युएई सेमिफाइनलमा प्रवेश

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख १३, २०८०
|
|
२१ पटक हेरिएको
Shares
युएई सेमिफाइनलमा प्रवेश

सारांश

  • काठमाडौँ ।
  • एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितअन्र्गत समूह ‘बी’बाट संयुक्त अरब इमिरेट्स (युएई) सेमिफाइनलमा पुगेको छ ।
  • मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा युएई बहराइनलाई आठ विकेटले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितअन्र्गत समूह ‘बी’बाट संयुक्त अरब इमिरेट्स (युएई) सेमिफाइनलमा पुगेको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा युएई बहराइनलाई आठ विकेटले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

युएईले छ अङ्क जोड्दै समूह ‘बी’बाट शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो । यससँगै समूह चरणमा चार खेल खेलेको युएईले तीन खेलमा जित तथा एक खेलमा हार बेहोरेको छ । पहिले ब्याटिङ गरेको बहराइनले युएईलाई जितका लागि एक सय १७ रनको सामान्य लक्ष्य दिएको थियो । जवाफमा युएईले २७ दशमलव चार ओभरमा दुई विकेट गुमाएर पूरा ग-यो ।

युएईका लागि वृत्य अरबिन्दले सर्वाधिक ६२ रनको योगदान दिए । उनले ८४ बलमा पाँच चौका र एक छक्काको मद्धतमा अविजित ६२ रन बनाए । त्यसैगरी रोहन मुस्तफाले ५० रन जोडे । उनले ५६ बल खेल्दै पाँच चौका र एक छक्का प्रहार गर्दै अविजित ५० रन बनाए । बलिङतर्फ बहराइनका अब्दुल मजितले दुई विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको बहराइनका लागि अलि दवद र हैदर बुटले समान २३÷२३ रन जोडे भने मुहम्मद युनिसले १६ तथा इमरान अनवरले १४ रन बनाए । वासिक अहमदले १२ तथा अब्दुल मजितले ११ रन बनाए ।

बहराइनलाई एक सय १६ रनमा समेट्नेक्रममा युएईका आयन अफजल खान एक्लैले चार विकेट झारे भने रोहन मुस्ताफा र कात्तिक मैयप्पानले समान दुई÷दुई विकेट लिए । यस हारसँगै बहराइन भने प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समाचार संकलनमा रोक, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप: महासचिव विष्ट
समाचार संकलनमा रोक, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप: महासचिव विष्ट
रातो झण्डा फर्कियो ललितपुरमा
रातो झण्डा फर्कियो ललितपुरमा
कडा रोगका बिरामीलाई सरकारले दियो २ अर्ब ४३ करोड ४४
कडा रोगका बिरामीलाई सरकारले दियो २ अर्ब ४३ करोड ४४
प्रतिनिधिसभाको बैठक बस्दै, सत्य निरुपणसम्बन्धी विधेयक पेस हुने
प्रतिनिधिसभाको बैठक बस्दै, सत्य निरुपणसम्बन्धी विधेयक पेस हुने
राष्ट्रियसभामा क-कस्को जित्ने सम्भावना (गणितसहित)
राष्ट्रियसभामा क-कस्को जित्ने सम्भावना (गणितसहित)
यसकारण शाहरुखलाई छोडेकी थिइन् गौरीले
यसकारण शाहरुखलाई छोडेकी थिइन् गौरीले
विश्व कपमा भारतको पहिलो हार, पाकिस्तानको तनाव बढ्यो
विश्व कपमा भारतको पहिलो हार, पाकिस्तानको तनाव बढ्यो
४७ मतान्तरले भरतपुर २ को वडाध्यक्षमा नेपाली कांग्रेसका मनोज रानाभाट विजयी
४७ मतान्तरले भरतपुर २ को वडाध्यक्षमा नेपाली कांग्रेसका मनोज रानाभाट विजयी
देशमा ‘माफिया राज’, अवैध गिट्टीबालुवा निकाल्ने माफियाविरोधी युवाको हत्या
देशमा ‘माफिया राज’, अवैध गिट्टीबालुवा निकाल्ने माफियाविरोधी युवाको हत्या
चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

तपाईंले छुटाउनुभयो कि?