यी हुन् नेकपाका प्रदेश इन्चार्ज, अध्यक्ष र सचिवका सात जिम्मेवारी

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन ७, २०७५
|
|
५२ पटक हेरिएको
Shares
यी हुन् नेकपाका प्रदेश इन्चार्ज, अध्यक्ष र सचिवका सात जिम्मेवारी

सारांश

  • काठमाडौं, ७ असोज ।
  • नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) प्रदेशको इन्चार्जहरु तोकेसँगै जिम्मेवारी पनि तोकेको छ ।
  • इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवलाई जिम्मेवारी दिइएको छ ।

काठमाडौं, ७ असोज । नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) प्रदेशको इन्चार्जहरु तोकेसँगै जिम्मेवारी पनि तोकेको छ । इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवलाई जिम्मेवारी दिइएको छ ।
जिम्मेवारीको बारेमा सर्कलरमार्फत जानकारी गराइएको छ । गत बिहीबार बसेको सचिवालय बैठकले सातै प्रदेशका ईञ्चार्ज, सहईञ्चार्ज, अध्यक्ष र सचिव तोकेको थियो । मातहतको कमिटिहरुको एकीकरणको कामलाई प्रमुख जिम्मेवारीका रुपमा दिइएको छ ।

यस्ता छन् उनीहरुको जिम्मेवारी
१. प्रदेशका ईञ्चार्ज, सह–ईञ्चार्ज, अध्यक्ष र सचिवहरुको बीचमा नियमित बैठक बस्ने, पार्टीको विधान, नियमावली र निर्देशनहरुको मार्गदर्शन तथा विगतको सिफारिस समेतका आधारमा जिल्ला तहमा एकीकरण सम्पन्न गर्न आवश्यक गृहकार्य गर्ने

२. सम्बन्धित तहका पूर्व कमिटी र तिनका पदाधिकारी तथा सदस्यहरुसँगको परामर्श र सुझाव समेतका आधारमा जिल्ला मातहतका सबै तहमा एकीकरण सम्पन्न गर्ने

३. आफ्नो तह र मातहतका पार्टी कार्यालयहरुलाई एकीकृत गर्ने र नियमित एवं व्यवस्थित रुपमा सञ्चालन गर्ने

४. आफ्नो तह र मातहतको पार्टी सम्पत्ति एकीकृत गर्ने, आम्दानी र खर्चको संस्थागत प्रणाली स्थापित गर्ने र लेखाप्रणालीलाई व्यवस्थित गर्ने

५. पार्टी सदस्यता एकीकृत गर्ने, अभिलेख अद्यावधिक गर्नेे र केन्द्रीय सचिवालयमा बुझाउने ५. प्रदेश, जिल्ला र सो मातहतका विभिन्न तहमा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना र सञ्चालन गर्ने

६. प्रदेश सरकार र स्थानीय तहको कामलाई प्रभावकारी बनाउन आवश्यक सहयोग गर्ने, ती निकायहरुसँग समन्वय गर्दै विकास–निर्माण र जनसरोकारका रचनात्मक कार्यमा समग्र पार्टीशक्तिलाई परिचालित गर्ने

७. उपरोक्त बमोजिम कार्यसम्पादन गर्दा नीतिगत वा व्यवहारिक रुपमा कुनै कठिनाई उत्पन्न भएमा केन्द्रीय सचिवालयमा सम्पर्क गर्ने ।

सर्कुलरमा पार्टी केन्द्रबाट यथासक्य चाँडो प्रदेश कमिटीका सदस्यहरु र जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरुका सम्बन्धमा पूर्वनिर्धारित मापदण्डका साथै थप मापदण्डहरु पठाईने पनि जनाइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कात्तिक ४ गते सोमबारको राशिफल यस्तो छ
एक सय ५४ पालिकाले बुझाएनन् बजेट पारित भएको विवरण
एक सय ५४ पालिकाले बुझाएनन् बजेट पारित भएको विवरण
वर्षमा एकपल्ट मात्र आउने अक्षया तृतिया किन महत्वपुर्ण छ ?
वर्षमा एकपल्ट मात्र आउने अक्षया तृतिया किन महत्वपुर्ण छ ?
नातिले हजुरआमा र बाबुले छोरीलाई बलात्कार गरेको आरोप
टुरिजम डेभलप्मेन्ट बचत तथा ऋण सहकारीको आठौ वार्षिक साधारण सभा सम्पन्न
टुरिजम डेभलप्मेन्ट बचत तथा ऋण सहकारीको आठौ वार्षिक साधारण सभा सम्पन्न
पूर्व अख्तियार प्रमुख बस्न्यात पुर्पक्षका लागी थुनामा
पूर्व अख्तियार प्रमुख बस्न्यात पुर्पक्षका लागी थुनामा
लुम्बिनीमा पाँच सय कुलपुत्र प्रव्रज्या
लुम्बिनीमा पाँच सय कुलपुत्र प्रव्रज्या
बिराटनगर महानगरपालिका बाट आयो यस्तो ताजा अपडेट, झन् बढ्यो मतान्तर !
बिराटनगर महानगरपालिका बाट आयो यस्तो ताजा अपडेट, झन् बढ्यो मतान्तर !
काँग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा दुई जनाको उम्मेदवारी दर्ता
काँग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा दुई जनाको उम्मेदवारी दर्ता
‘सर्ट सेलिङ’ प्रणाली लागू गर्दै सेबोन: अब सेयर बजार घट्दा पनि नाफा कमाउन सकिने
‘सर्ट सेलिङ’ प्रणाली लागू गर्दै सेबोन: अब सेयर बजार घट्दा पनि नाफा कमाउन सकिने