दुई दुर्घटनामा एकको मृत्यु, ४३ घाइते

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक ८, २०७५
|
|
२७ पटक हेरिएको
Shares
दुई दुर्घटनामा एकको मृत्यु, ४३ घाइते

सारांश

  • अछाम, ८ कात्तिक, अछाममा दुई दिनमा दुईवटा सडक दुर्घटना भएका छन् ।
  • बुधबार दिउँसो मङ्गलसेन–४ कैलाशखोला नजिक ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु र ४० घाइते भएका छन् भने बिहीबार राति २ बजे बान्नीगढी–४ कैलाशखोला नजिकै भएको जिप दुर्घटनामा तीन घाइते भएका छन् ।
  • जिल्लाको मङ्गलसेनबाट जयगढतर्फ गइरहेको से१ज ८०४ नं को जिप राति २ बजे दुर्घटनामा परेको थियो ।

अछाम, ८ कात्तिक, अछाममा दुई दिनमा दुईवटा सडक दुर्घटना भएका छन् । बुधबार दिउँसो मङ्गलसेन–४ कैलाशखोला नजिक ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु र ४० घाइते भएका छन् भने बिहीबार राति २ बजे बान्नीगढी–४ कैलाशखोला नजिकै भएको जिप दुर्घटनामा तीन घाइते भएका छन् ।

जिल्लाको मङ्गलसेनबाट जयगढतर्फ गइरहेको से१ज ८०४ नं को जिप राति २ बजे दुर्घटनामा परेको थियो । उक्त घटनामा घाइतेमध्ये मङ्गलसेन नगरपालिका–४ की १६ वर्षीया झुमा आउजीको टाउकोमा गम्भीर चोट लागेको छ भने मङ्गलसेन–८ का २० वर्षीय खगेन्द्र बिकको पनि टाउको र हातखुट्टामा चोट लागेकाले बयालपाटा अस्पतालमा उपचार भइरहेको छ । सामान्य घाइते मङ्गलसेन–५ का २९ वर्षीय राजेश भाट भने घर फर्किसकेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।

जिपमा चालकसहित चार जना रहेको र चालक फरार रहेको अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले बताउनुभयो ।

यसअघि बुधबार दिउँसो कैलाशखोला नजिकै भएको ट्याक्टर दुर्घटनाका ४ जना घाइतेलाई बयालपाटा अस्पतालमा उपचार हुन नसकेपछि कोहलपुर मेडिकल कलेज रेफर गरिएको छ । दुर्घटनाबाट गम्भीर घाइते मङ्गलसेन–४ की ३५ वर्षीया कमला केसी, ३० वर्षीय नृप केसी, ३५ वर्षीया मोतिकला धामी र १७ वर्षीया पवित्रा केसीलाई कोहलपुर रेफर गरिएको प्रहरी नायब उपरीक्षक शाहीले जानकारी दिनुभयो ।

कोजाग्रत पूर्णिमाको दिन बान्नीगढी–४ तिमिल्सैनमा लाग्ने दशैँमेला हेर्न गएका ४० जना उक्त ट्याक्टर दुर्घटनामा परी घाइते भएका थिए भने मङ्गलसेन–४ की ३५ वर्षीया मैना धामीको घटनास्थलमै मुत्यु भएको थियो ।

ट्याक्टरमा ओभरलोड भएकै कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ । फरार रहेका ट्याक्टर चालक मङ्गलसेन–४ का हेमराज केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओलीको सम्बोधनप्रति २ नम्बर प्रदेशका राज्यमन्त्रीद्वारा कडा आपत्ति
गुजरात अविरल वर्षाका कारण १२ जनाको मृत्यु
गुजरात अविरल वर्षाका कारण १२ जनाको मृत्यु
इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा अहिलेसम्म १० लाख भन्दा धेरैको आवेदन
इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा अहिलेसम्म १० लाख भन्दा धेरैको आवेदन
इयुको सहयोग प्राथमिकता नवीकरणीय ऊर्जा र ऊर्जा सुरक्षा
इयुको सहयोग प्राथमिकता नवीकरणीय ऊर्जा र ऊर्जा सुरक्षा
बिहानै राँगोले काठमाडौँको न्यूरोड कालीमाटी क्षेत्रमा मच्चायो आतंक
बिहानै राँगोले काठमाडौँको न्यूरोड कालीमाटी क्षेत्रमा मच्चायो आतंक
आज शुक्रबार, कस्तो छ तपाईंको राशिफल?
आज शुक्रबार, कस्तो छ तपाईंको राशिफल?
प्रदेश नं १ का मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिनुहुने
प्रदेश नं १ का मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिनुहुने
अपरिपचत व्यक्तिद्वारा ससुराको हत्या, घाइते बुहारी प्रहरीकाे नियन्त्रणमा
अपरिपचत व्यक्तिद्वारा ससुराको हत्या, घाइते बुहारी प्रहरीकाे नियन्त्रणमा
काँग्रेसले अब सरकार विरुद्ध देशभर प्रदर्शन गर्ने
काँग्रेसले अब सरकार विरुद्ध देशभर प्रदर्शन गर्ने
मतदान केन्द्रमा मतदान कार्य अझै शुरु भएको छैन ; सप्तरी
मतदान केन्द्रमा मतदान कार्य अझै शुरु भएको छैन ; सप्तरी

तपाईंले छुटाउनुभयो कि?