किशोरी भगाएर विवाह गर्ने किशोर पक्राउ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक २९, २०७६
|
|
४७ पटक हेरिएको
Shares
किशोरी भगाएर विवाह गर्ने किशोर पक्राउ

सारांश

  • उदयपुर जिल्लाको कटारी नगरपालिका–६ मा १४ वर्षीया किशोरीलाई भगाएर विवाह गर्ने एक किशोरलाई प्रहरीले बालविवाहको आरोपमा पक्राउ गरेको छ ।
  • पक्राउ पर्ने किशोर कटारी नगरपालिका–६ का २० वर्षीय सरोज गिरी रहेको इलाका प्रहरी कार्यालय कटारीले बताएको छ ।
  • गिरीले केही दिनअघि एक स्थानीय १४ वर्षीया बालिकालाई फकाएर भगाई विवाह गरेपछि बालिकाको आफन्तले बालविवाह भएको भन्दै प्रहरीमा जाहेरी दिएपछि सरोजलाई मङ्गलबार पक्राउ गरी म्याद थप गरेर बालविवाहसम्बन्धी मुद्दा दायर गरेको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रेमसागर केसीले बताउनुभयो ।

उदयपुर जिल्लाको कटारी नगरपालिका–६ मा १४ वर्षीया किशोरीलाई भगाएर विवाह गर्ने एक किशोरलाई प्रहरीले बालविवाहको आरोपमा पक्राउ गरेको छ । पक्राउ पर्ने किशोर कटारी नगरपालिका–६ का २० वर्षीय सरोज गिरी रहेको इलाका प्रहरी कार्यालय कटारीले बताएको छ ।गिरीले केही दिनअघि एक स्थानीय १४ वर्षीया बालिकालाई फकाएर भगाई विवाह गरेपछि बालिकाको आफन्तले बालविवाह भएको भन्दै प्रहरीमा जाहेरी दिएपछि सरोजलाई मङ्गलबार पक्राउ गरी म्याद थप गरेर बालविवाहसम्बन्धी मुद्दा दायर गरेको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रेमसागर केसीले बताउनुभयो ।

जिल्लामा प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा बालविवाह बढ्दै गएको बेला कटारीमा भने बालविवाह गर्नेलाई पक्राउ गरी कारवाही शुरु गरिएको पनि प्रहरीप्रमुख केसीले बताउनुभयो ।

किशोरी बलात्कार गर्नेलाई सात वर्षको जेल सजाय

उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–९ गैरुनका एक २५ वर्षीय युवालाई जिल्ला अदालत उदयपुरले स्थानीय १५ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा सात वर्षको जेल सजाय र रु पाँच हजार दण्ड जरिवाना गर्ने फैसला गरेको छ । अदालतले २५ वर्षीय विनोद परियारका विरुद्धमा उक्त फैसला सुनाएको अदालतले बताएको छ ।

बिहीबार जिल्ला न्यायाधीश दीपक खनालको इजालासले परियारलाई किशोरी बलात्कार गरेको अभियोगमा सात वर्षको जेल सजाय र पीडितलाई रु पाँच हजार क्षतिपूर्ति भराउने फैसला गरेको अदालतका स्रेस्तेदार राजकुमार आचार्यले बताउनुभएको छ । विसं २०७५ माघ २९ गते परियारले किशोरीलाई बलात्कार गरेको पीडितका आफन्तले प्रहरीमा जाहेरी गरेपछि फागुन २६ गते पक्राउ गरेर चैतदेखि अभियुक्तलाई बलात्कारसम्बन्धी मुद्दा चलाइएको पनि जिल्ला अदालत उदयपुरले बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?