सबै दल समृद्धितर्फ लाग्नुपर्छ : नेता बस्नेत

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ९, २०७५
|
|
२२ पटक हेरिएको
Shares
सबै दल समृद्धितर्फ लाग्नुपर्छ : नेता बस्नेत

सारांश

  • सिन्धुपलाञ्चोक, ९ असोज ।
  • नेपाली काङ्ग्रेसका नेता एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतले अब सबै राजनीतिक दल मुलुकको आर्थिक समृद्धिका लागि अग्रसर हुनुपर्ने बताउनुभएको छ ।
  • ‘समुदाय र विपद् उद्धार समूह’ (सिडिआरटी) नामक गैरनाफामूलक अन्तर्राष्ट्रिय संस्थाको सहयोगमा बाह्रबिसे नगरपालिका–४ अङ्गेरीपाखामा निर्मित सामुदायिक स्वास्थ्य केन्द्रको सोमबार उद्घाटन गर्दै उहाँले मुलुकमा राजनीतिक स्थायित्व भएकाले अब कुनै पनि दललाई राजनीतिक विवाद गर्ने छुट नभएको बताउनुभयो ।

सिन्धुपलाञ्चोक, ९ असोज । नेपाली काङ्ग्रेसका नेता एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतले अब सबै राजनीतिक दल मुलुकको आर्थिक समृद्धिका लागि अग्रसर हुनुपर्ने बताउनुभएको छ ।‘समुदाय र विपद् उद्धार समूह’ (सिडिआरटी) नामक गैरनाफामूलक अन्तर्राष्ट्रिय संस्थाको सहयोगमा बाह्रबिसे नगरपालिका–४ अङ्गेरीपाखामा निर्मित सामुदायिक स्वास्थ्य केन्द्रको सोमबार उद्घाटन गर्दै उहाँले मुलुकमा राजनीतिक स्थायित्व भएकाले अब कुनै पनि दललाई राजनीतिक विवाद गर्ने छुट नभएको बताउनुभयो ।

सिन्धुपलाञ्चोकले पछिल्लो समयमा पहिरो र भूकम्पजस्ता ठूला विपद्को सामना गर्नुपरेको बताउँदै नेता बस्नेतले ठूला विपद्का बेला सरकारसँगै अन्य सहयोगी हातको पनि आवश्यकता पर्ने विचार व्यक्त गर्नुभयो ।कार्यक्रममा सिडिआरटीका अध्यक्ष काड्यन गार्रेट स्किुमनले नेपालका दुर्गम क्षेत्रमा स्वास्थ्यचौकी स्थापनामा सहयोग गर्न पाउँदा खुशी लागेको बताउँदै स्वास्थ्यचौकीको प्रभावकारी सञ्चालन र स्तारोन्नतिका लागि सबैको सहयोग आवश्यक पर्ने उल्लेख गर्नुभयो ।सप्तरीको तिलाठी नगरपालिकाका नगर प्रमुख सतिश सिंहले विपद्का बेला आवश्यक पर्ने सहयोगका बारेमा प्रकाश पार्दै भूकम्पका बेलामा सिडिआरटीले गरेको सहयोगको प्रशंसा गर्नुभयो । लायन्स क्लब सान्टा रोजा काष्ठमण्डप क्यालिफोर्नियाका गर्भनर राजेन थापाले विदेशमा बस्ने नेपालीले मुलुकप्रति चिन्ता र चासो व्यक्त गर्दै उक्त सहयोग गरेको बताउनुभयो ।

सिडिआरटीको रु ३० लाखभन्दा बढीको सहयोगमा निर्मित स्वास्थ्य केन्द्रको सञ्चालनका लागि भने उक्त संस्था र लायन्स क्लब सान्टा रोजा काष्ठमण्डप क्यालिफोर्नियाले सहयोग गर्ने सम्झौता भएको छ । हाल एक हेल्थ असिस्टेन्ट र एक सहयोगी रहेको स्वास्थ्य केन्द्रले सो क्षेत्रका जनतालाई निःशुल्क उपचार र औषधिको समेत व्यवस्था गर्नेछ ।गोरखा भूकम्पका बेला स्वास्थ्यका क्षेत्रमा सहयोग गरेको सिडिआरटीले सो क्षेत्रका दुई हजार २०० घरधुरीका लागि स्वास्थ्यचौकी नजिक पायक पर्ने नदेखेपछि उक्त स्वास्थ्यचौकी स्थापना गरेको जनाएको छ । सिडिआरटीले नेपालमा आफ्ना क्रियाकलाप ‘स्वयंसेवी क्रोफ्स नेपाल’ मार्फत गर्दै आएको छ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुविधा सम्पन्न एम्बुलेन्स सञ्चालनमा
सुविधा सम्पन्न एम्बुलेन्स सञ्चालनमा
प्रभावकारी देखिएन बजार अनुगमन, विगतकै निरन्तरता
प्रभावकारी देखिएन बजार अनुगमन, विगतकै निरन्तरता
यस्ताे छ  आजको मौसम
यस्ताे छ आजको मौसम
डाक्टरहरु हड्तालमा, स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द
डाक्टरहरु हड्तालमा, स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द
विप्लव समूहका गतिविधिलाई कानूनी दायरामा ल्याइने
विप्लव समूहका गतिविधिलाई कानूनी दायरामा ल्याइने
गाएक अंकित नेउपानेकाे ‘ती रातहरू २’ नामक गित रिलिज
गाएक अंकित नेउपानेकाे ‘ती रातहरू २’ नामक गित रिलिज
दोस्रो अन्तरदेशीय प्रसारण लाइन : संयुक्त कम्पनी स्थापना र लगानीका लागि सरकारको स्वीकृति
दोस्रो अन्तरदेशीय प्रसारण लाइन : संयुक्त कम्पनी स्थापना र लगानीका लागि सरकारको स्वीकृति
न्यायपरिषद्लाई नेपाल बारको चेतावनीः यथास्थितिमा न्यायाधिश नियुक्त गरे बहिष्कार गर्छौं
न्यायपरिषद्लाई नेपाल बारको चेतावनीः यथास्थितिमा न्यायाधिश नियुक्त गरे बहिष्कार गर्छौं
प्रवासीको सहयोगमा विद्यालय पुनःनिर्माण हुँदै
प्रवासीको सहयोगमा विद्यालय पुनःनिर्माण हुँदै
प्रधानमन्त्रीले तयार पारे घाइतेको उद्दार गर्न  एयर बस र नाइट भिजन हेलिकप्टर !!!
प्रधानमन्त्रीले तयार पारे घाइतेको उद्दार गर्न एयर बस र नाइट भिजन हेलिकप्टर !!!

तपाईंले छुटाउनुभयो कि?