विदेशीलाई भिसामा कडाइ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १०, २०७६
|
|
४९ पटक हेरिएको
Shares
विदेशीलाई भिसामा कडाइ

सारांश

  • काठमाडौं, १० पुस ।
  • गृह मन्त्रालयले साधारण राहदानीवाहक विदेशीलाई औपचारिक प्रवेशाज्ञा अफिसियल भिसा नदिन कन्सुलर सेवा विभागलाई पत्राचार गरेको छ।
  • जथाभावी रूपमा औपचारिक भिसा दिन थालेपछि मन्त्रालयले त्यसलाई रोक्न भनेको हो।

काठमाडौं, १० पुस । गृह मन्त्रालयले साधारण राहदानीवाहक विदेशीलाई औपचारिक प्रवेशाज्ञा अफिसियल भिसा नदिन कन्सुलर सेवा विभागलाई पत्राचार गरेको छ। जथाभावी रूपमा औपचारिक भिसा दिन थालेपछि मन्त्रालयले त्यसलाई रोक्न भनेको हो। गृहले मंसिर दोस्रो साता सचिवस्तरीय निर्णय गरी साधारण राहदानी भए औपचारिक भिसा नदिन विभागलाई भनेको हो। ‘विभागको सिफारिसका आधारमा साधारण राहदानीवाहक काम गर्ने पदाधिकारीलाई तथा तिनका आश्रित परिवारलाई पारस्परिकताका आधारमा निःशुल्क गैरपर्यटकीय भिसा र पारस्परिकताकै आधारमा शुल्क लिएर अध्यागमन विभागबाट गैरपर्यटकीय भिसा जारी गर्ने’, पत्रमा भनिएको छ।

विभागले विभिन्न परियोजनामा काम गर्ने विदेशी र उनीहरूका आश्रित परिवारलाई पनि औपचारिक भिसा दिएको भेटिएको थियो। मन्त्रालयको पत्राचारपछि विभागले साधारण राहदानीवाहक विदेशीलाई औपचारिक भिसा दिन बन्द गरेको छ। विभागका महानिर्देशक डोरनाथ अर्यालले साधारण राहदानीवाहक विदेशीलाई भिसा दिने प्रक्रिया रोकिएको बताए। ‘गृह र परराष्ट्र मन्त्रालयबीच पटक–पटकको छलफलपछि भिसा दिने प्रक्रियालाई सहज बनाइएको छ’, महानिर्देशक अर्यालले अन्नपूर्णसँग भने, ‘क्षेत्राधिकार र कानुनी प्रक्रियामा क्लियर भएका छौं।’

डोलिडार, कोइका, जाइका, यूएस एडअन्तर्गतका विभिन्न परियोजनामा कार्यरत साधारण राहदानीवाहक विदेशीलाई विभागले भिसा दिँदै आएको थियो। साधारण राहदानीवाहकलाई औपचारिक भिसा दिन मिल्दैन। विभागले औपचारिक राहदानी भएका विदेशीका आश्रित परिवारलाई पनि औपचारिक भिसा दिँदै आएको थियो। त्यस्ता विदेशीलाई विभागले सिफारिस गरेर अध्यागमन विभाग पठाउनुपर्ने थियो। गृहको पत्रपछि भने विभागले त्यस्ता विदेशीको भिसाका लागि अध्यागमनमा सिफारिस गर्न थालेको छ। नेपालका लागि आवासीय वा गैरआवासीय कूटनीतिक नियोग, वाणिज्य दूतावासमा काम गर्ने प्रशासनिक, प्राविधिक तथा गैरकूटनीतिक कर्मचारी तथा बाह्य मुलुकबाट नेपाल घुम्न आउने बहालवाला अवैतनिक महावाणिज्यदूत, वाणिज्यदूत र तिनका परिवारले औपचारिक भिसा पाउने व्यवस्था अध्यागमन नियमावलीले गरेको छ। त्यसका लागि औपचारिक राहदानी अनिवार्य हुन्छ।

अन्नपूर्ण पोष्ट्बाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

झ्याप्ले खोलामा अवरुद्ध सडक खुलेयता १७ सय सवारी काठमाडौँ  भित्रिए
झ्याप्ले खोलामा अवरुद्ध सडक खुलेयता १७ सय सवारी काठमाडौँ  भित्रिए
नेपाली भूमि मिच्दै भारतले बनायो चीन जोड्ने बाटो
नेपाली भूमि मिच्दै भारतले बनायो चीन जोड्ने बाटो
बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभा लैजाने, स्थायी कमिटी बैठक बैशाख २५ गते
बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभा लैजाने, स्थायी कमिटी बैठक बैशाख २५ गते
सेतो गुम्बाका ल्होसार विशेष सांस्कृतिक कार्यक्रम हुने
सेतो गुम्बाका ल्होसार विशेष सांस्कृतिक कार्यक्रम हुने
अन्तर्राष्ट्रिय महिला भलिबलको उपाधि भारतलाई
अन्तर्राष्ट्रिय महिला भलिबलको उपाधि भारतलाई
सडक भत्काउँदा काठमाडौँ महानगरलाई जानकारी दिनुपर्ने- विद्यासुन्दर शाक्य
सडक भत्काउँदा काठमाडौँ महानगरलाई जानकारी दिनुपर्ने- विद्यासुन्दर शाक्य
कांग्रेसले राप्रपासँग तालमेल गर्नु दुर्भाग्य -कृष्णप्रसाद सिटौला
कांग्रेसले राप्रपासँग तालमेल गर्नु दुर्भाग्य -कृष्णप्रसाद सिटौला
मङ्सिर १ देखि ५ गतेसम्म त्रिविका क्याम्पस र कार्यालयमा बिदा
मङ्सिर १ देखि ५ गतेसम्म त्रिविका क्याम्पस र कार्यालयमा बिदा
एमालेको ग्रासरुट अभियानको समीक्षा : ४ वर्ष पछि एमालेको एकल बहुमत आउँछ
एमालेको ग्रासरुट अभियानको समीक्षा : ४ वर्ष पछि एमालेको एकल बहुमत आउँछ
Sreeram hits the right note as a singer-actor
Sreeram hits the right note as a singer-actor