हिमाल आरोहण : दुई महीनामै ५० करोड ‘रोयल्टी’

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख १७, २०७६
|
|
३० पटक हेरिएको
Shares
हिमाल आरोहण : दुई महीनामै ५० करोड ‘रोयल्टी’

सारांश

  • सिवी अधिकारी काठमाडौँ।
  •   संसारका आरोहीलाई आकर्षित गर्ने सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहण मुलुकको आम्दानीका हिसाबले पनि दरिलो आधार बनेको छ।
  •   यसको उदाहरणको रुपमा यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहणमा देखिएको आरोहीको उत्साहजनक सहभागितालाई लिन सकिन्छ।
सिवी अधिकारी
काठमाडौँ।  संसारका आरोहीलाई आकर्षित गर्ने सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहण मुलुकको आम्दानीका हिसाबले पनि दरिलो आधार बनेको छ। 
यसको उदाहरणको रुपमा यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहणमा देखिएको आरोहीको उत्साहजनक सहभागितालाई लिन सकिन्छ। पर्यटन विभागको तथ्याङ्कअनुसार सगरमाथासहितका २७ हिमाल आरोहणका लागि १०० आरोही समूहका ८२४ ले आरोहण अनुमति लिएका छन्। सगरमाथा आरोहणका लागि मात्रै ३९ आरोहण समूहका ३७७ आरोही छन्। यीमध्ये ३४ विदेशी आरोही समूहका ३६४ सदस्य तथा पाँच वटा नेपाली आरोही समूहका १३  आरोही सगरमाथा आरोहणमा निस्किएका छन्।
सन् २०१८ को सोही याममा सगरमाथा आरोहण गर्न ३८ समूहबाट ३४६ आरोहीले अनुमति लिएका थिए जसमा ३४ विदेशी र चार नेपाली समूह थिए। सगरमाथासहितका हिमाल आरोहणबाट झण्डै रु ५० करोड रोयल्टी जम्मा भएको विभागले जनाएको छ। विभागको विवरणमा रु ४८ करोड ७४ लाख १९ हजार ६६२ रोयल्टी सङ्कलन भएको छ। यसमा सगरमाथाको थप एक समूहसहितका साना हिमालको हिसाब जोड्न बाँकी छ। आजसम्मको हिमाल आरोहण अनुमति लिनेबाट ५० करोड राजश्व जम्मा हुने विभागका रामेश्वर निरौलाले बताए। यो रकममध्ये सबैभन्दा धेरै सगरमाथाबाट रु ४३ करोड ५२ लाख ५५ हजार ९१२ रोयल्टी जम्मा भएको छ।
त्यसैगरी ल्होत्सेका  लागि १० आरोही समूहका ९२, अमादब्लमका पाँच समूहका ४९, कञ्चनजङ्गमा पाँच आरोही समूहका ३२  र मकालुमा चार आरोही समूहका ५३ आरोही गएका छन्। अन्नपूर्ण र धौलागिरि हिमाल आरोहणलाई तीन तीन आरोही समूहले अनुमति लिएको विभागको विवरणमा उल्लेख छ।
पर्यटन विभागका अनुसार धेरै आरोही सगरमाथाको आधार शिविरभन्दा माथिततिर लागिसकेका छन्। विभागका महानिर्देशक डण्डुराज घिमिरेले आरोहण अनुमति लिएका सबैजसो आरोही सगरमाथा आधार शिविर र केही क्याम्प दुई र तीनसम्म पुगिसकेको जानकारी दिए। “यस पटकको सगरमाथा आरोहण पनि उत्साहजनक हुने देखिएको छ। अहिले केही आरोही क्याम्प तीनतिर पुगिसकेका छन् भने कतिपय आधार शिविरमा छन् ”, महानिर्देशक घिमिरेले भने।
यस यामको सगरमाथा आरोहणका लागि सात हजार ३०० मिटर उचाइसम्म बाटो बनाइएको छ । एक्सिपिडिसन अप्रेटर एशोसिएशनबाट खटिएका शेर्पा समूहले सगरमाथाको क्याम्प दुईदेखि समिटसम्मको बाटो बनाउने र चुुचुरोमा डोरी टाँग्ने जिम्मेवारी पाएको छ। सगरमाथा आरोहणमा गएका आरोही क्याम्प तीनसम्म पुगेका सगरमाथाको आधार शिविरमा रहेएका पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए।
नेपाललाई विश्वमा पहिचान गराउने साहसिक पर्यटनको महत्वपूर्ण आधार पर्वतारोहणलाई लिइन्छ । यतिखेर विभिन्न ४८ मुलुकका करीब ५०० आरोही हिमाल आरोहणका लागि आएका छन्। सगरमाथा आरोहणमा सबैभन्दा बढी ४०० को हाराहारीमा विदेशी छन्। सबैभन्दा धेरै छिमेकी मुलुक भारत, चीन, संयुक्त राज्य अमेरिका र बेलायतबाट आरोही आएका छन्। त्यस्तै,  जापान, लेवनान, नर्वे, क्यानाडा, ब्राजिल, अर्जेन्टिनालगायत मुलुकबाट पनि सगरमाथा आरोहणका लागि आएका छन्।  
योसँगै यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि आरोहण अनुमति लिने काम सकिएको छ। सगरमाथासहितका आठ हजार मिटरभन्दा अग्ला हिमालको अनुमति दिने काम बन्द भइसकेको विभागको पर्वतारोहण शाखाका रामेश्वर निरौलाले जानकारी दिए। उनले साना हिमाल तथा चुली आरोहणका लागि अझै फाट्ट फुट्ट आरोही आउनसक्ने उल्लेख गरे। 
रोयल्टी बढी उठ्याे 
अघिल्लो वर्ष (सन् २०१८ को) वसन्त ऋतुको तुलनामा यो याममा हिमाल आरोहणबाट रोयल्टी रकम बढी जम्मा भएको छ। अघिल्लो याममा सगरमाथासहितका हिमाल आरोहणबाट रु ४६ करोडभन्दा बढी रोयल्टी उठेको थियो। सगरमाथाबाट मात्रै करीब रु ३४ करोड रोयल्टी जम्मा भएको थियो। तुलनात्मक रुपमा यो याममा रु दुई करोड रोयल्टी बढी उठेको छ । हालसम्मको अवधिमै ४८ करोडभन्दा बढी रोयल्टी जम्मा भइसकेको छ।
संसारका आरोहीको उत्कृष्ट रोजाइमा सगरमाथासहितका हिमाल पर्छन्। त्यसैले हरेक वर्ष विभिन्न मुलुकका आरोही उल्लेख्य सङ्ख्यामा आरोहणका लागि नेपाल आउने गर्छन्। पर्वतारोहणका लागि आठ हजार मिटरभन्दा अग्ला विश्वका १४ मध्ये नेपालमा आठ हिमाल पर्दछन्। सगरमाथा आरोहणका लागि विदेशी नागरिकले ११ हजार अमेरिकी डलर तिर्नुपर्छ भने नेपाली नागरिकले रु ७५ हजार रोयल्टी बुझाउनुपर्छ। सरकारले आरोहणका लागि ४१५ हिमाल खुला गरेको छ। अझै आरोहणयोग्य हिमाल एक हजार ३०० भन्दा बढी रहेको बताइन्छ। रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तनहुँका पर्यटकीय स्थलमा बढ्न थाल्यो चहलपहल
तनहुँका पर्यटकीय स्थलमा बढ्न थाल्यो चहलपहल
१८८ देशमा कोरोनाको महामारी, ३ लाखबढी संक्रमित, २४ घण्टामा १६३८ जनाको मृत्यु
१८८ देशमा कोरोनाको महामारी, ३ लाखबढी संक्रमित, २४ घण्टामा १६३८ जनाको मृत्यु
११ वर्षीया मनिषालाई जापानमा अन्तराष्ट्रिय शान्ति पुरस्कार
११ वर्षीया मनिषालाई जापानमा अन्तराष्ट्रिय शान्ति पुरस्कार
परिवर्तित परिवेशमा सूचनाको हक
परिवर्तित परिवेशमा सूचनाको हक
खुलामञ्च कब्जा, रातारात सटर बनाएर भाडामा
खुलामञ्च कब्जा, रातारात सटर बनाएर भाडामा
जंगबहादुर राणाको राशलिलाः बेलायतमा एक बेश्याका लागि एक रातको खर्च ३ करोडभन्दा बढि
जंगबहादुर राणाको राशलिलाः बेलायतमा एक बेश्याका लागि एक रातको खर्च ३ करोडभन्दा बढि
आर्थिक क्षेत्रमा आएको उत्साहको सन्देश पाँच दलीय गठबन्धन अन्त्य हुनुपर्थ्यो भन्ने हो : महासचिव पोखरेल
आर्थिक क्षेत्रमा आएको उत्साहको सन्देश पाँच दलीय गठबन्धन अन्त्य हुनुपर्थ्यो भन्ने हो : महासचिव पोखरेल
कोरोना संक्रमण झन् तीव्र बनेकाे भन्दै डब्लुएचओकाे चेतावनी
कोरोना संक्रमण झन् तीव्र बनेकाे भन्दै डब्लुएचओकाे चेतावनी
प्रधानमन्त्री दाहाल र भारतका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता
प्रधानमन्त्री दाहाल र भारतका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता
घरघरमा आँखा जाँचसेवा
घरघरमा आँखा जाँचसेवा

तपाईंले छुटाउनुभयो कि?