवेश नाका तथा चेक प्वाईन्टहरुबाट कुनै किसिमको अवैध चिज वस्तु भित्रिन तथा ओसार पसार रोक्न ।
  • मठ,मन्दिर लगायत अन्य धर्मिक स्थानहरुमा सहज वातावरणमा पुजा आजा गर्न गराउन ।
  • चाडपर्वको अवसरमा हुन सक्ने ठगी ,जुवातास ,लुटपाट,चोरी ,डकैति ,गुण्डागर्दी नियन्त्रण गर्न ।
  • अत्यावश्यक वस्तुहरुको निर्वाध आपुर्ति गर्न गुणस्तरहिन दैनिक उपभोग्य सामाग्री विक्रि वितरण कृत्रिम अभाव तथा कालोबजारी जस्ता कार्य नियन्त्रण गर्न ।
  • लोकमार्गमा चल्ने सवारी साधनहरुमा लुटपाट ,चोरी ,डकैति नियन्त्रण गर्न ।
  • चाडपर्वको अवसरमा यात्रुहरुको चाप अत्याधिक हुने हुदा यात्रु वाहक सवारी साधनहरुलाई चेक जाच तथा अनुगमन गरी सहज रुपमा यात्रा गर्न गराउन ।
  • वैक तथा वित्तिय संस्था ,सुन,चादी पसल, वजार ईलाकामा अझ बढि सुरक्षाको प्रत्याभुति दिन  ।
  • शान्ति सुरक्षा सु-व्याबस्था कायम गरी भय रहित वातावरण सिर्जना गर्न ।
  • राजमार्गको Life Line सुचारु राख्न ।
  • आम नागरिकमा प्रहरीको सहभागितामा वृद्धि गरी सुरक्षाको प्रत्याभुती दिन ।

२.  परिचालनको अवधारणा  :-

  • राजमार्गमा चल्ने सवारी साधनहरुलाई आ–आफ्नो जिम्मेवार क्षेत्रमा आवश्यकता अनुसार स्कटिङ र चेकजाच गर्ने
  • सादा पोशाक लगायत अन्य डिउटीले बैँक तथा वित्तिय संघ संस्था, बढी आर्थिक कारोवार हुने स्थानहरुमा अनुगमन गर्ने ।
  • चोरी, लुटपाट जस्ता घट्ना घट्न नदिन जिल्लामा QRT टोली २४ सै घण्टा परिचालन गर्ने तथा मातहत ईकाइले समेत बढी कारोवार हुने स्थान तथा बैँक र वित्तिय संस्थाको कारोवारको समयमा सुरक्षा व्यवस्थाको अनुगमन गर्ने ।
  • यात्रुहरुका समस्या तथा काउन्टरबाट प्रदान गरिने सेवा लाई व्यवस्थीत र पारदर्शी गराउने उद्देश्यले भ.म.न.पा. ९ केन्द्रिय वसपार्क, भ.म.न.पा. १ पुल्चोकमा र पोखरा बसपार्कमा यातयात व्यवसायिको प्रतिनिधि समेत रहने गरी Help Desk को स्थापना गरि कार्यन्वयन गर्ने ।
  • दिवा तथा रात्रीकालीन सवारीलाई सुरक्षित गन्तव्य सम्म पु-याउने ।
  • टिकट काउन्टरहरुको मनिटरिङ्ग गर्ने, कुनै घट्ना घटेको वा हुन सक्ने अवस्थामा सृजना हुन पुगेको अवस्थामा तत्काल QRT परिचालन गर्ने र आकस्मिक चेकजाँच समेतको व्यवस्था गर्ने ।
  • ट्राफिक प्रहरी सहितको सयुक्त रुपमा सवारी साधन चेकजाँच गर्ने ।

 

३.रणनिति:-

  • महानगरपालिका,नगरपालिका,गाँउपालिकाको प्रमुख (मेयर) को अध्यक्षतामा,अन्य स्थानिय निकाय ,राजनैतिक दल, पत्रकार,वुद्धिजिवी समाज सेवी वर्ग लगायतका व्यक्तिहरुसंग सम्पर्क गरी यस कार्यालय तथा मातहतको वडा एरियाको भरपर्दो शान्ति सुरक्षा व्याबस्था मिलाउन सुरक्षा समितिको वैठक वाट छलफल गरी निर्णय गराउने ।
  • चाडपर्वको समयमा हुन सक्ने ठगी, जुवातास, झै-झगडा,लुटपाट,चोरी डकैती, गुण्डागर्दिलाई नियन्त्रण तथा निरुत्साहित पार्न सादा पोशाकमा प्रहरी परिचालन गरि खबर संकलनको व्याबस्था मिलाउने ।
  • मठ,मन्दिर लगायत अन्य धर्मिक स्थलहरुमा सहज वातावरणमा पुजाआज गर्न गराउन मठ मन्दिर व्यवस्थापन समितीसंग समन्वय गरि महिला प्रहरी समेत परिचालन गरी शा.सु.को भरपर्दो व्यावस्था मिलाउने ।
  • लोकमार्गमा हुन सक्ने दुर्घटना चक्काजाम ,बन्दलाई मध्यनजर गर्दै निर्वाध रुपमा सवारी संचालन गर्न सम्पुर्ण प्र.क हरुलाई चुस्ता दुरुस्त राखिने ।
  • विशिष्ट व्याक्तिको सुरक्षा तथा अत्यावश्यक चिजवस्तुहरुको ढुवानिको लागी स्कटिङको व्यवस्था मिलाईने ।
  • यस ईलाकाको प्रवेश नाका तथा मुख्य-मुख्य चेक प्वाईन्टहरुमा चेकजाँचको व्यावस्था मिलाईएको ।
  • विगतका वर्षमा लोकमार्गमा सवारी साधनहरुमा यात्रुहरुको अत्याधिक चाप हुन गई सवारी दुर्घटना हुने गरेकोले सो नियन्त्रणको लागी ट्राफिक प्रहरी संग समन्वय गरी सुरक्षित यात्राको निम्ति जनचेतना कार्यक्रम संचालन गर्ने तथा डिउटी व्यवस्थापन गर्न ।
  • यस कार्यालय तथा मातहतका बजार ईलाकामा थप पिकेट ड्युटी तथा निरन्तर गस्ती पट्रोलिङको व्यावस्था मिलाईएको
  • राजमार्गमा सार्वजनिक यातायातका सवारी साधनहरुलाई सुरक्षा प्रदान गर्न रातको समयमा बस तथा ट्रकहरुमा समेत

प्रहरी परिचालन गरी गस्ती गरिने ।

  • चाड पर्वको बेलामा राजमार्ग लगायत बिभिन्न स्थानमा संचालन गरिने सास्कृतिक एवं अन्य कार्यक्रमहरु व्यवस्थित गर्ने ।

४. सुरक्षा योजनाबाट अपेक्षीत उपलव्धिहरु :-

  • चाडपर्व भय रहित ढंगबाट मनाउने वातावरण सृर्जना हुने ।
  • सवरी दुर्घटनामा न्युनिकरण भई जनधनको क्षतिमा कमि आउने ।
  • अपराधिक मनोवृतिका मानिसहरुको मनोवल गिर्न गई अपराधिक घटनामा ह्रास एव कमी आउने ।
  • चाडपर्वको समयमा ठगी ,लुटपाट,चोरी,डकैती ,गुण्डागर्दी तथा झै-झगडा जस्ता कृयाकलापमा कमि आउने ।
  • गुणस्तरहिन दैनिक उपभोग्य सामानको वेचबिखन एवं कालो बजारी जस्ता कार्य नियन्त्रण हुने ।
  • लोक मार्गमा चल्ने सवारी साधनहरुमा हुने चोरि ,डकैती,लुटपाट ,एवं ठगी जस्ता कार्यमा कमि आउने ।
  • मठ मन्दिर तथा धार्मिक स्थलहरुमा सहज रुपमा पुजा आजा गर्ने बातावरण श्रृजना हुने ।
  • चाड पर्वको समयमा हुने जुवा तास तथा मादक पदार्थ सेवन गरी हुने झै-झगडा जस्ता कार्यमा कमि आउन ।
  • आर्थिक कारोवार हुने स्थानहरु तथा बित्तिय संस्थाहरु सुरक्षित रहने ।
  • कुनै तवरको घटना घटेमा त्यसको सफल तथा शिघ्र अनुसन्धानमा सहयोग पुग्ने ।

 

प्रहरी जनशक्ति परिचालित व्यवस्थापन:-

सिं.न प्रहरी इकाईको नाम जम्मा खटिने प्रहरी संख्या
राजमार्गको  सुरक्षा सवारी साधनबाट मोबाईल मौवाखोला देखी लोथर सम्म र भित्री  सडकमा समेत १४ वटा प्रहरी कार्यालयबाट परिचालित हुने ५६
जिल्ला भर बिभिन्नन चोकमा पिकेट डियूटीको लागि २६ वटा प्रहरी कार्यालयबाट  ३ र ४जनाको दरले परिचालित हुने ९१
पटका र विष्फोटक पदार्थ नियन्त्रणको लागी ८ वटा  प्रहरी कार्यालयबाट ४८
जुवातास,लंगुर बुर्जा र कौडालाई नियन्त्रण  गर्नको लागी ५ वटा  प्रहरी कार्यालयबाट ५ जनाको दरले परिचालित हुने । ४२
वैँकतथा वित्तिय संस्थार सुनचादी पसल लुटपाट हुन नदिन  ११ वटा  प्रहरी कार्यालयबाट २ /३ जनाको दरले परिचालित हुने । ५५
अवैध मदिरा उत्पादन बिक्री वितरण नियन्त्रण तथा चेकजाँच ४ वटा  प्रहरी कार्यालयबाट  परिचालित हुने । २३
आगोलागीका तथा बिपद घट्ना  नियन्त्रण ३ वटा  प्रहरी कार्यालयबाट परिचालित हुने । ५५
QRT  बिभिन्न स्थानहरुमा चेकजाँचको लागी २७ वटा प्रहरी कार्यालयमा रही कार्य गर्ने गरि परचालित हुने ६१
पैदल गस्ती  चोरी, झैझगडा ,समाजमा हुने विकृतीलाई नियन्त्रण गर्न ८ वटा प्रहरी कार्यालयबाट परिचालित हुने २५
जम्मा ४५६ जना

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ