यि हुन फेसबुकमा ४३ लाख फ्लोअर भएकी विश्वकै ‘सुन्दर’ बालिका
सारांश
- एजेन्सी, १६ वैशाख ।
- सुन्दरता नाप्ने ठ्याक्कै यन्त्र वा एकाई नभए पनि कतिपय मान्छेको सुन्दरता यति धेरै हुन्छ कि, हामी हेर्दै मख्ख पर्छौ ।
- यी सुन्दर मान्छेले जसको पनि ध्यान तान्नु स्वभाविक नै हुने भयो ।
एजेन्सी, १६ वैशाख । सुन्दरता नाप्ने ठ्याक्कै यन्त्र वा एकाई नभए पनि कतिपय मान्छेको सुन्दरता यति धेरै हुन्छ कि, हामी हेर्दै मख्ख पर्छौ ।
यी सुन्दर मान्छेले जसको पनि ध्यान तान्नु स्वभाविक नै हुने भयो । विश्वकी एक यस्तै सुन्दर बालिका यतिबेला चर्चामा छिन् ।
बच्चाहरू हुन्छन् नै सुन्दर । उनीहरूको निर्दोष मुस्कान र बालसुलभ चंचलताले प्रत्येक बच्चालाई सुन्दर बनाइदिन्छ।
तर यदि लोकप्रियतालाई नै सौन्दर्यको मनक मान्ने हो भनेपछि संसारकै सबैभन्दा सुन्दर बालिका मानिएकी रुसकी क्रिस्टिना पिमोनेभा भेटिन्छिन् । २७ डिसेम्बर २००५ मा जन्मिएकी क्रिस्टिना एक फुटबल खेलाडी हुन्। उनी आफ्नी पूर्व मोडेल आमासँग मस्कोमा बस्दछिन् ।
किस्टिना पाँच वर्षकी छँदा मोडलिङमा आइन् । उनलाई जिम्नास्टिक मन पर्दछ र उनी आफ्नो धेरै जसो समय यही काममा बिताउँछिन् । फेसबुकमा किस्टिनाको २५ लाख फलोअर छन् । उसकी आमा ग्लिकेरिया पिमेनोभा उनको ट्वीटरसमेत चलाउने गर्द्छिन् ।

प्रतिक्रिया