चिकित्सकको परामर्श शुल्क आजदेखि बढ्यो

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ १, २०८०
|
|
४८ पटक हेरिएको
Shares
चिकित्सकको परामर्श शुल्क आजदेखि बढ्यो

सारांश

  • काठमाडौँ ।
  • नेपाल चिकित्सक सङघ र एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) ले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श सेवा शुल्क बढाएको छ ।
  • सङ्घका महासचिव डा सञ्जीव तिवारीले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श शुल्क पहिलेको शुल्कमा १४ प्रतिशत बढाइएको जानकारी दिए ।

काठमाडौँ । नेपाल चिकित्सक सङघ र एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) ले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श सेवा शुल्क बढाएको छ । सङ्घका महासचिव डा सञ्जीव तिवारीले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श शुल्क पहिलेको शुल्कमा १४ प्रतिशत बढाइएको जानकारी दिए ।

सङ्घले चिकित्सको परामर्श शुल्क दुई वर्षपछि बढाएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तर्फबाट शुल्क पुनरावलोकन तथा निर्धारण नहुञ्जेलसम्मका लागि बहिरङ्ग सेवा शुल्क (ओपिडी)मा वैज्ञानिक तथा सरोकारवाला निकायको परामर्शको आधारमा शुल्क तोक्ने सकिने अख्तियारीलाई मुख्य आधार बनाएर नेपाल राष्ट्र बैंकको मुद्रास्फीति तथा शुल्क परामर्श समितिले सिफारिस गरेको आधारमा शुल्क बढाइएको उनले बताए ।

महासचिव तिवारीले चिकित्सकको नयाँ परामर्श शुल्क रू नौ सय ४० देखि रू चार सय २० सम्म तोकिएको बताए । नयाँ शुल्कअनुसार पाँच वर्षसम्म अनुभव भएका एमविविए तथा बिडिएस तहका चिकित्सकको शुल्क रू चार सय २० र पाँच वर्षभन्दामाथि अनुभव भएकाको रू पाँच सय १५ तोकिएको छ ।

यस्तै, अब पाँच वर्षसम्म अनुभव भएका डिप्लोमा तहका चिकित्सकको रू पाँच सय ९० र त्योभन्दा बढी छ भने रू छ सय ७० तथा पाँच वर्षसम्मको अनुभव भएका एमडी, एमएस, एमडिएस तहका चिकित्सकको रू सात सय ५० र पाँच वर्ष बढी अनुभव भएको रू आठ सय शुल्क तोकिएको छ ।

यस्तै पाँच वर्षसम्मको अनुभव भएका डिएम÷एमसीएच तहका चिकित्सकको रू आठ सय ८० तथा पाँच वर्षभन्दामाथि अनुभव भएका एमडी÷एमसीएच तहका चिकित्सकको रू नौ ४० र दस वर्ष भन्दामाथिको अनुभव भएका एमडी÷एमएस÷एमडिएसका चिकित्सकको रू नौ सय ४० शुल्क निर्धारण गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोना भाइरसका कारण थप एकजनाको मृत्यु
कोरोना भाइरसका कारण थप एकजनाको मृत्यु
एमाले संसदीय दलको बैठक अघि रणनीति तय गर्न माधव समूहको सांसदहरुको बैठक
एमाले संसदीय दलको बैठक अघि रणनीति तय गर्न माधव समूहको सांसदहरुको बैठक
उपचुनावपछि सरकारलाई समर्थन कायम राख्ने कि नराख्ने निर्णय गर्छौँः रवि लामिछाने
उपचुनावपछि सरकारलाई समर्थन कायम राख्ने कि नराख्ने निर्णय गर्छौँः रवि लामिछाने
चीनमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एकसय एकतीस
चीनमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एकसय एकतीस
संविधानलाई वाम गठबन्धनले समाप्त पार्न खाेज्दैछन – प्रधानमन्त्री शेरबहादुर देउवा
संविधानलाई वाम गठबन्धनले समाप्त पार्न खाेज्दैछन – प्रधानमन्त्री शेरबहादुर देउवा
सभामुख चयन गर्न बस्न लागेको सुदुरपश्चिम बैठक स्थगित
सभामुख चयन गर्न बस्न लागेको सुदुरपश्चिम बैठक स्थगित
लम्पी स्किनले भक्तपुरमा पाँच सय ८६ पशु मरे, चाँगुनारायण सबैभन्दा धेरै प्रभावित
लम्पी स्किनले भक्तपुरमा पाँच सय ८६ पशु मरे, चाँगुनारायण सबैभन्दा धेरै प्रभावित
निर्वाचनको सम्पूर्ण प्रक्रिया पूरा भएपछि सरकार छाड्छौँ : नेता सिंह
निर्वाचनको सम्पूर्ण प्रक्रिया पूरा भएपछि सरकार छाड्छौँ : नेता सिंह
नेकपा केन्द्रीय कमिटी बैठक बस्दै, यी हुन् छलफलका एजेण्डा
नेकपा केन्द्रीय कमिटी बैठक बस्दै, यी हुन् छलफलका एजेण्डा
तनहुँमा डेङ्गु सङ्क्रमित छ हजारभन्दा बढी पुगे
तनहुँमा डेङ्गु सङ्क्रमित छ हजारभन्दा बढी पुगे