विद्युत् महसुल परिवर्तनको तयारी, दस युनिटसम्म निःशुल्क गरिने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ १४, २०७६
|
|
२६ पटक हेरिएको
Shares
विद्युत् महसुल परिवर्तनको तयारी, दस युनिटसम्म निःशुल्क गरिने

सारांश

  • काठमाडौँ, १४ माघ ।
  • नेपाल विद्युत् प्राधिकरणले हाल कार्यान्वयनमा रहेको विद्युत् महसुल दरमा परिवर्तन गर्नेभएको छ ।
  • प्राधिकरण सञ्चालक समितिको आइतबार बसेको बैठकले नयाँ दर स्वीकृत गर्दै विद्युत् नियमन आयोगमा स्वीकृतिका लागि पेस गर्ने निर्णय गरेको छ ।

काठमाडौँ, १४ माघ । नेपाल विद्युत् प्राधिकरणले हाल कार्यान्वयनमा रहेको विद्युत् महसुल दरमा परिवर्तन गर्नेभएको छ । प्राधिकरण सञ्चालक समितिको आइतबार बसेको बैठकले नयाँ दर स्वीकृत गर्दै विद्युत् नियमन आयोगमा स्वीकृतिका लागि पेस गर्ने निर्णय गरेको छ । प्राधिकरणले यसका लागि मङ्गलबार विद्युत् नियमन आयोगमा प्रस्ताव पठाउँदैछ ।

प्रस्तावित दर अनुसार १० युनिटसम्म निःशुल्क हुने व्यवस्था गर्न लागिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले जानकारी दिएका छन् । अहिले पनि १० युनिटसम्म विद्युत् खपत गर्ने ग्राहकको सङ्ख्या आठ लाख रहेको बताएको छ ।
प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका मन्त्री पुनका अनुसार महसुल दर विभिन्न आठ श्रेणीमा विभाजन गरिएको छ । गार्हस्थ्य उपभोक्तालाई विद्युत् खपत बढी गराउन प्रेरित गर्ने गरी नयाँ महसुल दर तय गर्न लागिएको हो । तर ११ युनिटदेखि माथिको दर बढी तोकिएको छ । तर यस्तो दर खपत बढ्दै जाँदा घट्दै जाने प्रणाली कार्यान्वयन गर्न लागिएको छ ।
प्राधिकरणले प्रस्ताव गरेको नयाँ दर ११ युनिटदेखि ३०, ३१ देखि ५०, ५१ देखि १००, १०१ देखि १५० र १५१ देखि २००, २०१ देखि ४०० र ४०० देखि माथि गरी आठ श्रेणीमा विभाजन गरिएको छ । गार्हस्थ उपभोक्तालाई विद्युत् खपत बढी गराउन प्रेरित गर्ने गरी नयाँ महसुल दर तय गर्न लागिको हो । प्राधिकरण सञ्चालक समितिले पारित गरेको प्रस्तावमा गार्हस्थ उपभोक्तालाई खपत युनिटका आधारमा धेरै खपत गर्दा कम दर लाग्ने गरी पाँच तहका दर निर्धारण गरिएको छ । यसअनुसार मासिक १० युनिटसम्म खपत गर्ने ग्राहकलाई अत्यन्तै कम दर प्रस्ताव गरिएको छ तर ११ युनिटदेखि माथिको दर बढी छ । तर यस्तो दर खपत बढ्दै जाँदा घट्दै जाने प्रणाली कार्यान्वयन गरिएको छ ।

प्राधिकरणले प्रस्ताव गरेको नयाँ दरमा ११ युनिटदेखि २०, २२ देखि ५०, ५१ देखि १५०, १५० देखि २५० र २५० देखि माथि गरी पाँच श्रेणीको दर निर्धारण गरिएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेका अनुसार नयाँ महसुल दर विद्युत् खपत दर बढी गर्न प्रोत्साहन गर्ने सोचका साथ प्रस्ताव गरिएको छ । अहिले कम खपत गर्नेलाई कम दर र बढी खपत गर्नेलाई बढी दर लगाइँदै आएको छ । गार्हस्थ उपभोक्ताले उच्चतम प्रतियुनिट १३ रुपियाँसम्म तिर्दै आएका छन् । यो दर अहिले घटाइएको छ । नेपाल विद्युत् उत्पादनमा आत्मनिर्भर बन्ने अवस्था नजिकिएपछि विद्युत् खपत बढाउने सरकारको लक्ष्य छ । विद्युत् उत्पादन चालू आर्थिक वर्षमा मात्र एक हजार मेगावाट थप हुने प्रक्षेपण सरकारको छ । विद्युत् खपत दर प्रतिव्यक्ति वार्षिक २४६ युनिट रहेकामा यसलाई बढाएर चालू आवको अन्त्यसम्ममा ४२६ र ५ वर्ष्भित्र ७०० युनिट पु¥याउने लक्ष्य सरकारको छ ।(गोरखापत्र दैनिकबाट)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोना भाइरसविरुद्ध एकजुट हुन विश्व स्वास्थ्य संगठनको आह्वान
कोरोना भाइरसविरुद्ध एकजुट हुन विश्व स्वास्थ्य संगठनको आह्वान
​सडकमा आरजु देउवाको आतंक
​सडकमा आरजु देउवाको आतंक
दरबार हत्याकाण्ड: किन दिए  ज्ञानेन्द्रले हत्याकाण्ड भएको भोलिपल्टै श्रीसदनमा ताल्चा लगाउन निर्देशन ?
दरबार हत्याकाण्ड: किन दिए ज्ञानेन्द्रले हत्याकाण्ड भएको भोलिपल्टै श्रीसदनमा ताल्चा लगाउन निर्देशन ?
माधव नेपालकै सक्रियतामा रामुकमारी झाक्रीमाथि अन्तरघात
माधव नेपालकै सक्रियतामा रामुकमारी झाक्रीमाथि अन्तरघात
प्रधानमन्त्रीसँग लोसपाका नेताहरूको भेटवार्ता, गठबन्धनमा सामेल हुन देउवाको प्रस्ताव
प्रधानमन्त्रीसँग लोसपाका नेताहरूको भेटवार्ता, गठबन्धनमा सामेल हुन देउवाको प्रस्ताव
२४ घण्टाभित्र आचारसंहिता विपरीत चुनाव सामग्री हटाउन  निर्वाचन आयोगको  निर्देशन
२४ घण्टाभित्र आचारसंहिता विपरीत चुनाव सामग्री हटाउन निर्वाचन आयोगको निर्देशन
न्यून मुआब्जा निर्धारण जनसमर्थनलाई भड्काउनेतर्फ लक्षित स् कांग्रेस
न्यून मुआब्जा निर्धारण जनसमर्थनलाई भड्काउनेतर्फ लक्षित स् कांग्रेस
पेट्रोल-डिजेलको मूल्य बढ्यो
पेट्रोल-डिजेलको मूल्य बढ्यो
Romantic relationship Rules To get Couples
बालाचतुर्दशीमा पशुपति क्षेत्रको कैलाशमा पसल नराखिने
बालाचतुर्दशीमा पशुपति क्षेत्रको कैलाशमा पसल नराखिने

तपाईंले छुटाउनुभयो कि?