राष्ट्रपतिको निर्वाचनमा सुझबुझ तरिकाले निर्णय लिर्नुपर्छ : झलनाथ खनाल

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २, २०७९
|
|
२५ पटक हेरिएको
Shares
राष्ट्रपतिको निर्वाचनमा सुझबुझ तरिकाले निर्णय लिर्नुपर्छ : झलनाथ खनाल

सारांश

  • काठमाडौं ।
  • नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालले राष्ट्रपतिको निर्वाचनमा सबै राजनीतिक दलले सुझबुझ तरिकाले निर्णय लिनुपर्ने बताएका छन् ।
  • धनगढीमा आज समाजवादी प्रेस सङ्गठन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले उक्त धारणा राखे हो ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालले राष्ट्रपतिको निर्वाचनमा सबै राजनीतिक दलले सुझबुझ तरिकाले निर्णय लिनुपर्ने बताएका छन् । धनगढीमा आज समाजवादी प्रेस सङ्गठन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले उक्त धारणा राखे हो ।

“राष्ट्रपतिको निर्वाचन भनेको महत्वपूर्ण विषय हो । यसमा सबै राजनीतिक दलले सुझबुझ, दूरदर्शिता, संविधानको मर्म र भावनाका साथ राम्रो व्यक्तित्वलाई पदमा पुर्‍याउनुपर्छ”, उनले भने, “त्यसका लागि सबै पार्टीले राम्रोसँग समन्वयका साथ अघि बढ्नुपर्छ ।”

उनले राजनीतिक दलहरूबीच हुने सहमतिका आधारमा आवश्यक परेमा आफ्नो पार्टीले पनि राष्ट्रपतिमा उम्मेदवार उठाउने उल्लेख गरे । यस्तै, राष्ट्रपतिमा राजनीतिक मान्छे नै हुनुपर्ने र गैरराजनीतिक मान्छेलाई राष्ट्रपति बनाउँदा लोकतन्त्र नै समस्यामा पर्ने उनको बुझाइ रहेको छ । उनले अहिलेको एमाले नेतृत्वको सत्ता गठबन्धन भत्किएर नयाँ बन्ने सम्भावना नरहेको दाबी गरे । “अहिलेको गठबन्धन भत्किने र नयाँ बन्ने त्यस्तो केही सम्भावना देखिरहेको छैन”, उनले भने ।

(Zolpidem)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?