यार्सागुम्बा सहित पक्राउ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १२, २०७७
|
|
३६ पटक हेरिएको
Shares
यार्सागुम्बा सहित पक्राउ

सारांश

  • अवैध रुपमा लैजाँदै गरेको यार्सागुम्बा सहित ४१ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
  • अवैध रुपमा लैजाँदै गरेको २ केजी ९ सय २० ग्राम यार्सागुम्बा सहित जुम्ला कनकासुन्दररी गाउँपालिका–४ लेकपरका पुर्ण बहादुर बुढा बिहीवार दिउँसो पक्राउ परेका हुन् ।
  • विशेष सूचानाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले बीरेन्द्रनगर नगरपालिका–१ बाङ्गेसिमलस्थित ना.

अवैध रुपमा लैजाँदै गरेको यार्सागुम्बा सहित ४१ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । अवैध रुपमा लैजाँदै गरेको २ केजी ९ सय २० ग्राम यार्सागुम्बा सहित जुम्ला कनकासुन्दररी गाउँपालिका–४ लेकपरका पुर्ण बहादुर बुढा बिहीवार दिउँसो पक्राउ परेका हुन् ।

विशेष सूचानाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले बीरेन्द्रनगर नगरपालिका–१ बाङ्गेसिमलस्थित ना.६ ख ८२४४ नम्बरको यात्रुबाहक बस जाँच गर्ने क्रममा बसमा सवार पुर्ण बहादुरको झोलामा उक्त यार्सागुम्बा फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?