कोरोनो संक्रमितको संख्या नाघ्यो ७ करोड, अमेरिका सबैभन्दा बढि प्रभावित

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण २९, २०७७
|
|
२० पटक हेरिएको
Shares
कोरोनो संक्रमितको संख्या नाघ्यो ७ करोड, अमेरिका सबैभन्दा बढि प्रभावित

सारांश

  • विश्वभर कोरोना सक्रमितको संख्या दुई करोड आठ नाघेको छ ।
  • विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड आठ लाख लाख ६ हजार दुई सय ४८ पुगेको छ ।
  • त्यस्तै आज विहानसम्म विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या सात लाख ४७ हजार दुई सय ५६ पुगेको छ भने एक करोड ३७ लाख चार हजार ४६ जना कोरोना मुक्त भइसकेका छन् ।

विश्वभर कोरोना सक्रमितको संख्या दुई करोड आठ नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड आठ लाख लाख ६ हजार दुई सय ४८ पुगेको छ ।

त्यस्तै आज विहानसम्म विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या सात लाख ४७ हजार दुई सय ५६ पुगेको छ भने एक करोड ३७ लाख चार हजार ४६ जना कोरोना मुक्त भइसकेका छन् ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणबाट अमेरिका सबैभन्दा बढी प्रभावित छ।

अमेरिकामा मात्र एक लाख ६९ हजार एक सय ३१ जनाले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन् । त्यस्तै, ब्राजिलमा एक लाख चार हजार दुई सय ६३ , भारतमा ४७ हजार एक सस ३८ जनाले कोरोनाबाट गुमाईसकेका छन् । तथ्याङक अनुसार पछिल्लो समय मेक्सिकोमा समेत संक्रमणको ग्राफ बढ्दै गएको छ ।

आजसम्म मेक्सिकोमा ५४ हजार ६ सय ६६ जनाले संक्रमणबाट ज्यान गुमाइसकेका छन् । मेक्सिकोमा पछिल्लो २४ घण्टामा मात्रै सात सय ३७ जनाले ज्यान गुमाएको तथ्याङकले देखाएको छ ।

Valium

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?