यस्तो छ वाम गठबन्धनको अबको रणनीति
सारांश
- काठमाडौं, माघ १५ ।
- बाम गठबन्धनले राष्ट्रियसभा सदस्य निर्वाचनमा बढी सिट जित्ने रणनीति बनाएको छ ।
- सोमबार सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बसेको बैठकले राष्ट्रियसभा सदस्य निर्वाचनमा अध्याधिक उम्मेदवारलाई बिजयी बनाउन अन्य दलहरुसँगको छलफललाई अघि बढाउने निर्णय गरेको हो ।
काठमाडौं, माघ १५ । बाम गठबन्धनले राष्ट्रियसभा सदस्य निर्वाचनमा बढी सिट जित्ने रणनीति बनाएको छ । सोमबार सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बसेको बैठकले राष्ट्रियसभा सदस्य निर्वाचनमा अध्याधिक उम्मेदवारलाई बिजयी बनाउन अन्य दलहरुसँगको छलफललाई अघि बढाउने निर्णय गरेको हो ।
विशेष गरेर प्रदेश नम्बर ३ लगायत केही प्रदेशका कमजोर उम्मेदवारलाई विजयी बनाउनका लागि अन्य दलसँगको मत तान्ने रणनीतिमा बामगठबन्धन लागेको हो ।
बैठकमा कार्यदलले दिएको सुझावका आधारमा जित निश्चित भएका उम्मेदवार बाहेक जोखिम र कमजोर उम्मेदवारलाई जिताउनका लागि अन्य दलसँग छलफल गर्ने निर्णय भएको कार्यदलका संयोजक सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।
बामगठबन्धन वा नेपाली कांग्रेसको उम्मेदवारको जितमा अन्य दलसँग रहेको मतको महत्वपूर्ण भुमिका रहेकाले त्यो मत हासिल गर्ने प्रयासमा दलिय छलफल अघि बढाउने निर्णय बैठकले गरेको उनले जानकारी दिए ।
बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेताहरु नारायणकाजी श्रेष्ठ, राम बहादुर थापा तथा एमाले नेताहरु माधवकुमार नेपाल र नेम्वाङ सहभागी थिए। राष्ट्रियसभा सदस्यको निर्वाचन यही माघ २४ गते हुँदैछ ।
प्रतिक्रिया