यसरी १५ मिनेटमै हटाउनुस् अनुहारको रौं

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २८, २०७४
|
|
३७ पटक हेरिएको
Shares
यसरी १५ मिनेटमै हटाउनुस् अनुहारको रौं

सारांश

  • एजेन्सी, पुस २८ ।
  •   धेरैजसो महिलाहरु शरीरमा आउने अनावश्यक रौं हटाउनको लागि विभिन्न किसीमका विधिहरुलाई अपनाउने गर्दछन् ।
  • अनुहारमा आउने रौंहरु नाङ्गो आँखाले देख्ने हुदाँ यसले अनुहारको सौन्दर्यतामा समेत कमी ल्याउँदछ ।

एजेन्सी, पुस २८ ।  धेरैजसो महिलाहरु शरीरमा आउने अनावश्यक रौं हटाउनको लागि विभिन्न किसीमका विधिहरुलाई अपनाउने गर्दछन् । अनुहारमा आउने रौंहरु नाङ्गो आँखाले देख्ने हुदाँ यसले अनुहारको सौन्दर्यतामा समेत कमी ल्याउँदछ । त्यसैले महिलाहरु यस समस्यालाई सकेसम्म चाडैं हटाउने कोशिसमा हुन्छन् ।

शरीरको अनावश्यक रौं हटाउने उत्पादनहरु बजारमा अहिले प्रशस्त मात्रामा पाईन्छन् । जसले तपाइँको रौं लाई केहि दिनको लागि मात्र हटाउन मद्धत गर्दछ । तर आज हामी तपाइँलाई अनुहारको रौं को समस्याबाट सधैंको लागि छुट्कारा दिलाउने प्राकृतिक घरेलु उपायबारे जानकारी दिन्छौं ।

यस उपायमा प्रयोग हुने सामाग्रीहरुमा पौष्टिक तत्व ( भिटामिन ) , खनिज पदार्थहरु प्रशस्त मात्रामा पाईनुका साथै यसमा एन्टिअक्सिडेन्ट गुण हुने भएकोले यसको प्रयोगबाट छालामा चमक आउनुको साथै छाला स्वस्थ हुने गर्दछ । हाम्रो शरीरको सबैभन्दा ठूलो अङ्ग छाला भएको कारणले गर्दा छालामा हामीले जे प्रयोग गरेपनि यसलाई रगतले सिधै सोस्दछ ।

सामाग्रीहरु :
१) २ चम्चा मह
२) १ चम्चा जौ को धुलो
३) २ चम्चा कागतीको रस

बनाउने विधि :
मथिका सबै सामाग्रीहरुलाई मिसाउनुहोस् । त्यसपछि मिश्रणलाई रौं हटाउनुपर्ने ठाउँमा दल्नुहोस् । त्यसपछि यसलाई १५ मिनेटसम्म त्यसै छोड्नुहोस् । यसपश्चात मन्तातो पानीले पखाल्नुहोस् । तपाइँले यसको प्रयोग गर्दा अनुहारमा क्रिम पनि लगाउन सक्नुहुन्छ । यस विधिलाई हप्तामा २–३ पटक प्रयोग गरी एक महिनापछि पुन : यस विधिलाई अपनाउनुहोस् । तपाइँको अनावश्यक रौं सधैंको लागि हट्नेछ ।

यस विधिबाट कुनै पिडा नहुने हुँदा तपाइँले यसको प्रयोग सजिलै गर्न सक्नुहुन्छ । यस विधिको जाँचको लागि सबैभन्दा पहिला हातमा लगाएर हेर्नुहोस् र कुनै प्रकारको जलन नभई राम्रो असर देखिएमा मात्र यसलाई अनुहारको छालामा प्रयोग गर्नुहोस् । यदि तपाइँको छाला संवेदनशील छ भने , विशेषज्ञको सल्लाह लिएर मात्र यस विधिको प्रयोग गर्नुहोस् ।

नोट: उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न पत्र-पत्रिकाहरु र अनलाइनबाट साभार गरिएको हो । यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सक वा बिशेसज्ञको सल्लाह लिनुहोला ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस नेता घिमिरेको दाबीः विशेष महाधिवेशनको पक्षमा ५१ प्रतिशत मत
कांग्रेस नेता घिमिरेको दाबीः विशेष महाधिवेशनको पक्षमा ५१ प्रतिशत मत
डडेल्धुरामा काँग्रेसलाई जिताउनस्, विकास गरेर राजधानी ल्याउँछु : देउवा
डडेल्धुरामा काँग्रेसलाई जिताउनस्, विकास गरेर राजधानी ल्याउँछु : देउवा
नारुहितो बने जापानको १ सय २६ औं राजा
नारुहितो बने जापानको १ सय २६ औं राजा
काठमाडौ अझै केही दिन धुम्म हुने
काठमाडौ अझै केही दिन धुम्म हुने
वर्तमान सरकार राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री
वर्तमान सरकार राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री
फोरम नेपाललाइ हराउन राजपाले चुनाबमा भाग नलिएको ठूलो खतर्नाक खुलाशा, !
नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओली नजाने
नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओली नजाने
लेखा परीषकका कारण भ्रष्टाचार बढेको अख्तियारको आरोप
लेखा परीषकका कारण भ्रष्टाचार बढेको अख्तियारको आरोप
अर्थ मन्त्रालयले पठायो ८१ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन
अर्थ मन्त्रालयले पठायो ८१ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन
कारमा आगो लाग्दा तीन बालबालिकासहित चारको मृत्यु
कारमा आगो लाग्दा तीन बालबालिकासहित चारको मृत्यु

तपाईंले छुटाउनुभयो कि?