को- को छन् एमालेबाट मुख्यमन्त्री र सभामुखको दौडमा ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १७, २०७४
|
|
२५ पटक हेरिएको
Shares
को- को छन् एमालेबाट  मुख्यमन्त्री र सभामुखको  दौडमा ?

सारांश

  • काठमाडौँ, माघ १७  ।
  •   प्रदेश सभा दलको नेता मुख्यमन्त्रीको उम्मेदवार बन्ने भएकाले एमालेभित्र धेरै नेता आकांक्षी छन् ।
  • प्रदेश नम्बर ५ मा दलका नेता शंकर पोखरेल मुख्यमन्त्रीको एकल उम्मेदवार बन्ने निश्चित देखिए पनि माओवादी केन्द्रसँगको बाँडफाँटपछि एमालेले नेतृत्व गर्ने प्रदेश १, ३ र ४ मा मुख्यमन्त्री बन्न संसदीय दलका नेता बन्न धेरैले आकांक्षा राखेका छन् ।

काठमाडौँ, माघ १७  ।  प्रदेश सभा दलको नेता मुख्यमन्त्रीको उम्मेदवार बन्ने भएकाले एमालेभित्र धेरै नेता आकांक्षी छन् । प्रदेश नम्बर ५ मा दलका नेता शंकर पोखरेल मुख्यमन्त्रीको एकल उम्मेदवार बन्ने निश्चित देखिए पनि माओवादी केन्द्रसँगको बाँडफाँटपछि एमालेले नेतृत्व गर्ने प्रदेश १, ३ र ४ मा मुख्यमन्त्री बन्न संसदीय दलका नेता बन्न धेरैले आकांक्षा राखेका छन् ।

प्रदेश १ मा सचिव तथा प्रदेश संयोजक भीम आचार्य र प्रदेश सहसंयोजक शेरधन राई, प्रदेश ३ मा उपाध्यक्ष तथा प्रदेश संयोजक अष्टलक्ष्मी शाक्य, पोलिटब्युरो सदस्यहरू पशुपति चौंलागाईं, राजेन्द्रप्रसाद पाण्डे, सानु श्रेष्ठलगायत दलको नेताको आकांक्षी छन् । पार्टीको उच्च तहको नेता, लैंगिक र जातीय सन्तुलनका कारण शाक्यलाई बनाउनुपर्ने दबाबमा नेतृत्व रहे पनि अन्य नेताहरूले पनि सशक्त दाबेदारी प्रस्तुत गरिरहेका छन् ।

प्रदेश ४ मा सचिव पृथ्बीसुब्बा गुरुङ र स्थायी समिति सदस्य किरण गुरुङ प्रतिस्पर्धामा छन् । मुख्यमन्त्रीको नेतृत्व नपाए पनि प्रदेश २, ६ र ७ मा प्रदेश सभाको बैठकमार्फत एमालेले दलको नेता चयन गर्नेछ । २ मा प्रदेश संयोजक सत्यनारायण मण्डल, ६ मा पोलिटब्युरो सदस्य प्रकाश ज्वाला र यमलाल कँडेल तथा ७ मा केन्द्रीय सदस्य प्रकाश शाह दलको नेताको मुख्य आकांक्षी छन् , नयाँ पत्रिकामा खबर छ ।

सभामुखमा पनि दर्जन आकांक्षी
प्रदेश १ मा हिक्मत कार्की, राजेन्द्र राई, जीवन घिमिरे, उषाकला राई, खिनु लिम्बू, कला घलेलगायत सभामुखको आकांक्षी छन् । प्रदेश २ मा मधेस केन्द्रित दलको बहुमत रहेकाले एमालेले मुख्यमन्त्री र सभामुखमा ध्यान दिएको छैन । प्रदेश ३ मुख्यमन्त्रीका आकांक्षीबीच सहमति भए राजेन्द्रप्रसाद पाण्डे, पशुपति चौंलागाईं, सानुकुमार श्रेष्ठ या डोरमणि पौडेलमध्ये एकजना सभामुख बन्ने गरी छलफल हुने एक नेताले बताए । मुख्यमन्त्रीका आकांक्षी सभामुखका लागि तयार नभए पौडेलको नाममा सर्वसम्मति हुनसक्ने सम्भावना देखिएको स्रोतले जनाएको छ । त्यस्तै, प्रदेश ६ र ७ मा भने एमालेले सभामुखका विषयमा छलफल चलाइसकेको छैन । यद्यपि, ७ मा अर्जुन थापा, पठानसिंह बोहरा, लालबहादुर खड्का, बलदेव रेग्मीलगायतमध्येबाट एकजनालाई उम्मेदवार बनाउने गरी छलफल हुने एक केन्द्रीय सदस्यले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?