यस्तो छ विश्वको पहिलो फोल्ड गर्न मिल्ने फोन, फोल्ड गरेर दुबै भागको स्क्रीन प्रयोग गर्न सकिने !!!

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक १६, २०७५
|
|
२८ पटक हेरिएको
Shares
यस्तो छ विश्वको पहिलो फोल्ड गर्न मिल्ने फोन, फोल्ड गरेर दुबै भागको स्क्रीन प्रयोग गर्न सकिने !!!

सारांश

  • काठमाडौँ ।
  • पछिल्ला निकै दिनहरुदेखि फोल्ड गर्न मिल्ने फोन आउने चर्चा भएपनि अझसम्म त्यस्तो फोन आएको थिएन् ।
  • अझ सामसंग, ह्वावे, एलजीलगायतका कम्पनीहरुले फोल्ड गर्न सकिने फोन ल्याउने चर्चाका बिचमा पनि त्यस्तो फोन निर्माणको क्रममा नै रहेको जानकारी दिँदै आएका थिए ।

काठमाडौँ । पछिल्ला निकै दिनहरुदेखि फोल्ड गर्न मिल्ने फोन आउने चर्चा भएपनि अझसम्म त्यस्तो फोन आएको थिएन् । अझ सामसंग, ह्वावे, एलजीलगायतका कम्पनीहरुले फोल्ड गर्न सकिने फोन ल्याउने चर्चाका बिचमा पनि त्यस्तो फोन निर्माणको क्रममा नै रहेको जानकारी दिँदै आएका थिए ।   तर अहिले नामै नसुनिएको चिनियाँ कम्पनीले फोल्ड गर्न मिल्ने फोन बनाएर सार्वजनिक गरेको छ । चिनियाँ कम्पनी रोयोले टेक्नोलोजीले (Royole Technology) विश्वको पहिलो फोल्डेबल स्मार्टफोन लन्च गर्ने भएको छ ।

रोयू टेक्नोलोजीले ल्याउने सो फोनको नाम ‘फ्लेक्स पाई’ (FlexPai)भनिएको छ ।

यो स्मार्टफोन एउटा ट्याबलेटको जस्तो आकार र डिजाइनमा छ, जसलाई पूर्ण आकारमा अनफोल्ड गरेर हेर्दा ७.८ इन्चको डिस्प्ले प्रयोग गर्न सकिन्छ । यदि यो ट्याबलेटलाई फोल्ड गरेर प्रयोग गर्ने हो भने यसमा ४ इन्चको डिस्प्ले देख्न सकिन्छ ।

रोयू टेक्नोलोजीले यो फोनमा एमोलेड डिस्प्लेको प्रयोग गरेको छ भने यसलाई दोब्य्राएर समेत दुबै तर्फबाट प्रयोग गर्न सकिन्छ । यो स्मार्टफोन एन्ड्रोयडमा आधारित कस्टम भर्सनमा संचालन हुन्छ, जसलाई वाटर ओएस भनिएको छ ।

फोनमा फोटोको लागि ड्यूल क्यामरा सेटअप राखिएको छ, जसमा १६ प्लस २० मेगापिक्सेलको सेन्सर छ । यी क्यामराहरुलाई सेल्फी र भिडियोका लागि प्रयोग गर्न सकिन्छ ।

स्मार्टफोनमा क्वालकमको स्न्यापड्रागन ८१५० प्रोसेसर प्रयोग गरिएको छ भने ६ जीबी र्याम र १२८ जीबी आन्तरिक स्टोरेज हुनेछ । यो स्मार्टफोनमा फास्ट चार्जिंग टेक्नोलोजी र चार्ज प्रयोग गरिएको छ, जसले एक घण्टामा नै ८० प्रतिशत चार्ज गर्न सक्दछ । त्यसैगरि यसमा टाइप सी सपोर्ट पनि उपलब्ध छ ।

फोल्ड गर्न सकिने स्मार्टफोन हाल ग्राहकहरुका लागि समेत उपलब्ध हुने भएको छ । यो फोन डिसेम्बरमा उपलब्ध हुने र यसको मूल्य ८,९९९ यूआन तोकिएको रिपोर्टहरुमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनकपुरमा  माेदीकाे ४ अर्बकाे ‘सरप्रार्इज’ सम्भावना !
जनकपुरमा  माेदीकाे ४ अर्बकाे ‘सरप्रार्इज’ सम्भावना !
आँधी र बाढीका कारण भियतनाममा १० को मृत्यु, कैयौँ बेपत्ता
आँधी र बाढीका कारण भियतनाममा १० को मृत्यु, कैयौँ बेपत्ता
सेयर जारी गर्दै डिस होम
सेयर जारी गर्दै डिस होम
एकीकृत समाजवादी तत्काल सरकारमा नजाने
एकीकृत समाजवादी तत्काल सरकारमा नजाने
ओली गएको बेला भारतीय पत्रिकाले यस्तो लेखे …
ओली गएको बेला भारतीय पत्रिकाले यस्तो लेखे …
ओलीको ‘असंवैधानिक कदम’ विरुद्ध जुधेको नेता नै प्रधानमन्त्री बन्ने प्रचण्डको संकेत
ओलीको ‘असंवैधानिक कदम’ विरुद्ध जुधेको नेता नै प्रधानमन्त्री बन्ने प्रचण्डको संकेत
कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १०६, संक्रमित पाँच हजार पुग्दै
कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १०६, संक्रमित पाँच हजार पुग्दै
राष्ट्रपतिको निर्वाचनमा सुझबुझ तरिकाले निर्णय लिर्नुपर्छ : झलनाथ खनाल
राष्ट्रपतिको निर्वाचनमा सुझबुझ तरिकाले निर्णय लिर्नुपर्छ : झलनाथ खनाल
सुमार्गीको अवैध धनबारे छानबिन दोस्रो चरणमा पुग्यो, विदेशी संस्थासँग समन्वय गरेर अघि बढ्छौं : अर्थराज्यमन्त्री राणा
सुमार्गीको अवैध धनबारे छानबिन दोस्रो चरणमा पुग्यो, विदेशी संस्थासँग समन्वय गरेर अघि बढ्छौं : अर्थराज्यमन्त्री राणा
वृद्धवृद्धाको बिसाउनी थलो दिवा सेवा केन्द्र
वृद्धवृद्धाको बिसाउनी थलो दिवा सेवा केन्द्र

तपाईंले छुटाउनुभयो कि?