यि हुन कर्णाली प्रदेश सरकारकाे मन्त्रीपरिषद वैठकले गरेका निर्णयहरु

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ ६, २०७५
|
|
३३ पटक हेरिएको
Shares
यि हुन कर्णाली प्रदेश सरकारकाे मन्त्रीपरिषद वैठकले गरेका निर्णयहरु

सारांश

  • काठमाडाै, ६ जेठ ।
  • कर्णाली प्रदेश सरकारकाे मन्त्रीपरिषद वैठकले अार्इतबार ६ वटा निर्णय गरेकाे छ ।
  • मिति २०७५ जेष्ठ ०६ गते वसेको कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषद वैठकले गरेका निर्णयहरु १ हुम्ला जिल्लाको खार्पुनाथ गाँउपालिकाको वामनखर्कमा मिति २०७५ जेष्ठ २ गते मकालु एअरको जहाज दुर्घटनामा निधन भएका चालक किरण भट्टराई र सहचालक आदित्य नेपालीप्रति भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरियो ।

काठमाडाै, ६ जेठ । कर्णाली प्रदेश सरकारकाे मन्त्रीपरिषद वैठकले अार्इतबार ६ वटा निर्णय गरेकाे छ ।

मिति २०७५ जेष्ठ ०६ गते वसेको कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषद वैठकले गरेका निर्णयहरु
१ हुम्ला जिल्लाको खार्पुनाथ गाँउपालिकाको वामनखर्कमा मिति २०७५ जेष्ठ २ गते मकालु एअरको जहाज दुर्घटनामा निधन भएका चालक किरण भट्टराई र सहचालक आदित्य नेपालीप्रति भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरियो । चालकहरुले कर्णाली प्रदेशको पुरयाएको योगदानको कदर गर्न आवश्यक व्यवस्थाका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई जिम्मेवारी दिने ।

२ आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई लागु औषध नियन्त्रण सम्वन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान गर्ने ।

३ कर्णाली प्रदेश सरकारले निर्माण गर्नुपर्ने आवश्यक कानुनको मस्यौदा तयारीमा सहयोग पुरयाउनका लागि यथासिघ्र प्रादेशिक कानुन आयोग गठन गर्ने ।

४  कर्णाली प्रदेश विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन सम्वन्धि विधेयक २०७५ तर्जुमाका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई सैद्धान्तिक सहमति प्रदान गर्ने ।

५  विनियोजन विधेयक २०७५ प्रदेश सभामा पेश गर्नुपुर्व वजेटका सिद्धान्त, उद्धेश्य, प्राथमिकता र नीतिहरु आवश्यक परिमार्जन सहित पुर्व वजेट छलफलका रुपमा पेश गर्न आर्थिक मामिला तथा योजना मन्त्रालयलाई स्वीकृती प्रदान गर्ने ।

६  कर्णाली प्रदेशको आर्थिक, सामाजिक विकास मार्गचित्र २०७५ परिस्कृत गर्न आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीको नेतृत्वमा सामाजिक विकास मन्त्री दल रावल, मुख्यमन्त्री कार्यालयका सचिव र सवै मन्त्रालयका सचिवहरु रहेको समिति निर्माण गरि जिम्मेवारी दिईयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?