रौतहटमा बुथ कब्जा गर्न खोजेपछि झडप
सारांश
- रौतहट ।
- रौतहटको मौलापुर नगरपालिका ३ स्थित गम्हरीया प्राविमा रहेको मतदान स्थलमा झडप भएको छ।
- झडपपछि करिव आधा घण्टा मतदान स्थगित भएको थियो ।
रौतहट । रौतहटको मौलापुर नगरपालिका ३ स्थित गम्हरीया प्राविमा रहेको मतदान स्थलमा झडप भएको छ। झडपपछि करिव आधा घण्टा मतदान स्थगित भएको थियो ।
माओवादी कार्यकता र अन्य दलका कार्यकर्ताबीच झडप भएको हो । मतदान सुरु भइरहेको समयमा माओवादी कार्यकर्ताले बुथ कब्जा गर्ने प्रयास गरेपछि झडप भएको बताइएको छ ।
दुवै तर्फका ४ जना भन्दा बढी घाइते भएका छन् । बिहान दश बजे झडप भएको हो । झडपपछि आधा घण्टाजति मतदान प्रकृया रोकिएको थियो ।
झडप नियन्त्रण गर्न प्रहरीले एक राउण्ड हवाइफायर गरेको छ । अहिले मतदान सुचारु रहेको मोलापपुर नगरपालिकाका मतदान अघिकृत बिरेन्द्र कुमार केसीले जानकारी दिएका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया