टुरिजम डेभलप्मेन्ट बचत तथा ऋण सहकारीको आठौ वार्षिक साधारण सभा सम्पन्न

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन ४, २०७४
|
|
२१ पटक हेरिएको
Shares
टुरिजम डेभलप्मेन्ट बचत तथा ऋण सहकारीको आठौ वार्षिक साधारण सभा सम्पन्न

सारांश

  • काठमाडौं ।
  • टुरिजम डेभलपमेन्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आठांै वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
  • आज राजधानीको मस्र्याङ्गदी होटलमा संस्थाका अध्यक्ष सुशील पन्तको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको हो ।

काठमाडौं । टुरिजम डेभलपमेन्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आठांै वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज राजधानीको मस्र्याङ्गदी होटलमा संस्थाका अध्यक्ष सुशील पन्तको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको हो ।

साधारण सभाले अध्यक्षको प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहितको २०७४ असार मसान्त सम्मको वासलत र नाफा, नोक्सान र सोही अवधीको नगद प्रवाहको विषयमा कोषाध्यक्षले प्रस्तुत गरेको प्रस्तावलाई छलफल पछि पारित गरेको छ ।

कार्यक्रममा पन्तले टुरिजम डेभलपमेन्ट बचत तथा ऋण सहकारी संस्थालाई पर्यटन क्षेत्रको प्रभावकारी संस्थाको रुपमा विकास गर्ने बताउनुभयो । साथै उहाँले संस्थामा सहभागि हुन सबै पर्यटन व्यवसायीहरुलाई आग्रह समेत गर्नुभयो ।

साधारण सभाले संस्थाको विनियम २०६६ (संशोधन सहित) लाई संशोधन गर्न आवश्यक परेकोले संचालक समितिले पेश गरेको संशोधन सहितको मस्यौदा २०७४, वित्तिय व्यवस्थापन नीति २०७४, कर्मचारी प्रशासन नीति २०७४, ऋण नीति २०७४ र बचत नीति २०७४ लाई पनि पारित गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?