लुम्बिनीमा पाँच सय कुलपुत्र प्रव्रज्या

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र ३, २०७९
|
|
२५ पटक हेरिएको
Shares
लुम्बिनीमा पाँच सय कुलपुत्र प्रव्रज्या

सारांश

  • रुपन्देही ।
  • लुम्बिनीमा एकैदिन पाँच सय भिक्षु बनेका छन् ।
  • अखिल नेपाल भिक्षु महासङ्घ र थाई भिक्षु महासङ्घको आयोजना तथा लुम्बिनी विकास कोषको सह–आयोजनामा बिहीबार मायादेवी मन्दिर परिसरमा आयोजित धार्मिक कार्यक्रममा पाँच सयलाई कुलपुत्र प्रव्रज्या गरी अल्पकालीन भिक्षु बनाइएको हो ।

रुपन्देही । लुम्बिनीमा एकैदिन पाँच सय भिक्षु बनेका छन् । अखिल नेपाल भिक्षु महासङ्घ र थाई भिक्षु महासङ्घको आयोजना तथा लुम्बिनी विकास कोषको सह–आयोजनामा बिहीबार मायादेवी मन्दिर परिसरमा आयोजित धार्मिक कार्यक्रममा पाँच सयलाई कुलपुत्र प्रव्रज्या गरी अल्पकालीन भिक्षु बनाइएको हो ।

अखिल नेपाल भिक्षु महासङ्घका महास्थविर धम्म शोभन र धम्मकाय फाउण्डेशनका उपप्रमुख भिक्षु फरा पभनाले अल्पकालीन भिक्षुका लागि चिवर प्रदान गरे । अल्पकालीन भिक्षुले पहेँलो चिवर लगाएर बुद्ध धर्मका एक सय नियम पालना गर्नुपर्नेछ । सामान्य अनुयायीले पञ्चशिल र अष्टशिलको पालना गर्ने भए पनि अल्पकालीन भिक्षुले २० दिनसम्म पूर्णरूपमा बौद्ध नियममा आफूलाई रुपान्तरण गर्नुपर्नेछ । चैत १७ गते अल्पकालीन भिक्षुको समय सकिनेछ ।

फागुन २७ गते काठमाडौँ र फागुन २८ गते लुम्बिनीमा गरी पाँच सय भिक्षुको केश मुन्डन गरिएको थियो । केश मुन्डन गरिए पनि बिहीबार मात्रै प्रव्रज्या गरी अल्पकालीन भिक्षुका रूपमा पहेँलो चिवर प्रदान गरिएको लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले जानकारी दिए । चिवर प्रदान एंव कुलपुत्र प्रव्रज्या कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले सबैले बुद्धको शिक्षा ग्रहण गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा अखिल नेपाल भिक्षु सङ्घका महास्थविर शोभनले बुद्ध शिक्षालाई व्यवहारमा उतार्न आग्रह गरेका थिए । कोरोना महामारीका कारण तीन वर्षसम्म प्रव्रज्या कार्यक्रम स्थगित भएको थियो । यसअघि सन् २०११ मा एक हजार, सन् २०१५ मा एक हजार एक सय १२ र सन् २०१९ मा एक हजार एक सय १९ जनालाई प्रव्रज्या गराइएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समानुपातिक तर्फको पनि मतगणना सकियो ! कुन पार्टी ले कती मत पाए ?
समानुपातिक तर्फको पनि मतगणना सकियो ! कुन पार्टी ले कती मत पाए ?
एमाले-कांग्रेस दूरी बढ्दै, ओलीपछि देउवा प्रधानमन्त्री बन्ने समभावा कति?
एमाले-कांग्रेस दूरी बढ्दै, ओलीपछि देउवा प्रधानमन्त्री बन्ने समभावा कति?
चुनावमा सहभागी भएर लोकतान्त्रिक उत्सव सफल पारौंः प्रधानमन्त्री
चुनावमा सहभागी भएर लोकतान्त्रिक उत्सव सफल पारौंः प्रधानमन्त्री
घरसँगै जल्यो गोतामेको सपना
घरसँगै जल्यो गोतामेको सपना
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
विश्वकप फुटबल २०१८: अघिल्लो विश्वकप स्टार रड्रिगेजमाथि सबैका नजर
विश्वकप फुटबल २०१८: अघिल्लो विश्वकप स्टार रड्रिगेजमाथि सबैका नजर
एक वामपन्थी नेताको नजरमा भारतका विदेशमन्त्री स्वराज नेपाल आउनुको यस्तो छ कारण
एक वामपन्थी नेताको नजरमा भारतका विदेशमन्त्री स्वराज नेपाल आउनुको यस्तो छ कारण
कमला न्यौपानेको होली गीत ‘होली रङ्ग होली’ सार्वजनिक (भिडियोसहित)
कमला न्यौपानेको होली गीत ‘होली रङ्ग होली’ सार्वजनिक (भिडियोसहित)
प्रदेश एकमा शेरधनलाई मुख्यमन्त्री बन्न अवरोध, उनी भन्छन्,-‘पछि हट्दिन’
प्रदेश एकमा शेरधनलाई मुख्यमन्त्री बन्न अवरोध, उनी भन्छन्,-‘पछि हट्दिन’
अबदेखि वर्कसपमा यस्तो नयाँ मेसिन राख्नुपर्ने
अबदेखि वर्कसपमा यस्तो नयाँ मेसिन राख्नुपर्ने

तपाईंले छुटाउनुभयो कि?