मुलुकको समसामयिक राजनीतिक विषयमा ओली र थापाबीच छलफल

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २७, २०७४
|
|
४५ पटक हेरिएको
Shares
मुलुकको समसामयिक राजनीतिक विषयमा ओली र थापाबीच छलफल

सारांश

  • काठमाडौं, असार २७ ।
  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाबीच मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको छ सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा उनीहरुबीच भएको भेटवार्तामा संविधान संशोधन, हालै सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षा तथा निर्धारित् समयमा प्रदेश र केन्द्रीय निर्वाचन गर्ने विषयमा छलफल भएको जनाएको छ ।
  • सो अवसरमा एमाले अध्यक्ष ओलीले सबै तहको निर्वाचन सम्पन्न भएपछिमात्रै संविधान संशोधन प्रस्तावको विषयमा खुला छलफल गरेर अघि बढ्ने विषयमा विचार गर्न अध्यक्ष कमल थापासँग आग्रह गरिएको एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।

काठमाडौं, असार २७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाबीच मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको छ

सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा उनीहरुबीच भएको भेटवार्तामा संविधान संशोधन, हालै सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षा तथा निर्धारित् समयमा प्रदेश र केन्द्रीय निर्वाचन गर्ने विषयमा छलफल भएको जनाएको छ ।

सो अवसरमा एमाले अध्यक्ष ओलीले सबै तहको निर्वाचन सम्पन्न भएपछिमात्रै संविधान संशोधन प्रस्तावको विषयमा खुला छलफल गरेर अघि बढ्ने विषयमा विचार गर्न अध्यक्ष कमल थापासँग आग्रह गरिएको एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।

राप्रपा अध्यक्ष थापाले संसदमा विचाराधीन संविधान संशोधन प्रस्तावको पक्षमा आफ्नो पार्टी सकारात्मक रहेको बताउँदै स्थानीय तहमा एमालेले प्राप्त गरेको जनादेशका आधारमा पनि सरकारले सो पार्टीलाई समझदारीमा लिएर अगाडि बढ्नुपर्ने आफ्नो पार्टीको दृष्टिकोण रहेकोे धारणा राखेको उपनेता नेम्वाङले जानकारी दिए ।

भेटवार्तामा अध्यक्ष थापाले अहिलेको समस्याबाट मुलुकलाई निकास दिन सबै दलको भावनालाई समेटेरमात्र संंविधान संशोधनको कार्य अगाडि बढाउनुपर्ने आफ्नो पार्टीको धारणा रहेको एमाले अध्यक्ष ओलीलाई जानकारी गराएको राप्रपाका नेता राजाराम श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सन्दिपले दिल्लीमा किन लगाउन पाएनन् २५ नम्बरको जर्सी?
सन्दिपले दिल्लीमा किन लगाउन पाएनन् २५ नम्बरको जर्सी?
झापा–५ का उम्मेदवार बालेन्द्र शाहले प्रयोग गरेको करोडौँको विलासी गाडी उद्योगी मालपानीको भएको खुलासा
झापा–५ का उम्मेदवार बालेन्द्र शाहले प्रयोग गरेको करोडौँको विलासी गाडी उद्योगी मालपानीको भएको खुलासा
मलेखुमा ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु
मलेखुमा ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु
बजेटले खुसी भएनन् चलचित्रकर्मी
बजेटले खुसी भएनन् चलचित्रकर्मी
सुन तस्करीका मुख्य नाइके खोज्न बनाइएको आयोग गुमनाम, के कसरी काम शुरू गर्ने ? अन्योलमा !
सुन तस्करीका मुख्य नाइके खोज्न बनाइएको आयोग गुमनाम, के कसरी काम शुरू गर्ने ? अन्योलमा !
उपप्रधानमन्त्री पोखरेलको आशंका : ‘दलको आवरणमा निर्मलाका हत्यारा जोगाउन आउने हुन् कि !’
प्रधानमन्त्रीको दवावमा मध्यराति चार एआइजी बढुवा
प्रधानमन्त्रीको दवावमा मध्यराति चार एआइजी बढुवा
उदयपुरमा टिप्परको ठक्करबाट २ को मृत्यु
उदयपुरमा टिप्परको ठक्करबाट २ को मृत्यु
‘एनपिएल’को उत्साहपूर्वक प्रतीक्षा, विश्वका खेलाडी नेपालमा
‘एनपिएल’को उत्साहपूर्वक प्रतीक्षा, विश्वका खेलाडी नेपालमा
डेढ लाख भक्तजनले गरे पशुपतिनाथमा दर्शन
डेढ लाख भक्तजनले गरे पशुपतिनाथमा दर्शन